ओली विरुध्द यस्तो छ प्रचण्ड र माधवको साँठगाँठ


प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेर्ने, गलाउने र थर्काउने मिसन अन्तर्गत छिमेकी मुलुक भारत लागिपरेको घटनाक्रमहरुले देखाउन थालेका छन । त्यसका अवयबहरु काठमाडौं खाल्डोको राजनीतिमा सक्रिय हुन लागेको छ । आफनै पार्टीको सरकार बिरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला अभिब्यक्तिहरु पनि त्यही सेरोफेरो मै आइरहेका छन् । मावधकुमार नेपालदेखि नारायणकाजी श्रेष्ठसम्मको सक्रियता त्यसैका झिल्काहरु हुन ।

बाहिरका दुश्मन देखि सचेत होऔं तर त्यो भन्दा हजारगुणा खतरनाक आफ्नो वरिपरि दुश्मन हुन्छन् । त्यो चिनेनौ भने त्यही नै तिम्रो समाप्ती हो । हाम्रा पूर्खाहरुको यो भनाइ पेचिलो र मार्मिक रहेको छ । यतिवेला केपी ओलीलाई बाहिरका विदेशीहरुले केही गर्न सक्ने छैनन् । उनलाई कहिंबाट खतरा छ भने उनकै पार्टीबाट र आफ्ना वरिपरिबाट । प्रचण्डभन्दा ओलीका लागि माधबकुमार नेपाल बढि खतरा हुन, किनभने मदन भण्डारीको हत्या प्रकरणपछि १५ वर्ष एमालेको नेतृत्वमा एकछत्र राज गरेका नेता हुन । यसकारण प्रचण्डसँग भन्दा प्रधानमन्त्री ओलीले नेपालसँग बढि खतरा बेर्होनुपर्ने छ ।

अस्थिर पात्र प्रचण्डले कुनै पनि बेला सहयोग हात बढाउन सक्ने संभावना रहिरहन्छ । उनको तमाम कमिकमजोरीका बाबजुत सहयोग गरिरहेका छन् । तर, उनी अस्थिर पात्र भने अवश्य हुन । प्रचण्ड, माधव नेपालभन्दा त्यतिकै खतरा छ ओलीलाई बिष्णु पौडेल र सुवास नेम्वाङ वा आफ्नै वरिपरिका इण्डो पश्चिमा एजेन्टहरुबाट । तमाम आलोचनाहरुकाबीच भीम रावलले त प्रतिपक्षको भूमिका निभाएर काँग्रेसलाई औचित्यहीन सावित गरिदिएर केपी ओलीलाई सहयोग गरिरहेका छन् । प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा दिल्ली भएकै समयमा प्रचण्डलाई बोल्न लगाइयो । भने अहिले शेरबहादुर देउवालाई । तर ओली विरुद्ध पार्टीभित्र खेल्न खोज्नु प्रचण्डको राजनीतिक आत्महत्या हुनेछ । अहिलेको संवैधानिक प्रावधान अनुसार निर्वाचन आयोगमा नेकपा एउटै पार्टी दर्ता भइसकेको हुनाले विभाजनका लागि चालिस प्रतिशत केन्द्रीय सदस्य हुनु पर्दछ, जुन असम्भव छ । जहाँसम्म पूर्व एमाले माधव, बामदेवसहितको मोर्चाको प्रश्न छ बिभाजनको हकमा उनीहरुसँग सहयोगले पनि संख्या पुग्ने छैन । ओलीसँगको सत्ता बार्गेनिङका हकमा विरोध गरिरहेका पूर्व एमालेहरु पनि पछाडि हट्ने छ । अब ओलीसँग प्रचण्ड भिड्न खोज्नु कट्वालसँग भिडाउन खोजे जस्तो हुनेछ । फरक के मात्र हो भने कट्वाल प्रकरणमा इण्डो अमेरिकी केन्द्र एकठाउँमा थियो भने त्यही शक्तिले   प्रचण्ड / देउवालाई अगाडि सारे पनि अहिले परास्त हुनेछ ।

यो व्यवस्था र प्रकृयाभित्र केपी ओली र्निबिकल्प पात्र हुन । उनको विकल्प पाँच वर्ष नपुगि खोज्नु आत्मघात मात्र होइन मुलुकलाई अस्तिरतामा धकेल्नु हो । २००७ सालदेखि नै कुनै पनि प्रधानमन्त्रीले पाँच वर्ष पुरा गरेका छैनन् । त्यो प्रकृयाको अन्त्यमा र स्थिरताको लागि पनि ओलीले पाँच वर्ष पुरा गर्नु पर्दछ । हो केपी ओलीका तमाम कमीकमजोरी होलान तर उनी भन्दा राम्रा र सक्षम शेरबहादुर प्रचण्ड र माधव नेपाल होइनन् । यसकारण ओलीको विकल्प यो व्यवस्था र प्रणालीमा अर्को जनादेश यता छैन । जहाँसम्म नियन्त्रित अस्तिरता चाहने भारत हो । उसले नेपालमा पछिल्लो चरणमा अपेक्षाकृत नहुदा नहुदै पनि चीनको स्वभाविक आगमन र उपस्थितिलाई कमजोर पार्न अमेरिकी ढोकाबाट खेल्न खोज्नु आत्मघात मात्र हो । यसको परिणाम भारतीय नीति निर्माताहरुले नेपालको नीति करेक्सन गर्दैनन् भने महंगो मूल्य चुकाउनु पर्नेछ । यो २०५८ जेठ १९ को अवस्था होइन । न त २०६२÷०६३ को कोसी, गण्डकी र कर्णालीमा पानी मात्र होइन धेरै रगत बगिसकेको छ । अब भारतको एकल दम्भ चल्ने   छैन । यो कुरालाई ओलीले पनि पक्कै बुझेका होलान ।

होली वाईन देखि गुठी विधयेकसम्मले पुष्टि गरिसकेको छ केपी ओलीलाई समाप्त गर्न उनकै पार्टीभित्रको इण्डो पश्चिमी गिरोह लागेको छ र प्रधानमन्त्री त्यो गिरोहको वरिपरि निरिह बनेका छन् किन ? यसको उत्तर स्वयम प्रधानमन्त्रीले आफै खोज्नु पर्दछ । उदाहरणका लागि पूर्व राजा र उनको शासनलाई हेरौं । गणतन्त्रको वातावरण माओवादी या प्रचण्ड होइनन, पूर्वराजा वरिपरिका कारिन्दाहरु थिए । उनीहरुका अगाडि राजा निरीह थिए । केपी ओलीका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली जस्तै अमेरिकी एजेन्ट रमेशनाथ पाण्डे थिए पूर्वराजाका सारथि । माधवकुमार नेपाल जस्तै ‘रअ’ र पश्चिमाका विश्वास पात्र थिए पूर्वराजाका मुख्य सचिव पशुपतिभक्त महर्जन । सुवास नेम्वाङ जस्तै क्रिश्चियन सेन्टरका डा. तुलसी गिरी थिए । यता मुख्य सचिव थिए लोकमानसिंह कार्की । यस्तै घेराले घेरिएका छन् केपी ओली । फरक के हो भने समय अनुसार पात्र फेरिएका छन् । यसकारण पहिला ओलीलाई आफ्नो वरिपरिको सञ्जालबाट सुरक्षित हुन जरुरी छ । नेपालमा एउटा गिरोह छ र शासनको वरिपरि त्यही छ । जस्तो माओवादीकालमा कुमार फुदुङ र सूर्यबहादुर सेन ओलीलाई कमरेड बनाउनेहरुले अहिले कोमल ओली, बृजेशकुमार गुप्ता र हृदयेश त्रिपाठीलाई कसरी बनाए ? यसको जानकार केपी ओली भन्दा अरु हुन सक्दैन ।

यसर्थ गुठी विधेयक विरुद्ध मूर्ति चोरहरु देखिए भन्ने ओलीका वरिपरि नै तिनै चोरहरु छैनन् ? जहाँसम्म गृहमन्त्री रामबहादुर थापा बादलले देख्ने राजावादी खतरा ‘साउनमा आँखा फुटेको गोरुले सधै हरियो’ देखेजस्तै हो । नेपालमा राजावादी दरवारले सबै भन्दा प्रताडित गरेका कृष्णप्रसाद भट्टराई र डा. केजरजंग रायमाझी मात्र हुन । राजाको नाममा पसल थापेका अरु सबै देशी विदेशी अन्तर्राष्ट्रिय जासुसी संस्थाका एजेन्टहरु मात्र   हुन । पूर्वराजा वरिपरिका वर्तमान सञ्जाल तिनै कोमल ओली, बृजकुमार गुप्ता र राजेन्द्र महतो र कुमार फुदुङलाई कमरेड बनाउने घेरा हो । जसको बारेमा ओली र पचण्ड जतिको जानकार अरु कोही हुनै सक्तैन ।

यो अवस्थामा ओली फालेर या घेरेर चीन रोक्छौ भन्ने गिरोहले हेक्का राख्दा हुन्छ । त्यो आत्मघात मात्र हो । बाह्य शक्ति भारत अमेरिका र आन्तरिक शक्ति नेपाली सेनाद्वारा २०५८ जेठ १९ को दरवारहत्याकाण्ड चीन रोक्ने रणनीति अन्तगर्त नै गरिएको थियो । यसमा दरवारभित्र शक्ति कब्जा गरेका राणाहरु नै थिए । कोतपर्वमा नायव बहादुरका प्रतिभाशाली एकजना सन्ततीसहित हत्या गरेका जंगबहादुर राणा कै लिगेसी हो वर्तमान सेना । यो सेना पृथ्वीनारायण शाह, बहादुर शाहको नेपाल एकीकरण लिगेसी बोकेको सेना होइन । यसकारण शसस्त्र प्रहरी बललाई राष्ट्रिय सेनामा रुपान्तरण गर्दै वर्तमान सेना विघटन गर्नु नै राष्ट्रको हितमा हुनेछ । हो, कठिन छ तर अब जनतामाझ यो बिषय बहसमा लैजानु पर्दछ । यो सेनाको औचित्य के का लागि । तत्कालका लागि यो कुरा पाच्य नभएपनि देशको दिर्घकालिन हितका लागि जरुरी छ ।

धेरैले राजा त्रिभुवनलाई आलोचना गर्दछन् । तर राणाबाट घेरिएका उनको बाध्यताको बिश्लेषण गर्दैनन् । उनले २००७ सालपछि सेना घटाउने निर्णय गरे त्यो ठीक थियो तर विकल्पमा भारतीय सेना भित्रियो, त्यो गलत थियो । अहिले हामीसँग शसस्त्र प्रहरी बल छ । जसले सीमाको रक्षा गरेर सेनाको काम गरिरहेको छ । सेना राष्ट्रसंघको शान्ति सेनामा सिमित छ र भारत र अमेरिकी रणनीतिक स्वार्थ रक्षाका लागि राजा वीरेन्द्र र मदन भण्डारीसम्मको हत्या गरेको छ । यसकारण २००७ सालपछि त्रिभुवनले लागू गर्न खोजेको सेना सम्बन्धी नीति कार्यान्वयन हुन अब सम्भव छ तर त्यसका लागि दृढ इच्छा शक्ति आवश्यक छ । यसकार्यमा बाधक भारत अमेरिका हुनेछन् भने चीन नबोले पनि सकारात्मक नै हुनेछ । राजतन्त्र सेनाद्वारा नै विस्थापित भइसकेको हुनाले बहस आवश्यक छैन । कम्बोडियामा नरोदम सिंहानुक जस्तै भुमिकामा जनताको बीचबाट आउने अवसर छ । त्यती मात्र हो हिजो वीरेन्द्र राजा हुँदै मारिएका होइनन् ? यस कारण राजतन्त्र र गणतन्त्रको कुरा होइन, मुलुक साम्राज्यवादी घेराबन्दीबाट मुक्त हुन् सक्ने कि नसक्ने ? अहिलेको मुल एजेन्डा हो । यो अवस्थामा ओलीको विकल्प खोज्नु आत्मघात मात्र हो । ओलीको हिजोका तमाम कमिकमजोरीका बाबजुद भारतको कब्जाबाट नेपाललाई मुक्त गरेकै हुन । अब ओलीले पश्चिमाको घेराबाट नेपाललाई निकाल्लने हिम्मत गर्नु पर्दछ । यसका लागि ढिला गर्नु हुँदैन ।

 प्रकाश खबरमा पत्रकार अर्जुन ज्ञवालीको विश्लेषण छ- ओलीलाई असफल बनाएपछि इण्डो अमेरिकी केन्द्रबाटै सुरक्षित ठान्ने समूह छ त्यो स्वयम कोमल ओलीलाई संसद बनाइदिन प्रस्ताव गर्ने शक्ति केन्द्र हो । त्यो स्वयम केपी ओली भन्दा जानकार अरु छैनन् । राजा वीरेन्द्र नै मारेको त्यो शक्तिकेन्द्र ओलीलाई समाप्त गर्न उद्यत छ । त्यो कुरा उनले हेक्का राखुन । यसकारण अबको राजनीति ध्रुविकरण तिब्र हुनेछ । यो अवस्थामा केपी ओलीले साहसिक कदम चाल्न सक्नु पर्दछ पार्टी भित्र र बाहिरका सबै घेराबन्दीलाई तोडेर । त्यतिबेला इण्डो पश्चिमाहरुका लागि खेल मैदान बन्द भइसकेको हुनेछ । नक्कली एजेण्डामा अस्तिरतामा लैजान खोज्नेहरु आफैं किनारा लाग्ने छन् ।

विप्लव समूहका माइलासँग भेट्टायाे प्रहरीले चार सय ‘चन्दादाता’ को सूची (सूचीसहित)

काठमाडौं, ६ साउन । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज

इन्चार्ज र सहइन्चार्ज चयनः नेपाल भन्दा कमजोर बने ओली, प्रचण्ड समूह सबैभन्दा बलियाे

काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जका टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

अब फोनबाट गाली  गरे १ वर्ष जेल, १५ लाखसम्म जरिवाना

काठमाडौं, ६ साउन । सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन

छोरीमाथिको बलात्कारमा आमाकै सहयोग (घटनाकाे नालीबेलीसहित)

धनुषा, ६ साउन । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ । भंगहा नागरपालिकी एक आमाले