निलम्बन परे अफगानी खेलाडी, एकवर्ष क्रिकेट खेल्न नपाउने

एजेन्सी । विश्वकप २०१९ मा सहभागि अफगानिस्तान टोलीका प्रमुख खेलाडी अफताब आलमलाई एकवर्ष अवधिसम्मको लागि निलम्बन गरिएको छ ।

अफगान टोली बसेको साउथएम्पटन स्थित होटलमा एक महिलामाथी दुव्र्यवहार गरेका आलमलाई तत्कालै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र अफगान क्रिकेट बोर्डको सहमतिमा स्वदेश फर्काइएको थियो ।

उक्त घटनाबारे थप छानविन गर्दै बसेको अनुशासन आयोगको बैठकले आलमलाई निलम्बन गर्ने निर्णय गरेको छ । निलम्बनको यस अवधिमा उनले अफगानिस्तानको घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउने छैनन् । त्यस्तै उनको करार पनि निलम्बनमै रहने बताईएको छ ।

२६ वर्षीय आलमले गत जुन २२ मा भारत विरुद्धको विश्वकपको खेल खेलेका थिए । सोही रात नै उनले उक्त महिलामाथी दुव्र्यवहार गरेको बताईन्छ । त्यस्तै जुन २३ मा अफगान टोलीको भ्रष्टाचार विरुद्धको बैठकमा पनि उनी सहभागि भएका थिएनन् । उनी बैठकमा अनुपस्थित भएपछि टोलीका प्रशिक्षक फिल सिमन्सले उनलाई तत्कालै दुई खेलको लागि निलम्बन गरेका थिए ।

उनी त्यसदिन लन्डनमा रहेका आफन्तको घरमा गइ बसेका कारण उनी बैठकमा नखाएकाको पछि खुलेको थियो ।

त्यसबाहेक उनी गत जुन १६ मा पनि यस्तै विवादमा परेका थिए । उक्तदिन ओल्ड ट्राफोर्डमा भारत र पाकिस्तान बिचको खेल चलिरहँदा मैदानमा बिना सूचना गइ आफु र आफ्ना साथीहरुलाई भीआईपी एरियामा बस्न जिद्दी गरेका थिए ।  

खेलाडीको पास देखाउँदै उनले एउटा पाहुना कक्षमा गइ जबरजस्ती बसेका थिए । त्यहाँबाट बाहिरिन आग्रह गर्दा अटेर गरेका उनलाई हटाउन सुरक्षाकर्मीलाई बोलाउँदा उनका साथीहरु गएपनि आलम त्यहि जबरजस्ती बसिरहेका थिए । पछि उनलाई सुरक्षाकर्मीले बल प्रयोग गर्दैै हटाएका थिए ।

उनको सम्पूर्ण गैर जिम्मेवारपूर्ण व्यवहारहरु एकएक गर्दै बाहिरिएसँगै उनलाई तत्कालै टोलीबाट हटाइएको थियो । अहिलेको निलम्बन पनि त्यसैको परिणाम भएको बताईएको छ ।

पछिल्लो समय अफगानिस्तान क्रिकेट टोलीको विवाद बढ्दो क्रममा रहेको छ । विश्वकपको अगाडी कप्तान परिवर्तन गर्दै सुरु भएको विवाद आजसम्म आइपुग्दा उग्र देखिएको छ । त्यस्तै ओपनर अहमद शहजादलाई टोलीबाट हटाइएको विषयले पनि अफगान क्रिकेटको विवाद छताछुल्ल भएको थियो ।

अफगानिस्तानको प्रशिक्षक फिल सिमन्सले पनि यी विवादहरुको विषयमा विश्वकपपछि आफ्नो मुख खोल्ने बताएका छन् । उनले यस घटनाहरुबारे बोलेमा अफगानिस्तान क्रिकेटको धेरै तथ्य खुल्ने बताईन्छ ।

 

 कठिन प्रतियोगिता खेल्दै नेपाल, विकल्प छैन जितको

काठमाडौं । सन् २०१४ को टी–२० विश्वकपमा सहभागि भइ उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोली पुनः टी–२० विश्वकप खेल्न प्रयासरत छ ।  सन् २०२० को

आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

काठमाडौं, ६ साउन । एसियाली क्षेत्रको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । ब्याटिङमा बलियो

टोटेनह्यामले हरायो युभेन्टसलाई

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले इटालीयन च्याम्पियन युभेन्टसलाई मैत्रीपूर्ण खेलमा हराएको छ । टोटेनह्यामका लागि ह्यारी केनले इन्जुरी समयमा

बार्सिलोनालाई नेमारको आवश्यकता नरहेको दाबी

एजेन्सी । स्पेनीस क्लब बार्सिलोनाका अध्यक्ष एरिक अबिदलले फ्रान्सेली स्ट्राइकर आन्त्वान ग्रिजमान आइसकेकोले क्लबलाई नेमारको आवश्यकता नरहेको बताएका