धोनी आउट हुँदा फ्यान ढलेपछि...

एजेन्सी । विश्वकपको उपाधि जित्ने सम्भावना देखिएको भारतीय टोली सेमिफाइनलमा पराजित भएको छ ।

न्यूजिल्याण्डसँग भारत हारेपछि भारतीय फ्यानहरु निरास भएका छन् भने यसै क्रममा खेलाडीहरुको गल्ती खोज्ने कामले पनि तिब्रता पाएको छ ।

खेलको लागि मरिहत्ते गर्ने भारतीयहरुले क्रिकेटलाई खेलमात्र नभएर भावनासँग जोड्ने गरेका छन् । यही स्वभावले बुधबार भारतीय फ्यान श्रीकान्त मैतीको मृत्यु भएको छ ।

खेलमा न्यूजिल्याण्डले दिएको लक्ष्य पछ्याउने क्रममा भारतका सुरुवाती ब्याटसम्यानहरु धमाधम आउट भएपनि महेन्द्र सिंह धोनी मैदानमा छउन्जेल भारतको आशा जीवितै थियो । उनको विकेट झरेसँगै भारत हारतर्फ लागेको थियो ।

सम्हालेर खेलिरहेका धोनीलाई न्यूजिल्याण्डका मार्टिन गप्तिलले सिधा थ्रो गर्दै रनआउट पारेका थिए ।

मोबाइलमा लाइभ हेरिरहेका साइकल पसल संचालक कलकत्ताका श्रीकान्त भारतको आठौं विकेटको रुपमा धोनी आउट भएपछि ढलेका थिए । मुर्छित बनेका उनलाई तत्कालै अस्पताल पु¥याएपनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । अस्वभाविक रुपमा धोनी आउट भएको पिडाले उनलाई आघात पु¥याएको बताईएको छ ।

खेल न्यूजिल्याण्डले १८ रनले जितेको थियो । जितसँगै न्यूजिल्याण्ड फाइनल पुगेको छ भने भारत प्रतियोगिताबाट बाहिरिएको छ ।

 

 

 कठिन प्रतियोगिता खेल्दै नेपाल, विकल्प छैन जितको

काठमाडौं । सन् २०१४ को टी–२० विश्वकपमा सहभागि भइ उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोली पुनः टी–२० विश्वकप खेल्न प्रयासरत छ ।  सन् २०२० को

आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

काठमाडौं, ६ साउन । एसियाली क्षेत्रको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । ब्याटिङमा बलियो

टोटेनह्यामले हरायो युभेन्टसलाई

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले इटालीयन च्याम्पियन युभेन्टसलाई मैत्रीपूर्ण खेलमा हराएको छ । टोटेनह्यामका लागि ह्यारी केनले इन्जुरी समयमा

बार्सिलोनालाई नेमारको आवश्यकता नरहेको दाबी

एजेन्सी । स्पेनीस क्लब बार्सिलोनाका अध्यक्ष एरिक अबिदलले फ्रान्सेली स्ट्राइकर आन्त्वान ग्रिजमान आइसकेकोले क्लबलाई नेमारको आवश्यकता नरहेको बताएका