डाइभर्सन बनेसँगै सामान ढुवानी शुरु

पाेखरा, २५ असार । विजयपुर खोलामा राखिएको डाइभर्सन गत आइतबार राति बगाएसँगै अवरुद्ध बनेको मालसामान ढुवानी सञ्चालन भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ कम्पनी (सिएमसी)को सहयोगमा डाइभर्सन तयार भएपछि मङ्गलबार रातिदेखि मालसामान ढुवानी शुरु गरिएको हो ।

डाइभर्सन नहुँदा पोखरामा ल्याइने सामग्रीका साथै विमानस्थल निर्माणका सामग्री पनि रोकिएका थिए । ड्राइभर्सन तयार भएपछि गए रातिदेखि मालवाहक गाडी आवतजावत गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए । चिनियाँ सिएएमसी इञ्जिनीयरिङ कम्पनी र सडक डिभिजन कार्यालय पोखराले संयुक्तरूपमा २४ घण्टाभित्रै डाइभर्सनको पुनःनिर्माणको काम सम्पन्न गरेको हो ।
 
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार साँझ विजयपुर पुगी बगेको डाइभर्सन अवलोकन गरी सिएमसीका प्रतिनिधिसँग कुराकानी गर्नुभएको र निर्माणका लागि आग्रह गरेका थिए । उक्त स्थानमा ११ वर्षअघि निर्मित पक्की पुल सात ठाउँमा चर्केर जोखिमयुक्त भएपछि मालवाहक गाडी डाइभर्सनबाट आवतजावत गर्दै आएका थिए । 

हाल स्टिलब्रिज रहेकोे स्थान नजिकै बेलिब्रिज निर्माणको काम भइरहेको छ । विजयपुर पुल हुँदै दैनिक पाँच हजारभन्दा बढी गाडी आवतजावत गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मिश्रले जानकारी दिए । रासस

विप्लवका जुम्ला सेक्रेटरी समातिए

 जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले

 सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते,चालक फरार

बर्दिबास । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते

बाङ्देलका शिष्यको ‘कलापुञ्ज’ भदौमा

काठमाडौँ, ६ साउन । सोसाइटी अफ मोडर्न आर्टिष्ट(सोमा)को आयोजनामा आगामी भदौमा चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्मा भदौ ५–९ सम्म हुने

खलंगामा बत्ती नआउने औपचारिक घोषणा, २२ हजार उपभोक्ता अन्धकारमा

जुम्ला । कुरा सुन्दा पनि अच्चम लाग्न सक्छ । हामीले अहिलेसम्म विद्युत उद्घाटन भएको, गाउँबस्ती अँध्यारो मुक्त भएको खबर सुनेका छौं । तर जुम्लामा भने,