सावधान ई–चुरोटले लिन्छ ज्यान

वासिङ्टन । परम्परागत सूर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई–चुरोट ९विद्युतीय चुरोट०ले पनि स्वास्थ्य जोखिम निम्त्याउने गरेको वैज्ञानिक अनुसन्धानले देखाएको छ । ई–चुरोटले खासगरी मस्तिष्कको स्नायू प्रणाली र तन्तुमा ठूलो क्षति पुग्छ । 

आई–साइन्स जर्नलमा प्रकाशित अध्ययनमा बयस्क मुसामा गरिएको परीक्षणमा यस्तो नतिजा देखिएको उल्लेख छ । मस्तिष्कका तन्तुमा विद्युतीय तरल पदार्थ, एरोसोल वा निकोटिन मिसिए त्यसले मस्तिष्कको समग्र तन्तु र कोषिकामा नकारात्मक असर गर्दछ ।

सुरुआती दिनहरुमा सुरक्षित ठानिएको ई–चुरोटहरु जस्तै भ्यूज र जूल पनि निकै हानिकारक छन् । यी चुरोटहरु नियमित सेवन गरेमा मानिस कुलतमा फस्ने र त्यसबाट अन्ततोगत्वा मस्तिष्कका कोषिकाहरु मर्ने वा रोगी हुन्छ, अध्ययनमा भनिएको छ । अध्ययनकी लेखिका अटेना जाहेदीले निकोटिन भएका कुनै पनि वस्तुको सेवन मानव स्वास्थ्यका लागि हानिकारक देखिएको पनि बताए।

उनले ई–चुरोटको धुँवा मस्तिष्कसम्म पुग्ने गरेकाले पनि यो निकै खतरनाक देखिएको बताईन् । जाहेदीले मस्तिष्क विकासका क्रममा गम्भीर मोडमा रहने भएकाले युवा र गर्भवतीले त अझ बढी ध्यान दिनुपर्नेमा जोड दिईन्। 

उनले युवा, किशोरावस्था वा गर्भवती हुँदा मस्तिष्कमा ई–चुरोटले बहुआयामिक असर पार्ने गरेको अध्ययनबाट देखिएको छ भनिन्। उनले यस्तो उमेरमा ई–चुरोट सेवनले स्मरणशक्ति, सिकाई र बोधमा ठूलो क्षति पुग्ने बताईन् ।

अध्ययन सहयोगी टाल्बोटले पनि जहाँसुकै पाइने ई–चुरोटमा निकोटिन हुने र त्यसले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने बताए। रासस

  तपाईं कति सुन्दर हुनुहुन्छ ? थाहा पाउने यस्तो छ उपाय

सौन्दर्य के हो ? कस्तालाई सुन्दर भन्ने ? झलक्क हेर्दा देखिने आकर्षण नै सुन्दरता हो त ? कि अरु पनि केही छ जसका आधारमा मानिसलाई सुन्दर भन्न सकिन्छ ? यो

 झापामा भेटिए कालाजारको नयाँ रोगी 

झापा । झापाको मेचीनगर–१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् ।  वैभव टि–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको

 दाँच चम्काउन के लाउने, के हो दम रोगको सजिलो उपचार ?

काठमाडौं । मानिसको शरीरमा कुनै न कुनै शारीरिक समस्या त हुन्छ नै । कुनै साधारण समस्या हुन्छन् भने कुनै निकै जटिल । अवस्था अनुसार यिनिहरुको विभिन्न

यसरी जोगाउन सकिन्छ शरीरका महत्वपूर्ण अंग

शरीरका आन्तरिक अंगहरु सहि रुपमा संचालनको लागि ती अंगहरु स्वस्थ्य रहनु जरुरी छ । तैपनि हामीले कतिपय स–साना बिषयमा ध्यान नपु¥याउनाले यस्ता