श्रीमानसँग मिलेर प्रेमीको हत्या

कैलाली, २६ असार । चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय (फलटुडे), कैलालीका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार श्रीमान् लालबहादुर लामासँग मिलेर निज कल्पनाले प्रेमी अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।  
  
यही असार २२ गते कुँवरको हत्या गरेर आफ्नो घरदेखि ५० मिटरको दूरीमा रहेको खोलमा खाल्डो खनी पुरिएको अवस्थामा बिहीबार शव फेला परेको विश्वकर्माले बताए । प्रहरीले कल्पनाका श्रीमान्लाई समेत पक्राउ गरेको छ । मृतक गुल्मी जिल्ला घर भई यस क्षेत्रमा मजदूरीको काम गर्दै आएको बुझिएको छ । रासस

विप्लवका जुम्ला सेक्रेटरी समातिए

 जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले

 सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते,चालक फरार

बर्दिबास । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते

बाङ्देलका शिष्यको ‘कलापुञ्ज’ भदौमा

काठमाडौँ, ६ साउन । सोसाइटी अफ मोडर्न आर्टिष्ट(सोमा)को आयोजनामा आगामी भदौमा चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्मा भदौ ५–९ सम्म हुने

खलंगामा बत्ती नआउने औपचारिक घोषणा, २२ हजार उपभोक्ता अन्धकारमा

जुम्ला । कुरा सुन्दा पनि अच्चम लाग्न सक्छ । हामीले अहिलेसम्म विद्युत उद्घाटन भएको, गाउँबस्ती अँध्यारो मुक्त भएको खबर सुनेका छौं । तर जुम्लामा भने,