यी हुन् जारी विश्वकपका उत्कृष्ट खेलाडीहरु

एजेन्सी । जारी विश्वकपमा लिग चरणका सम्पूर्ण खेलहरु समाप्त भइसकेका छन् । यस क्रममा केही टोलीले सुरुवात देखिनै बलियो प्रदर्शन गरेभने केहीले भने मिश्रीत प्रदर्शन गरिरहेका छन् ।
 
भारत र अष्ट्रेलियाले बलियो प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाए भने न्यूजिल्याण्ड र इंग्ल्याण्ड मिश्रीत प्रदर्शनका साथ सेमिफाइनल पुगेका छन् । बलियो प्रदर्शन गर्ने टोलीका धेरै खेलाडीले टोलीको लागि नियमित योगदान गरेकै कारण विश्वकपमा दाबेदारी बढिरहेको छ भने अन्य टोलीको लागि भने नतिजा पनि मिश्रीत नै रहेको छ ।

टोलीको सफलतामा व्यक्तिगत प्रदर्शनको ठुलो भुमिका हुन्छ । व्यक्तिगत प्रदर्शन उच्च हुँदा नै टोलीको प्रदर्शन राम्रो देखिने गरेको छ ।

जारी विश्वकपमा पनि खेलाडीहरुले कीर्तिमानी प्रदर्शन गर्नुका साथै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यहाँ त्यस्तै उत्कृष्ट खेलाडीहरुको चर्चा गरिएको छ ।

उत्कृष्ट ब्याटसम्यान
भारतीय ब्याटसम्यान रोहित शर्माले एकै विश्वकपमा ५ शतक र एक अर्धशतक सहित ८ इनिङमा ६ सय ४७ रन बनाएका छन् । यस विश्वकपमा उनी सबैभन्दा धेरै जोड्ने खेलाडी बनिरहेका छन् ।

त्यस्तै अष्ट्रेलियाका डेभिड वार्नरको प्रदर्शन पनि तारिफयोग्य रहेको छ ।  ९ इनिङमा तीन शतक र तीन अर्धशतक सहित ६ सय ३८ जोडको उनी धेरै रन जोड्ने खेलाडीको सूचीमा दोश्रो स्थानमा रहेका छन् ।

बंगलादेशका सकिब अल हसन भने यस सूचीमा तेश्रो स्थानमा छन् । उनले ८ इनिङमा दुई शतक र पाँच अर्धशतक सहित ६ सय ६ रन जोडेका छन् ।११ विकेट पनि लिएका उनी यस विश्वकपमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने अलराउन्डर बनेका छन् ।

उत्कृष्ट बलर
अष्ट्रेलियाका मिचेल स्टार्कले यस विश्वकपमा अद्भुद प्रदर्शन गरिरहेका छन् । ९ खेलमा ८३.२ ओभर बलिङ गरेका उनले अहिलेसम्म कुल २६ विकेट लिइसकेका छन् । दुईपटक पाँच विकेट र दुईपटक चार विकेट लिएका उनको शानदार बलिङको बलमा अष्ट्रेलियाले उत्कृष्ट नतिजा निकालिरहेको छ ।

त्यस्तै बंगलादेशका मुस्ताफिजुर रहमानले पनि ८ खेलमा २० विकेट लिइसकेका छन् । यस विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोश्रो स्थानमा रहेका उनले ७२.१ ओभर बलिङ गर्दै दुईपटक पाँच विकेट लिएका छन् ।

न्यूजिल्याण्डका लोकी फर्गुसन, भारतका जसप्रित बुमराह, पाकिस्तानका मोहम्मद आमिर र इंग्ल्याण्डका जोफरा आर्चरले भने समान १७ विकेट लिएका छन् ।

उत्कृष्ट विकेटकिपर
अष्ट्रेलियाका विकेटकिपर एलेक्स क्यारीले ९ खेलमा १९ खेलाडीलाई आउट पारिसकेका छन् । १७ वटा क्याच र दुईवटा स्टम्पीङ गरेका उनी धेरै खेलाडी आउट पार्ने विकेट किपरको सूचीमा पहिलो स्थानमा छन् ।

त्यस्तै वेष्ट इन्डीजका विकेटकिपर शाइ होपले पनि १६ जना खेलाडीलाई क्याच आउट पारेका छन् भने न्यूजिल्याण्डका टम लथामले १५ जनालाई आउट पारिसकेका छन् ।

उत्कृष्ट फिल्डर
यस विश्वकपमा फिल्डीङको क्रममा इंग्ल्याण्डका जोय रुटले सर्वाधिक ११ क्याच गरेका छन् भने दक्षिण अफ्रिकाका फाफ डु प्लेसिले १० वटा क्याच गरेका छन् ।

त्यस्तै मार्टिन गप्तिल, जोनी बेरिस्टो, शेल्डन कोटरेल र क्रिस वोक्सले समान आठवटा क्याच गरेका छन् ।

लिग चरणको खेलहरु समाप्त भइसकेको छ । यस्तोमा अब सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्ने तालिका रहेको छ भने इंग्ल्याण्डले अष्ट्रेलियाको सामना गर्दैछ ।  यी चार राष्ट्रका खेलाडीलाई भने अझै आफ्नो व्यक्तिगत प्रदर्शन उच्च बनाउने अवसर रहेको छ भने टोलीबाट बाहिरिएका अन्य खेलाडीहरुको यस विश्वकपको प्रदर्शन यतिमै सिमित बनेको छ ।

 

 कठिन प्रतियोगिता खेल्दै नेपाल, विकल्प छैन जितको

काठमाडौं । सन् २०१४ को टी–२० विश्वकपमा सहभागि भइ उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोली पुनः टी–२० विश्वकप खेल्न प्रयासरत छ ।  सन् २०२० को

आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

काठमाडौं, ६ साउन । एसियाली क्षेत्रको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । ब्याटिङमा बलियो

टोटेनह्यामले हरायो युभेन्टसलाई

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले इटालीयन च्याम्पियन युभेन्टसलाई मैत्रीपूर्ण खेलमा हराएको छ । टोटेनह्यामका लागि ह्यारी केनले इन्जुरी समयमा

बार्सिलोनालाई नेमारको आवश्यकता नरहेको दाबी

एजेन्सी । स्पेनीस क्लब बार्सिलोनाका अध्यक्ष एरिक अबिदलले फ्रान्सेली स्ट्राइकर आन्त्वान ग्रिजमान आइसकेकोले क्लबलाई नेमारको आवश्यकता नरहेको बताएका