आगलागीबाट रु ८० लाखको क्षति

मोरङ, असार । पथरीशनिश्चरे–८ मङ्गलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा आज बिहान आगलागी हुँदा रु ८० लाख बराबरको क्षति भएको छ । बिहान २ बजे आगलागी हुँदा पाँच कोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका सम्पूर्ण सरसमान, लत्ताकपडा, भाँडावर्तन र सोही घरमा सञ्चालन गर्दै आएको उहाँको होलसेल किराना पसलसमेत जलेर नष्ट हुँदा सो क्षति भएको हो ।

बिहान ४ः३० बजे झापाको दमक र मोरङको सुन्दरहैचा नगरपालिकाको बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए । रासस

विप्लवका जुम्ला सेक्रेटरी समातिए

 जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले

 सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते,चालक फरार

बर्दिबास । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते

बाङ्देलका शिष्यको ‘कलापुञ्ज’ भदौमा

काठमाडौँ, ६ साउन । सोसाइटी अफ मोडर्न आर्टिष्ट(सोमा)को आयोजनामा आगामी भदौमा चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्मा भदौ ५–९ सम्म हुने

खलंगामा बत्ती नआउने औपचारिक घोषणा, २२ हजार उपभोक्ता अन्धकारमा

जुम्ला । कुरा सुन्दा पनि अच्चम लाग्न सक्छ । हामीले अहिलेसम्म विद्युत उद्घाटन भएको, गाउँबस्ती अँध्यारो मुक्त भएको खबर सुनेका छौं । तर जुम्लामा भने,