संकटमा मेस्सी, दुई वर्ष प्रतिबन्ध लाग्न सक्ने

काठमाडाैं, २४ असार । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय खेलमा २ वर्ष प्रतिबन्ध लाग्ने खतरा बढेको छ । शनिबार राति कोपा अमेरिकामा तेस्रो स्थानका लागि चिलि विरुद्धको खेल पश्चात उनले गरेको टिप्पणीका कारण दुई वर्षको प्रतिबन्ध लाग्ने खतरा बढेको हो । 

चिली विरुद्धको खेलमा रातो कार्ड खाएका मेस्सीले खेलपछि मिडियासँग बोल्दै दक्षिण अमेरिकी फुटबल महासंघको कडा आलोचना गरेका थिए । खेल अर्जेन्टिनाले जितेपनि ३७ औं मिनेटमा सोझै रातो कार्ड खाएर उनले मैदान छाडेका थिए । चिलियन खेलाडी ग्यारी मेडेलसँग झडप परेपछि रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिएर मैदानबाट निकालेका थिए ।

खेलपछि उनले रेफ्रीको कडा आलोचना गर्दै मेडल समेत लिन अस्वीकार गरेका थिए । उनले महासंघ भ्रष्ट संस्था भएको आरोप लगाउँदै भ्रटाचारमा सहभागी नहुने बताएका थिए । उनले कोपा अमेरिकामा ब्राजिललाई जिताउन खोजिएको आरोप समेत लगाएका थिए । ‘म भ्रष्टाचारको हिस्सा बन्न चाहान्न । हामीलाई धेरै दुख दिइएको छ । हामी अघि बढन् सक्थ्यौं, तर हामीलाई फाइनल पुग्ने अनुमति थिएन,’ उनले भनेका थिए । मेस्सीले ब्राजिलसँगको खेलपछि समेत भिएआर चेक नगरेको भन्दै रेफ्रीको अलोचना गरेका थिए ।

मेस्सीको यो अभिव्यक्तको दक्षिण अमेरिकी फुटबल महासंघले छानबिन थाल्ने तयारी गरको बीबीसीले जनाएको छ । समाचार अनुसार यसै साता महासंघले मेस्सीको अभिव्यक्तिका बारेमा छलफल गर्न बैठक बोलाएको छ । महासंघको नियमअनुसार खेलको समयमा अपमानजनक व्यवहार गरे, खेल भावनाबिपरीत अभिव्यक्ति दिए, संस्थालाई आँच पुग्ने गरी अभिव्यक्ति दिए, कुनै हिंसामा सहभागी भएको मुद्दामा दोषी ठहर भए खेलाडीमाथि बढीमा दुई वर्षसम्मको प्रतिबन्ध लाग्नसक्ने नियम छ । यस्तै आर्थिक जरिवाना समेत लाग्ने छ । 

यदी उनीमाथि महासंघले छानबिन अघि बढाएर दोषी ठहर भएको खण्डमा उनी माथि दुई वर्षसम्म अन्तर्राष्ट्रिय करिअरमा प्रतिबन्ध लाग्नेछ ।  प्रतिबन्ध लागेमा उनले उनी आगामी वर्ष आयोजना हुने कोपा अमेरिका गुमाउनेछन् ।  कतारमा सन् २०२२ मा हुने विश्वकपका छनौट खेलसमेत मेस्सीले गुमाउनेछन् । (नयाँ पत्रिकाबाट)

विप्लव समूहका माइलासँग भेट्टायाे प्रहरीले चार सय ‘चन्दादाता’ को सूची (सूचीसहित)

काठमाडौं, ६ साउन । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज

इन्चार्ज र सहइन्चार्ज चयनः नेपाल भन्दा कमजोर बने ओली, प्रचण्ड समूह सबैभन्दा बलियाे

काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जका टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

अब फोनबाट गाली  गरे १ वर्ष जेल, १५ लाखसम्म जरिवाना

काठमाडौं, ६ साउन । सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन

छोरीमाथिको बलात्कारमा आमाकै सहयोग (घटनाकाे नालीबेलीसहित)

धनुषा, ६ साउन । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ । भंगहा नागरपालिकी एक आमाले