राजदूत सुन्दासद्वारा पत्र हस्तान्तरण

काठमाडाैं, २६ असार । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइन अधिराज्यका काउन्सिल अफ रिप्रेजेन्टेटिभकी चेयर फावजिया बिन्ट अब्दुल्ला जाइनलसँग नेपालको पर्यटन विकासबारे छलफल गरका छन् ।

दुई देशको संसद्बीचको सम्बन्धलाई थप उचाइमा पु-याउन सङ्घीय संसद् सचिवालयबाट पठाइएको नेपालतर्फको प्रस्तावित सांसदको नामावलीसहितको पत्र हस्तान्तरण गर्ने क्रममा बुधबार नेपालमा महिलाको नेतृत्व र विकासका सम्बन्धमा एवं द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको मनामास्थित नेपाली दूतावासले जनाएको छ । 

दुई देशको संसद्बीचको सम्बन्धलाई थप उचाइमा पु-याउने उद्देश्यले राजदूत सुन्दासले नेपाल बहराइन फ्रेण्डसिप ग्रुपसमेत निर्माण गर्नुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही अवसरमा रिप्रेजेन्टेटिभकी चेयर अब्दुल्ला जाइनलले नेपाल बहराइन फ्रेण्डसिप ग्रुपको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै बहराइन सासंदहरुको सूची प्रस्ताव उपयुक्त समयमा पठाउने बताए । 

उनले नेपाल र बहराइनबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन राजदूतावासलाई आवश्यक सहयोग गर्न आफू सधैँ तत्पर रहेको बताए । भेटका क्रममा काउन्सिल अफ रिप्रेजेन्टेटिभका उच्च पदाधिकारी र नेपाली दूतावासका उपनियोग प्रमुख खगराज पाण्डेको सहभागिता रहेको थियो । रासस

विप्लवका जुम्ला सेक्रेटरी समातिए

 जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले

 सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते,चालक फरार

बर्दिबास । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते

बाङ्देलका शिष्यको ‘कलापुञ्ज’ भदौमा

काठमाडौँ, ६ साउन । सोसाइटी अफ मोडर्न आर्टिष्ट(सोमा)को आयोजनामा आगामी भदौमा चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्मा भदौ ५–९ सम्म हुने

खलंगामा बत्ती नआउने औपचारिक घोषणा, २२ हजार उपभोक्ता अन्धकारमा

जुम्ला । कुरा सुन्दा पनि अच्चम लाग्न सक्छ । हामीले अहिलेसम्म विद्युत उद्घाटन भएको, गाउँबस्ती अँध्यारो मुक्त भएको खबर सुनेका छौं । तर जुम्लामा भने,