प्रधानमन्त्रीको पाइलट प्रेम

काठमाडौं । “खेत बेचेर पाइलट बनेका छन् तर हवाइजहाज छुन पनि पाउँदैनन् । पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ ।” मुलुकका शैक्षिक बेरोजगारी र जनशक्ति प्रक्षेपणबीचको तालमेलन नमिलेकामा लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, “हलो जोतेर खाने खेत पनि छैन । हवाइजहाज पनि छैन ।”
    

पाइलटका लागि मुलुकमा आवश्यकभन्दा बढी जनशक्ति भएकाले उनीहरुले तत्कालै रोजगारी नपाउने स्थिति नभएको प्रधानमन्त्री ओलीको जिकिर थियो । शिक्षाशास्त्र धेरैले पढे पनि उत्पादित जनशक्ति शिक्षण पेशामा खपत नभएको उल्लेख गर्दै उनले भने, “तालीमहरु चलाउँदा कामसँग जोडेर दिनुपर्छ । रोजगारी, उत्पादन र आवश्यकतासँग नजोडिएको शिक्षा काम लाग्दैन । काम लाग्ने दक्ष जनशक्ति उत्पादनमा हाम्रा विश्वविश्वविद्यालयहरु लाग्नुपर्छ ।”
  

 पोखरा विश्वविद्यालयको २० औँ साधारणसभालाई सम्बोधन गर्र्दै विश्वविद्यालयका कुलपति प्रधानमन्त्री ओलीले राष्ट्रिय नीति र योजनानुसार विश्वविद्यालयले नीति, कार्यक्रम र योजना अघि सारेर समृद्धिको लक्ष्यलाई सघाउनुपर्नेमा जोड दिए । विश्वविद्यालयका पदाधिकारीलाई उहाँले निर्देशन दिँदै भने, “अन्धाधुन्ध सम्बन्धन नदिनुस् । जहाँ नाफा हुन्छ, त्यहाँ कलेज खोल्ने होइन, कहाँ के विषय आवश्यक छ भन्ने आधारमा निर्णय गर्नुस् । शिक्षाशास्त्रको स्वीकृति माग्न आए नदिनुस् । सम्झाएर पठाउनुस् । अर्काे विषय पढ्न भन्नुस् । प्राविधिक विषयमा जानुस् ।” कतिपय विश्वविद्यालयले आर्थिक चलखेलका आधारमा आवश्यकताको पहिचान नगरी सम्बन्धन दिएको पाइन्छ ।
  

 जनशक्ति प्रक्षेपणसम्बन्धी कार्यदलले आइतबार मात्रै प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको थियो । उनले सो प्रतिवेदन अध्ययन गरी लागू गरिने जानकारी दिँदै त्यसैका आधारमा विश्वविद्यालयको शैक्षिक कार्यक्रम आउनुपर्ने बताए । उनले उन्नत परिपाटी अपनाएर आजको दुनियाँको प्रतिस्पर्धीस्तरमा विकास गर्ने प्रकारको पद्धति र नीतिका आधारमा राष्ट्रिय आवश्यकता र आकाङ्क्षा पूरा गर्ने शैक्षिक पात्रो र विधि लागू गर्न पनि आग्रह गरे ।  “कृषि पढाउने हो भने खेतबारीमा पढाउनुस् । मत्स्यपालन पढाउनु छ भने पोखरीमा विद्यार्थीलाई लानुस् ।” प्रधानमन्त्री ओलीको प्रश्न छ, “भारी बोक्नेले भारी बोकेर खान्छ, जब ऊ विश्वविद्यालय जान्छ, गिटी कुट्न छाड्छ । मैले एक पटक प्राध्यापकहरुलाई भनेको थिएँ, तपाईँहरुका हातमा परेपछि विद्यार्थी बेरोजगार हुन्छन् । यस्तो अवस्था किन हुन्छ ?”
  

 कुलपति ओलीले लाखौँ जनशक्ति विदेश गइरहेको तर  शिक्षा, सीप र दक्षताको आवश्यकता भएको युवाशक्तिको समुचित रुपमा प्रयोग हुन नपाएको जनाउँदै सस्तो श्रम बजारमा युवा जानु दुःखद् भएको उल्लेख गरे । ओलीले भने, “यसलाई बदल्ने योजना बनाउने ठाउँ विश्वविद्यालय नै   हो । नेपाल विश्वविद्यालय स्थापनामा केही पछि परेको छ तर विश्वमा विश्वविद्यालय खुल्नुभन्दा अगाडि नेपाल नै ज्ञानको केन्द्र थियो । त्यस्ता ज्ञान र सीपलाई राष्ट्र निर्माणमा उपयोग गर्न सकिएको छैन । अब यो बदल्नुपर्छ ।”
     
    सो विश्वविद्यालयमा हाल चार क्याम्पसका सङ्कायमा गरी ३२ हजार विद्यार्थी छन् । नीतिकार्यक्रममा आगामी दुई वर्ष्भित्र विद्यार्थी सङ्ख्या ५० हजार पु¥याउने लक्ष्य छ । विश्वविद्यालयले प्यारामेडिकल कोर्षहरुको सञ्चालनका लागि पोखरा शिक्षण अस्पताल निर्माण गर्ने, व्यवसायमूलक कृषि विषय र कार्यक्रम चलाउने, दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले कृषि सङ्काय स्थापना गर्ने, चारै सङ्कायमा एमफिल लिडिङ पिएचडी कार्यक्रम सञ्चालन गर्ने, सेवा आयोग स्थापना गर्नेलगायत योजना प्रस्तुत गरेको छ । विश्वविद्यालयमा बिजिनेस तथा व्यवस्थापन, इञ्जीनियरिङ तथा विज्ञान प्रविधि, हेल्थ र एलाइड तथा स्वास्थ्य विज्ञान र विकास तथा सामाजिक इञ्जिनीयरिङ, मानविकी एवं सामाजिकशास्त्र अध्ययन सङ्काय छन् । 
    

विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्माले गर्नुभएको आगामी आर्थिक वर्षका लागि रु ९९ करोड ५० लाख ९० हजारको बजेट प्रस्तावलाई सभाले पारित गरेको छ । राससका अनुसार, विश्वविद्यालयको चालू आर्थिक वर्षमा रु ८६ करोड २९ लाख बजेट अनुमान गरिएकामा रु ५३ करोड २५ लाख १६ हजार खर्च हुने संशोधित अनुमान छ ।
 

नेपाल विधि विज्ञान प्रयोगशालाका लागि भवन छैन

काठमाडौँ, ६ साउन  । अपराधका घटनामा वैज्ञानिक परीक्षणका लागि स्थापना भएको नेपाल विधि विज्ञान प्रयोगशालाका लागि छुट्टै भवन छैन । यसअघि नेपाल विज्ञान

वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड

चितवन, ३ साउन । भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् ।    

खजुरा र लिवाङमा कृषि क्याम्पस सञ्चालन हुने

चितवन, २ साउन । कृषि तथा वन विज्ञान विश्वविद्यालयलले आउँदो शैक्षिक सत्रबाट दुई वटा आङ्गिक क्याम्पस थप गर्ने भएको छ । बाँकेको खजुरा र रोल्पाको

 जान्नैपर्ने दस कुराः जीवनमा के गर्नुपर्छ र के गर्नु हुँदैन ?

मानिसले आफ्नो जीवनमा के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने विषयमा आचार्य चाणक्यका दसवटा विचारः १.  मूर्खसँग कहिल्यै विवाद नगर्नुहोस् मूर्ख