केले टोकेमा के लगाउने, यस्तो छ उपचार

  •  विषालु कीरा, बिच्छी र माहुरी आदिले टोकेर सुन्निएका ठाउँमा उखुको रस लगाउँदा फाइदा हुन्छ 

 

  •  विषालु कीरा, लामखुट्टे तथा झिँगा आदिले टोकेका ठाउँमा पुदिनाको रस लेपन गर्नाले लाभ मिल्छ ।

 

  •  जंगली वा घरपालुवा कीरा फट्यांग्राले टोकेमा जहाँ टोकेको छ त्यसको वरिपरिको भागमा बेसार पानी वा तेल बेसारको लेप बनाई लगाईदिएमा कीराको वीष नष्ट पार्नुका साथै दुखाई र सुन्निएको कम हुन्छ ।

 

  •  कुकुरले टोकेमा तुरुन्तै कालो पिँडालु घोटेर लगाईदियो भने डाह कम हुन्छ र वीष पनि कम लाग्छ ।

 

  • अरिंगाल, बारुलो, बच्छिउँ र माहुरीले चिलेको ठाउँमा कर्कलाको लेप लगाएमा वीष नष्ट भई आराम हुन्छ ।

 

  •  कुनै वीषालु जीवले टोकेका ठाउँमा तुरुन्त प्याज पिसेर लगाई दुखाई कम गरेर थप उपचार गर्न सकिन्छ ।

 

  • वीषालु कीराले टोकेका ठाउँमा फिट्किरी पानी लगाई त्यसपछि नीलोे तुथो वा नौसादार र हुक्कामा डढेको तमाखु पिसेर लगाए वीष कम गर्न सकिन्छ । तर सर्पको वीष हटाउन यो उपचार काम लाग्दैन ।

 

  • माकुरो वा मुसाले टोकेको अथवा मुतेको ठाउँमा तुलसीको रस लगाउनले लाभ मिल्छ ।

 

  • कुकुरले  टोकेमा दुई तीनवटा खोर्सानी तोरीको तेलमा पिसेर तीनचार दिनसम्म लगाए घाउ ठीक हुन्छ । कुकुरले टोेकेको घाउमा खोर्सानी लगाउन मानिसहरु डराउँछन् । तेलमा फिटेर लगाउनाले पोल्दैन ।

 

  •  माकुराले मुतेको, बिरालोले टोकेको, मौरीले चिलेको ठाउँमा प्याज कुटेर दलिदिनुपर्छ ।

 

  •  बिच्छिले टोकेमा लसुन र सुकेको आँपको चूर्ण मिलाएर लेप लगाउनुपर्छ ।

 

  • बिच्छिले टोकेमा पुदिनाको रस आधा तोला, अदुवाको रस आधा तोला मिलाएर खानुपर्दछ ।

 

  • नीमको बोक्रा वा पात चिलिममा हालेर तमाखु पिएझैं पिउँदा बिच्छिलेको वीष शान्छ हुन्छ । यो अचम्मको औषधि हो ।

 

  •  बिच्छिले टोकेका ठाउँमा प्वाँखले मह लगाउनुपर्छ ।

 

  •  कुकुरले टोकेका ठाउँमा प्याज पिसेर महमा मिलाएर लगाउनाले लाभ गर्दछ ।

 

  • ओखरको गुदी झिकेर कुकुरले टोकेका ठाउँमा लगाएर केहीबेरपछि कुखुरालाई खान दिँदा खाएन भने अथवा खाएर मर्यो भने कुकुर बौलाहा भएर टोकेको भनेर जान्नुपर्छ ।

 

  •  बौलाहा कुकुरले टोकेको मान्छेलाई कुदाएर खुबै पसिना निकाल्नु लाभदायक  हुन्छ ।

 

  •  कुकुरले टोकेको ठाउँमा लसुन, प्याज र नुन पिसेर लगाउनुपर्छ ।

                                    (स्रोतः लक्ष्मण राजभण्डारीको पुस्तक सरल प्राकृतिक उपचारबाट) 

  तपाईं कति सुन्दर हुनुहुन्छ ? थाहा पाउने यस्तो छ उपाय

सौन्दर्य के हो ? कस्तालाई सुन्दर भन्ने ? झलक्क हेर्दा देखिने आकर्षण नै सुन्दरता हो त ? कि अरु पनि केही छ जसका आधारमा मानिसलाई सुन्दर भन्न सकिन्छ ? यो

 झापामा भेटिए कालाजारको नयाँ रोगी 

झापा । झापाको मेचीनगर–१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् ।  वैभव टि–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको

 दाँच चम्काउन के लाउने, के हो दम रोगको सजिलो उपचार ?

काठमाडौं । मानिसको शरीरमा कुनै न कुनै शारीरिक समस्या त हुन्छ नै । कुनै साधारण समस्या हुन्छन् भने कुनै निकै जटिल । अवस्था अनुसार यिनिहरुको विभिन्न

यसरी जोगाउन सकिन्छ शरीरका महत्वपूर्ण अंग

शरीरका आन्तरिक अंगहरु सहि रुपमा संचालनको लागि ती अंगहरु स्वस्थ्य रहनु जरुरी छ । तैपनि हामीले कतिपय स–साना बिषयमा ध्यान नपु¥याउनाले यस्ता