ग्लोबल आइएमई र जनता बैंक गाभिए

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेड मर्ज हुने भएका छन्। शुक्रबार मर्जरको लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। शुक्रबार ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले मर्जरका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ भने सञ्चालक समितिको अध्यक्षमा ढकालले नै निरन्तरता पाउने बताइएको छ। सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र दुई जना जनता बैंकबाट रहनेछन्।

त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्री रहने र वरिष्ठ डेपुटी सिइओमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमति भएको छ।

शेयर बजार: नेप्से सामान्य सुधार

   काठमान्डौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक

न्यून बजेटले सिन्धुपाल्चाेक र काभ्रेमा १४० खानेपानी आयोजना रोकिए

काभ्रे, ६ साउन । आर्थिक वर्ष २०७५/०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी

मेची भन्सारको राजश्व लक्ष्यभन्दा कम

भद्रपुर, ३ साउन । मेची भन्सार कार्यालय झापाले गत आव २०७५÷७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ । भारतको कोलकाताबाट

पाँचसय म्यानपावर कम्पनी खारेज हुने

काठमाडौं । सरकारले म्यानपावर कम्पनीमाथि कडाई गर्ने तयारी गरिरहेको बुझिएको छ । उनीहरुको धरौटी बढाउने गरी नीति ल्याउन लागेसँगै निर्धारित संख्याभन्दा