नेकपाका नेता शर्माका अंगरक्षक कस्तुरीको बिनासहित पक्राउ

काठमाडाैं, २३ असार । कस्तुरीको बिना कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौंबाट पूर्वमन्त्री तथा सत्तारूढ दल नेकपाका नेता दीनानाथ शर्माका अंगरक्षकसहित छ जना पक्राउ परेका छन् । 

महानगरीय प्रहरी कर्यालय काठमाडौँका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार उक्त घटनामा आइतबार साँझ एक प्रहरीसहित छ जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन् । 

नेपाल प्रहरीको सुरक्षा महाशाखामा कार्यरत रही शर्माको अंगरक्षकका रुपमा खटिएका हवल्दार चन्दलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले कस्तुरीको बिनासहित सुकेधाराको डाँफे रेष्टुरेण्टबाट पक्राउ गरेकाे बताइएकाे छ ।

पक्राउ पर्नेमा प्रहरी हबल्दार बमबहादुर चन्द रहेको र अन्य विवरण भने आज दिउँसो सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । 

विप्लवका जुम्ला सेक्रेटरी समातिए

 जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले

 सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते,चालक फरार

बर्दिबास । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते

बाङ्देलका शिष्यको ‘कलापुञ्ज’ भदौमा

काठमाडौँ, ६ साउन । सोसाइटी अफ मोडर्न आर्टिष्ट(सोमा)को आयोजनामा आगामी भदौमा चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्मा भदौ ५–९ सम्म हुने

खलंगामा बत्ती नआउने औपचारिक घोषणा, २२ हजार उपभोक्ता अन्धकारमा

जुम्ला । कुरा सुन्दा पनि अच्चम लाग्न सक्छ । हामीले अहिलेसम्म विद्युत उद्घाटन भएको, गाउँबस्ती अँध्यारो मुक्त भएको खबर सुनेका छौं । तर जुम्लामा भने,