भारत हार्दा कश्मीरमा खुशियाली ?

एजेन्सी । जारी विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डसँग भारत पराजित भएसँगै कश्मीरमा खुशियाली मनाएको भिडियो बाहिरिएको छ ।

भारत र पाकिस्तानले आफ्नो भुमि दाबी गर्दै सधैं अशान्त रहने गरेको कश्मीरमा दुबै देश प्रति उत्तिकै घृणा रहेको बताईन्छ ।

तेहरीक ए हुरियतका अध्यक्ष सैयद अली गीलानीको ट्वीटर एकाउन्टबाट उक्त भिडियो सार्वजनिक गरिएको छ । त्यसमा युवाहरु खुशीले पटाका पडकाउँदै रमाइलो गरिरहेको देखिन्छ । भिडियोको क्याप्सलमा गीलानीले लेखेका छन्, ‘ भारतले शासन गरेको कश्मीर न्यूजिल्याण्डको विजयको खुशियाली मनाइँदै । ’

भारतको पराजयले क्षुब्ध भएका भारतीयहरुले यो भिडियोलाई नक्कली भनेका छन् भने केहिले कश्मीर त्यसो भए पाकिस्तानसँग गाभिन चाहन्छ त ? भने प्रश्न गरेका छन् ।

 

 

 कठिन प्रतियोगिता खेल्दै नेपाल, विकल्प छैन जितको

काठमाडौं । सन् २०१४ को टी–२० विश्वकपमा सहभागि भइ उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोली पुनः टी–२० विश्वकप खेल्न प्रयासरत छ ।  सन् २०२० को

आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

काठमाडौं, ६ साउन । एसियाली क्षेत्रको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । ब्याटिङमा बलियो

टोटेनह्यामले हरायो युभेन्टसलाई

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले इटालीयन च्याम्पियन युभेन्टसलाई मैत्रीपूर्ण खेलमा हराएको छ । टोटेनह्यामका लागि ह्यारी केनले इन्जुरी समयमा

बार्सिलोनालाई नेमारको आवश्यकता नरहेको दाबी

एजेन्सी । स्पेनीस क्लब बार्सिलोनाका अध्यक्ष एरिक अबिदलले फ्रान्सेली स्ट्राइकर आन्त्वान ग्रिजमान आइसकेकोले क्लबलाई नेमारको आवश्यकता नरहेको बताएका