भारत विश्वकपबाट बाहिरियो, न्यूजिल्याण्ड फाइनलमा

एजेन्सी । आईसीसी विश्वकप २०१९ को पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डसँग १८ रनले पराजित भइ भारत प्रतियोगिताबाट बाहिरिएको छ ।

इंग्ल्याण्डमा जारी यस प्रतियोगिताको महत्वपूर्ण खेल वर्षाको कारण दुईदिन सम्म खेलेर सम्पन्न भएको छ । 

मंगलबार ४६.१ ओभरमात्र ब्याटिङ गरेको न्यूजिल्याण्डले आज बाँकी ओभर खेल्दै २ सय ३९ रन बनाउन सफल भयो । उसका लागि रोज टेलरले ७४ र कप्तान केन विलियमसनले ६७ रन बनाए । त्यस्तै हेनरी निकोलसले २८, कोलिन ग्रान्डहोमले १६ रन बनाए । 

भारतको लागि भुवनेश्वर कुमारले ३ विकेट लिए । त्यस्तै जसप्रित बुमराह, रविन्द्र जदेजा, हार्दिक पाण्ड्या र युजवेन्द्र चहालले समान १ विकेट लिए । 

जवाफी ब्याटिङ गरेको भारत ४९.३ ओभर २ सय २१ रनमा अलआउट भएको छ । टोलीको लागि रविन्द्र जदेजाले ५९ बलमा ७७ रन बनाए । त्यस्तै महेन्द्र सिंह धोनीले ५० रन बनाइ आउट भए । त्यस्तै रिसभ पन्त र हार्दिक पाण्ड्याले समान ३२ रन बनाए । 

न्यूजिल्याण्डको लागि म्याट हेनरीले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र माइकल सान्टनरले समान २ विकेट लिए । त्यस्तै जेम्स निशम र लोकी फर्गुसनले समान १ विकेट लिए ।

उत्कृष्ट बलिङ गरेका म्याट हेनरी प्लेयर अफ द म्याच घोषित भए । 
न्यूजिल्याण्डले अब उपाधिको लागि अष्ट्रेलिया र इंग्ल्याण्ड बिचको विजेतासँग खेल्नेछ । 

 


 

 कठिन प्रतियोगिता खेल्दै नेपाल, विकल्प छैन जितको

काठमाडौं । सन् २०१४ को टी–२० विश्वकपमा सहभागि भइ उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोली पुनः टी–२० विश्वकप खेल्न प्रयासरत छ ।  सन् २०२० को

आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

काठमाडौं, ६ साउन । एसियाली क्षेत्रको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । ब्याटिङमा बलियो

टोटेनह्यामले हरायो युभेन्टसलाई

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले इटालीयन च्याम्पियन युभेन्टसलाई मैत्रीपूर्ण खेलमा हराएको छ । टोटेनह्यामका लागि ह्यारी केनले इन्जुरी समयमा

बार्सिलोनालाई नेमारको आवश्यकता नरहेको दाबी

एजेन्सी । स्पेनीस क्लब बार्सिलोनाका अध्यक्ष एरिक अबिदलले फ्रान्सेली स्ट्राइकर आन्त्वान ग्रिजमान आइसकेकोले क्लबलाई नेमारको आवश्यकता नरहेको बताएका