विवादमा मेस्सी, द्वैधचरित्र देखाएको आरोप

काठमाडौं, २५ असार । अन्तर्राष्ट्रिय फुटबलमा विवाद चलिरहनु सामान्य भइसकेको छ । यी विवादहरुमा सधैं नै दुईपक्ष हुने गरेको छ, एउटा फाइदा हुने पक्ष अर्को घाटामा पर्ने ।

हालसालै सम्पन्न कोपा अमेरिका प्रतियोगितामा भने महान फुटबलर लियोनल मेस्सी  घाटा पर्ने पक्षतर्फ परेका छन् ।

त्यस प्रतियोगितामा आफ्नो टोली विरुद्ध अन्याय परेको भन्दै मेस्सीले दह्रै आवाज उठाएका छन् । यसरी आवाज उठाउने क्रममा उग्र भइ फुटबल महासंघ देखि लिएर रेफ्रीहरुलाई भ्रष्टाचारीको संज्ञा दिएका थिए ।

यसअघिका विवादमा भने मेस्सीले सधैं फाइदा हुने पक्षमा पर्ने गरेका थिए । बार्सिलोनाका तर्फबाट खेल्दा ती सबै विवादहरुमा मेस्सीलाई फाइदा रहेको थियो । सन् २००९ को च्यापियन्स लिगको सेमिफाइलनमा चेल्सी विरुद्धको खेल होस् वा सन् २०१७ मा सोही प्रतियोगिता अन्तर्गत पेरिस सेन्ट–जर्मेन (पीएसजी) विरुद्धको खेल नै किन नहोस् । ती बेलामा भने मेस्सी चुप रहेको बताईन्छ ।

मेस्सीको यहि स्वभावलाई देखाउँदै अहिले उनी द्वैधचरित्र भएका खेलाडी भएको भन्दै आलोचना भइरहेको छ ।

ब्राजिलसँगको पछिल्लो भिडन्तको क्रममा भिडियो असिष्टेन्ट रेफ्री (भीएआर) ले पनि साथ नदिएपछि मेस्सीको टोली अर्जेन्टिना फाइनल पुग्न असफल भएको थियो । तेश्रो स्थानको लागि चिलीलाई हराएपनी उनले प्रतियोगिताका मेडल लिन अस्वीकार गर्दै रेफ्रीहरु र दक्षिण अमेरिकी फुटबल महासंघ समेतलाई भ्रष्टाचारी भएको र आफु यसमा सामेल हुन नचाहेको बताएका थिए ।

मेस्सीले भनेका छन्, ‘ब्राजिललाई जिताउनको लागि यो सम्पूर्ण खाका बनाइएको हो । म यो भ्रष्टाचारमा सहभागि हुन चाहन्न । यस कोपा अमेरिका अवधिभर हामीले जुन अपमान व्योहोर्नुपरेको छ, त्यसमा पनि हामीले सहभागि हुनुपर्ने होइन । ’

उनले थपेका छन्, ‘हामी अझै माथी जान सक्थ्यौं, तर हामीलाई जान दिइएन । भ्रष्टाचार, रेफ्रीहरु र अरु सबै मिलेर समर्थकहरुलाई फुटबलको मजा लिन रोक लगाइयो । म इमान्दार छु र सधैं सत्य बोल्छु । यहि स्वभावले म शान्त रहन्छु । मैले भनेको कुराले प्रतिप्रभाव पर्ने भएपनि मलाई मतलब छैन । ’

उनको उक्त व्यवहारलाई अस्वभाविक र सम्मान दिन नसक्ने चरित्रको रुपमा व्याख्या गरिएको थियो । मेस्सीले यस्तो आरोप लगाइरहँदा फुटबल विश्लेषकहरुले भने फुटबल खेलमा सधैं ५०–५० को समिकरण हुने र यसअघि रेफ्रीहरुको गलत निर्णयले फाइदा पुग्दा भने मेस्सी चुप बसेको बताइरहेका छन् ।

सन् २००९ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा उपाधिको दाबेदार चेल्सीले पाउनुपर्ने चारवटा पेनाल्टीका अवसरहरु दिइएको थिएन । उक्त खेलमा रेफ्रीको भुमिका निभाएका टम हेनिङ ओभ्रेबोलाई चेल्सीका स्ट्राइकर डिडियर ड्रोग्बाले रेफ्रीकै अपमान भन्दै अपशब्द प्रयोग गरेका थिए । रेफ्रीको उक्त अति विवादास्पद निर्णयको कारण बार्सिलोनाले उक्त लेग खेलमा अवे गोलको मद्दतले चेल्सीलाई हराएको थियो ।

हारिसकेको खेलमा जित हात पारेको बार्साले फाइनलमा मेनचेष्टर युनाइटेडलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि नै जित्न सकेको थियो । उक्त घटनामा मेस्सीले एक शब्द पनि नबोलेको घटना अहिले व्यापक भइरहेको छ ।

यसको विपरित सन् २०१८ मा एक अन्तर्वार्ताको क्रममा रेफ्री ओभ्रबोले उक्त खेलमा आफुबाट ठुलो गल्ती भएको स्वीकारेका थिए । कुराकानीका क्रममा उनले त्यसदिन आफुले राम्रो प्रदर्शन गर्न नसकेको र त्यो आफ्नो लागि एउटा खराब दिन रहेको बताएका थिए ।

‘त्यस खेलमा थुप्रै गल्तीहरु भएका थिए र सबैले त्यसबारे आफ्नो धारणा बनाए । तर त्यस किसिमको गल्ती रेफ्री, खेलाडी तथा प्रशिक्षकबाट पनि हुनसक्छ । कुनैदिन तपाईं आफ्नो उत्कृष्ट लयमा नहुन पनि सक्नुहुन्छ । ’ ओभ्रिबोले भनेका छन् ‘तर मैले आफ्नो त्यस दिनको प्रदर्शनको लागि गर्व गर्न सक्दीन । ’

त्यस्तै सन् २०११ को च्याम्पियन्स लिगको सेमिफाइनलमा रेफ्रीले रियल मेड्रिडका खेलाडीलाई रातो कार्ड देखाउने विवादास्पद निर्णय गर्नुका साथै थुप्रै गल्ती गरेको कारण खेल बार्सिलोनाले जितेको थियो ।

रियल मेड्रिडलाई रेफ्रीको गलत निर्णयको कारण हराएको बार्साले फाइनलमा मेनचेष्टर युनाइटेडलाई नै हराउँदै पुनः उपाधि जितेको थियो ।

उक्त घटना फुटबल वृत्तमा व्यापक चर्चित भएपनी मेस्सीले त्यस घटनामा पनि केहि बोलेका थिएनन् ।

खेलपछि मेड्रिडका तत्कालिन प्रशिक्षक होसे मौरिन्होले भनेका थिए, ‘एकदिन बार्सा प्रशिक्षक जोसेप गुआर्डिओलाले राम्रोसँग खेलेर प्रतियोगिता जितेको हेर्न चाहन्छु । हामी विल्कुलै राम्रो फुटबल टोलीको कुरा गर्दैछौं,  त्यस्तो उनीहरुलाई किन चाहियो र ?’

उनले थपे, ‘सन् २००९ मा चेल्सीलाई किन चारवटा पेनाल्टी दिइएन ? क्वार्टरफाइनलमा आर्सनलका रोबिन भान पर्सीलाई किन रातो कार्ड देखाइयो ?’ । मिलेमतोबाट मात्र बार्सा अघि लागेको बताउँदै उनले भने, ‘किन ओभ्रेबो ? किन बुसाका ? किन डे ब्लीकेर ? किन स्टार्क ? (चारैजना रेफ्री हुन् ) किनभने हरेक सेमिफाइनलमा यस्तै हुने गरेको छ । ’

बार्सालाई जिताउन यस्तो हुने गरेको सन् २०११ मा मौरिन्होको भनाई आएपछि युरोपेली फुटबल महासंघले उनलाई पाँच खेलको प्रतिबन्ध लगाएको थियो ।

यहि घटनाको ८ वर्षपछि मेस्सीले यहि व्यवहार देखाएका छन् । यसपाली मेस्सी अझै उग्र देखिएका छन् । यहि कारण पनि दक्षिण अमेरिकी फुटबल महासंघले उनलाई कारबाही गर्ने तयारी गरिरहेको छ ।

ब्राजिलका कप्तान थियागो सिल्भा पीएजसीबाट खेल्दा सन् २०१७ मा मेस्सीको बार्साले प्रशस्तै फाइदा पाएको थियो । मेस्सीले ब्राजिल विरुद्ध बोलेको शब्दहरुमा सम्मानको अभाव तथा द्वैधचरित्र देखिएको उनले बताएका छन् । पीएजसी र बार्सा बिचको दोश्रो लेगको उक्त खेलमा बार्साले दुईवटा विवादास्पद पेनाल्टी पाएको थियो भने पीएसजीले पाउनुपर्ने स्पष्ट पेनाल्टी रेफ्रीले दिएका थिएनन् ।

उनले भने, ‘उक्त खेलमा हामी दुखी थियौं, तर मेस्सीले एकशब्द पनि बोलेनन् । हामी त्यस खेलमा समग्रमा ६–१ ले हा¥यौं । उनीहरुले रेफ्रीको कारणले जिते, जुन गलत रहेको स्पष्ट थियो । ’ उनले थपे , ‘हामीले त्यसबेला रेफ्रीले बार्सालाई सघाएको भनेर सार्वजनिक रुपमा बोलेनौं, मलाई लाग्छ हामीले सम्मान देखाउन सक्नुपर्छ । ’

ब्राजिलले पाँच पटक विश्वकप जितेको र यसलाई कसैले चोर्न नसक्ने उनले बताए । मैदानमा भिडेर पाएको सफलता भएकोले ब्राजिलको सफलतालाई अवमूल्यन गर्न नमिल्ने उनले बताएन । त्यस्तै मेस्सीले बार्साबाट पाएको सफलताको पनि अवमूल्यन हुन नहुने उनले बताए । (गोलडटकमबाट साभार)

 

 

 कठिन प्रतियोगिता खेल्दै नेपाल, विकल्प छैन जितको

काठमाडौं । सन् २०१४ को टी–२० विश्वकपमा सहभागि भइ उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोली पुनः टी–२० विश्वकप खेल्न प्रयासरत छ ।  सन् २०२० को

आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

काठमाडौं, ६ साउन । एसियाली क्षेत्रको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । ब्याटिङमा बलियो

टोटेनह्यामले हरायो युभेन्टसलाई

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले इटालीयन च्याम्पियन युभेन्टसलाई मैत्रीपूर्ण खेलमा हराएको छ । टोटेनह्यामका लागि ह्यारी केनले इन्जुरी समयमा

बार्सिलोनालाई नेमारको आवश्यकता नरहेको दाबी

एजेन्सी । स्पेनीस क्लब बार्सिलोनाका अध्यक्ष एरिक अबिदलले फ्रान्सेली स्ट्राइकर आन्त्वान ग्रिजमान आइसकेकोले क्लबलाई नेमारको आवश्यकता नरहेको बताएका