विप्लव कार्यकर्ताले जलाए वडा कार्यालय, प्रहरी निरीक्षक गम्भीर घाइते

बर्दिया, २४ असार । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वकाे समूहले लगाएकाे आगो निभाउन जाँदा प्रहरी निरीक्षक गम्भीर घाइते भएका छन् । मंगलबार बिहान गेरुवा गाउँपालिकाको ६ नम्बर वडा कार्यालयमा लागेको आगो निभाउँन जाँदा प्रहरी निरीक्षक यम बहादुर मल्ल गम्भीर घाइते भएका हुन्। 

आगो निभाउने क्रममा छत खस्दा ईलाका प्रहरी कार्यालय पाताभारमा कार्यरत मल्लको टाउँकोमा गम्भीर चोट लागेको छ भने करङको हड्डी भाचिएको छ ।

गम्भीर घाइते भएका प्रहरी निरीक्षक मल्लको नेपालगंजस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी भइरहेको डिएसपी मदनजित महराले बताए । आगजनी गर्नेहरुको खोजी भइरहेको प्रहरीकाे भनाइ छ।

आफूलाई ‘स्वयं सेवक’ बताउने को हुन् यी कोरियाली

काठमाडौं । आफूलाई स्वयं सेवक दावी गरिरहेका एकजना कोरियाली नागरिकको गतिविधि शंकाष्पद रहेको बुझिएको छ । ती कोरियाली नेपाल सरकारको अनुमति उल्लंघन गरेर

छाउपडी अन्त्यका लागि कानून बनाउन माग

वीरेन्द्रनगर, ३ साउन ९ । सुर्खेतको बराहताल गाउँपालिकाका स्थानीय नागरिकले सभामुख राजबहादुर शाहीसँग छाउपडी अन्त्यका लागि कानून बनाउन आग्रह गरेका छन्

भद्रगोल फुटपाथको कथा

काठमाडौं । राजधानी शहर काठमाडौं आफूमा विचित्रको दृश्यहरु समेटेर बसेको छ । देशभरी प्रदेशहरु बनेर स्थानीय सरकार कृयाशील भएपनि मानिसहरु संघीय राजधानी

 चोरिएका नवजात शिशुका बाबुलाई रोजगारी

पाल्पा । लुम्बिनी मेडिकल कलेज नवजात शिशु हराएपछि शोकाकुल बनेका पितालाई रोजागारी दिने भएको छ । पाल्पाको यो कलेजबाट हराएका नवजात शिशुको बुवालाई रोजगार