गायक हनी सिंह विरुद्ध प्रहरीमा उजुरी

एजेन्सी । चर्चित भारतीय गायक हनी सिंह विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ ।

बलिउड फिल्ममा ¥याप गीत लेख्ने तथा गाउने कामले प्रसिद्धी कमाएका हनी सिंहलाई आफ्नो गीतमा महिला विरुद्ध अपमानजनक शब्द प्रयोग गरेको आरोप लागेको छ ।

पंजाबको राज्यको महिला आयोगले पंजाबको मोहाली स्थित मतौर प्रहरी कार्यालय उजुरी दिएको बताइन्छ । हालसालै रिलिज भएको ‘मखना’ बोलको गीतमा उनले अति छाडा र खेदजनक शब्दको प्रयोग गरेको भन्दै सामाजिक संजालमा पनि छाएका छन् ।

आयोगकी अध्यक्ष मनीषा गुलाटीले यसअघि पंजाबका गृह सचिब र प्रहरीका उच्च अधिकृतहरुलाई पत्र लेख्दै गायक हनी सिंहलाई कारबाही गर्न आग्रह गरेकी थिइन् ।

उनले भनिन्, ‘गायक हनी सिंहले आफ्नो गीत ‘मखना’ मा महिला विरुद्ध छाडा शब्द प्रयोग गरेकोले हामीले प्रहरीलाई उजुरी दर्ता गर्न आग्रह गरेका छौं । ’ महिला विरुद्ध आपत्तीजनक शब्दहरुको प्रयोग भएकोले उक्त गीत राज्यमा प्रतिबन्ध लगाउन उनले माग गरेकी छिन् ।

यसअघि पंजाबका अर्का गायक जसबीर जस्सीले पनि हनी सिंहलाई आफ्नो गीत छाडा शब्द प्रयोग गरेको भन्दै हनीलाई प्रतिबन्ध लगाइ कारबाही गर्नुपर्ने बताएका थिए ।

 

बलिउड सेलिब्रेटीहरुको महँगो छोडपत्र

एजेन्सी । बलिउडमा नयाँ जोडी बन्ने र पुरानो जोडी तोडिने क्रम नियमित भइरहन्छ । चर्चित भएसँगै जीवन बिताउने व्यक्तिको छनौटमा परिवर्तन आउजे गरेकोले कतिपय

क्याम्पसमा सौर्य उपकरण जडान

दमौली, ३ साउन । समुदायबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा सौर्य उपकरण (सोलार) जडान गरिएको छ । व्यास

शिल्पा फर्किए गान्धीवादी बन्ने छविको उद्घोष

काठमाडौं, ३१ असार । घर झगडा परेपछि छुट्टै बस्दै आएका निर्माता छविराज ओझाले श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेललाई गल्ती सच्याएर घर फर्किन आग्रह गरेका

फिल्मको ८ मिनेटको दृश्यको लागि ७० करोड ?

एजेन्सी । बाहुबली फिल्मका स्टार प्रभास र बलिउड नायिका श्रद्धा कपूर एउटै फिल्ममा देखिंदैछन् । भारतीय फिल्म ‘साहू’ मा यो जोडीको काम हेर्न दर्शकहरु