नक्कली किसानको बिगबिगी अन्त्य गर्नुपर्छ : कृषिमन्त्री

लमजुङ, १३ असार । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले सक्कलीभन्दा नक्कली किसानको बिगबिगी रहेकाले यसको अन्त्य हुनु जरुरी रहेको बताउनु भएको छ ।

बेँसीशहर नगरपालिका–७ मा आज पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय लमजुङको समन्वयमा आयोजना गरिएको ‘एक गाउँ एक पशु सेवा’ प्राविधिकहरुलाई सेवा सञ्चालनका उपकरण वितरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

सक्कली किसानको भ्रम फैलाएर नक्कली किसानले राज्यबाट सेवासुविधाहरु लिइरहेको बताउँदै उनले भने, “यस्तो अवस्था आगामी दिनमा पनि कायम रहिरहे राज्यलाई ठूलो नोक्सान हुन्छ ।” वितरण गरिएको उपकरणले पशुबाट मान्छेमा सर्ने ७३ प्रतिशत रोगहरुमा कमी आउने उनले बताए ।

धनजनको क्षति हुनबाट बच्न सकिने हुँदा आधुनिक उपकरणहरु उपयुक्त हुने बताउँदै उनले प्राविधिकहरुलाई किसानको आवश्यकतालाई मध्यनगर गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गरेका छन्  ।

गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आयातीत वस्तुहरुलाई प्रतिस्थापित गर्न सकिएमा नेपालको समृद्धि हुने बताए । कृषि क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक हुुनुपर्ने उनको भनाइ छ ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गण्डकी प्रदेशको आर्थिक सहयोगमा टुल बक्स, पोर्सप, कैञ्ची, माइक्रोसप, सेन्ट्रिफ्युजलगायतका आवश्यक उपकरणहरु वितरण गरिएको  भेटेरिनरी अस्पताल लमजुङका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताए ।

उनका अनुसार लमजुङका २४ र मनाङका ६ जना भेटेरिनरी प्राविधिकहरुलाई उक्त उपकरण वितरण गरिएको छ । उनीहरुलाई वितरण गरिएको ३० वटा उपकरण रु ११ लाख ७५ हजार बराबरको सामग्री रहेका छन् । रासस

 

शेयर बजार: नेप्से सामान्य सुधार

   काठमान्डौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक

न्यून बजेटले सिन्धुपाल्चाेक र काभ्रेमा १४० खानेपानी आयोजना रोकिए

काभ्रे, ६ साउन । आर्थिक वर्ष २०७५/०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी

मेची भन्सारको राजश्व लक्ष्यभन्दा कम

भद्रपुर, ३ साउन । मेची भन्सार कार्यालय झापाले गत आव २०७५÷७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ । भारतको कोलकाताबाट

पाँचसय म्यानपावर कम्पनी खारेज हुने

काठमाडौं । सरकारले म्यानपावर कम्पनीमाथि कडाई गर्ने तयारी गरिरहेको बुझिएको छ । उनीहरुको धरौटी बढाउने गरी नीति ल्याउन लागेसँगै निर्धारित संख्याभन्दा