भारतमा ३२ जना नेपाली बाेकेकाे बस नहरमा खस्यो

भारत, २६ असार । भारतको उत्तर प्रदेश प्रान्तमा रहेको शारदा नहरमा बस खस्दा ३२ नेपाली र एक भारतीय नागरिको जीवितै उद्धार गरिएको छ । बुधबार फूलबेहड़ गाउँमास्थित शारदा नहरमा बस खसेपछि त्यहाँ भारतीय प्रहरीले नेपाली नागरिकलाई जीवितै उद्धार गरेको थियो । भारतको शिमलाबाट दाङको लागि छुटेको नेपाली बस विहान करीब ५ बजे शारदा नहरमा खसेको टाइम्स अफ इंडिया आनलाइनले जनाएको छ ।

प्रहरीको प्ररम्भिक अनुसन्धानअनुसार चालकले नियन्त्रण गुमाउँदा यो घटना भएको हो । उक्त पत्रिकाकाे अनुसार उत्तरप्रदेशको फूलबेहड़ थानाका प्रहरीले सूचना पाए लगत्तै घटना स्थलमा पुगेर स्थानीयको सहयोगमा ३२ नेपाली र एक भारतीयलाई जीवितै उद्धार गरेको थियो ।

त्यस्तै नहरमा खसेको बसलाई् दुई क्रेनको साहयताले बाहिर निकालेको थियो । उद्धारमा खटिएका एक प्रहरी अधिकारीका अनुसार नहर आउनु भन्दा आगाडि एउटा मोडमा चालकले कुरा गर्दै  बस लाई तीब्र गतिमा लैजान खोज्दा बस नियन्त्रण भन्दा बाहिर गएको थियो । त्यसपछि बस नहरको रेलिंगमा ठोक्किएर खसेको थियो । उद्धार गरिएका सबै नेपालीलाई उपचारपछि दाङ पठाइएको छ । एजेन्सी

अस्ट्रियामा बिमान दुर्घटना

भियना, ३ साउन । अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो बिमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जर्मनीको सीमा नजिक हिमाली क्षेत्रमा

मेक्सिकोमा भयानक बस दुर्घटना

मेक्सिको सिटी, ३ साउन ।  मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका

अमेरिकामा बेरोजगारी दर सामान्य बढ्यो

वासिङ्टन, ३ साउन ।  संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । जुलाई १३ मा बेरोजगार

मानवरहित विमान सुरक्षित फर्केको इरानको दाबी

तेहरान, ३ साउन । अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा