शिक्षकको कुटाईबाट घाईते विद्यार्थीको मृत्यु

कञ्चनपुर, २५ असार । एक निजी स्कुलका शिक्षकको कुटाईबाट घाईते भएका विद्यार्थीको मृत्यु भएको छ ।  भीमदत्त नगरपालिका १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको गएराती मृत्यु भएको हो । मृतक विद्यार्थीका आफन्तका अनुसार भारतको राममूर्ती अस्पतालमा उनको मृत्यु भएको हो । मृतक विद्यार्थीका मामा पुष्पमणी जोशीले शिक्षककै कुटाईबाट भान्जाको मृत्यु भएको बताए । उनका अनुसार डडेल्धुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगन्जको शिक्षण अस्पताल हुँदै तीनदिन अघि मात्रै उनलाई भारतीय अस्पतालमा उपचारका लागि लगिएको थियो । 

विद्यार्थीको मृत्युपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चार जना शिक्षकलाई नियन्त्रणमा लिएको छ । कञ्चनपुर प्रहरीका अनुसार प्रिन्सिपल यशोदा जोशी, शिक्षकत्रय दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई घटनाबारे सोधपुछका लागि ल्याएको हो ।  विद्यालय बाहिर साथीभाईसंग झैझगडाको विषयलाई लिएर विद्यालयका प्राध्यानाध्यापक सहितका शिक्षकले कुटपिट गरेको छात्रको परिवारले बताएका थिए  । कक्षा ९ मा अध्ययनरत कलौनीलाई १३ असार (शुक्रबार) विद्यालयमै कुटपिट गरेको उनका बाबु बृरस्पती कलौनीले बताए। मृतक कलौनीका बाबुले प्रअ यशोदा जोशी, शिक्षत्रय लक्ष्मण दत्त भट्ट, हर्क जाग्री र दुर्गादत्त पाठकले कुटपिट गरेर घाईते बनाएको यस अघि नै आरोप लगाएका थिए ।  कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट र दायाँखुट्टा भाँचिएको थियो । 

 ‘मेरो छोरोलाई शिक्षकले विद्यालयमै सामुहिक रुपमा कुटपिट गरे, ‘उनले भने, ‘उतिबेला छोराले डरले हामीसंग भनेन्, पछि मात्रै कुटपिट गरेको थाहा भयो ।’ १५ असार (आईतबार) प्रअ जोशीले आफुलाई टेलिफोन गरेर विद्यालयमा बोलाएर छोरालाई जिम्मा लगाईदिएको उनले बताएका थिए  । ‘तपाईको छोराले ठुलो गल्ती ग-यो, लैजानुहोस भन्यो, ‘उनले भने, ‘नाबालक छोरा भएकाले प्रहरीमा उजुरी नदिनुहोस भनेर आग्रह गरेर ल्याए ।’

माधवले विद्यालयका अन्य साथीभाईसंग पनि कुटपिट गर्ने झै–झगडा गर्ने र खुकुरी समेत प्रहार गर्ने जस्ता कृयाकलाप गरेकाले उनलाई विद्यालयले निकाला गरिदिएको छ । विद्यालयलले माधवलाई बाबुको जिम्मा लगाउदै उनको (टिसी) ट्रान्सक्रिप्ट सर्टिफिकेट र (सिसी) क्यारेक्टरसटिफिकेट समेत दिएर विद्यालयबाट विदाई गरिदिएका थिए । परिवारले उनलाई डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा उपचार गराए । त्यहाँ उनको खुट्टामा प्लास्टर  गरेर थप उपचारका लागि रिफर ग-यो, बुधबार महाकाली अञ्चल अस्पतालमा उपचारका लागि ल्याएका थिए, त्यहाँ पनि उनको उपचार हुन नसकेपछि थप उपचारका लागि कलौनीलाई रिफर गरेपछि परिवारले उनलाई नेपालगन्ज शिक्षण अस्पताल हुँदै भारतीय राममूर्ती अस्पतालमा उपचार गराईराखेका थिए । उपचारकै क्रममा मृत्यु भएपछि आफन्त आक्रोशित भएका छन् ।  (नयाँ पत्रिकाबाट)

विप्लव समूहका माइलासँग भेट्टायाे प्रहरीले चार सय ‘चन्दादाता’ को सूची (सूचीसहित)

काठमाडौं, ६ साउन । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज

इन्चार्ज र सहइन्चार्ज चयनः नेपाल भन्दा कमजोर बने ओली, प्रचण्ड समूह सबैभन्दा बलियाे

काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जका टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

अब फोनबाट गाली  गरे १ वर्ष जेल, १५ लाखसम्म जरिवाना

काठमाडौं, ६ साउन । सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन

छोरीमाथिको बलात्कारमा आमाकै सहयोग (घटनाकाे नालीबेलीसहित)

धनुषा, ६ साउन । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ । भंगहा नागरपालिकी एक आमाले