कांग्रेसमा तल्ला संरचना बनाउन दबाब

काठमाडौं, १२ असार । कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसांसदले राज्य संरचनाअनुरूप पार्टीको तल्ला तहका कमिटी नबनेसम्म दोस्रो चरणको जागरण अभियान सुरु नगर्न नेतृत्वलाई दबाब दिएका छन् । बदलिँदो संरचनाअनुरूप संगठन नहुँदा पहिलो चरणको जागरण अभियान प्रभावकारी नभएको उनीहरूको ठम्याइ छ । 

पहिलो चरणको जागरण अभियानको समीक्षा गर्न बुधबारदेखि बसेको केन्द्रीय प्रतिनिधिको बैठकमा अधिकांश वक्ताले राज्य पुनःसरंचनाअनुसारको पार्टी संगठन बनाउनुपर्नेमा जोड दिए । तल्ला निकायमा संगठन नहुँदा गाउँ, प्रदेश र केन्द्रमा समेत प्रतिपक्षीय भूमिका कमजोर देखिएको उनीहरूको भनाइ थियो ।

कांग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म पहिलो चरणको जागरण अभियान गरेको थियो । जिल्लाकेन्द्रित यस अभियानमा पार्टीले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको थियो । दोस्रो चरणको अभियान भदौ २४ देखि असोज १० सम्म ३३० वटै निर्वाचन क्षेत्र र तेस्रो चरणको अभियान पुस ७ देखि १६ गतेसम्म ७ सय ५१ पालिकामा सञ्चालन हुँदै छ ।

सभापति देउवाले पहिलो चरणको अभियानले दोस्रो र तेस्रो चरणको अभियानलाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउने बताएका थिए । प्रत्येक प्रतिनिधिलाई अभियानको अनुभव र पार्टीले गर्नुपर्ने सुधारबारे दस मिनेटमा धारणा राख्न भनिएको थियो । पार्टी पदाधिकारी, पूर्वपदाधिकारीसहित ८० भन्दा बढी केन्द्रीय प्रतिनिधि बैठकमा सहभागी थिए ।

बुधबार ३० जनाले धारणा राखेको केन्द्रीय प्रतिनिधि एवं पूर्वसांसद रामहरि खतिवडाले बताए । उनका अनुसार बैठकमा प्रतिनिधिले भागबन्डा, नेताहरूको झगडा, गुटबन्दी, स्थानीय तहका संरचना नहुनुजस्ता कारणले पार्टी कमजोर भएको निष्कर्ष सुनाएका थिए ।

केन्द्रीय सदस्य महेश आचार्यले पार्टी शुद्धीकरण आवश्यक र त्यसका लागि नेताहरू सुध्रिनुपर्ने बताए । ‘सांसद र पार्टीबीच राम्रो समन्वय छैन, साठी र चालिसको भागबण्डाले पार्टीलाई कमजोर बनाएको छ,’ उनको भनाइ उद्धृत गर्दै एक प्रतिनिधिले भने, ‘अस्तव्यस्त सांगठिनक संरचनालाई पूर्णता दिन चाँडै अधिवेशन हुनुपर्छ ।’

उनले तलका संरचना नबनेसम्म दोस्रो चरणको जागरण सुरु गर्न नहुने बताए । ‘पार्टी संरचनालाई पूर्णर्ता दिनुपर्छ, भ्रातृ संस्थाहरूको अधिवेशन हुनुपर्छ, पार्टीका विभाग र समिति चाँडै बन्नुपर्छ, नेताहरूबीच भागबन्डा हुनुहुँदैन भन्ने जस्ता सामान्य माग कार्यकर्तामा देखिएको छ,’ अर्का केन्द्रीय सदस्य श्याम घिमिरेले भने, ‘कार्यकर्ताबाट उठेका यी माग र गुनासा तत्काल नेतृत्वले सम्बोधन गर्नुपर्छ ।’ पार्टीका तल्लो निकायमा भन्दा केन्द्रीय तहकै नेताहरूमा पहिला जागरण जरुरी रहेको प्रतिक्रिया कार्यकर्ताबाट आएको धेरैजसो प्रतिनिधिले सुनाएका थिए । (कान्तिपुरबाट)

विप्लव समूहका माइलासँग भेट्टायाे प्रहरीले चार सय ‘चन्दादाता’ को सूची (सूचीसहित)

काठमाडौं, ६ साउन । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज

इन्चार्ज र सहइन्चार्ज चयनः नेपाल भन्दा कमजोर बने ओली, प्रचण्ड समूह सबैभन्दा बलियाे

काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जका टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

अब फोनबाट गाली  गरे १ वर्ष जेल, १५ लाखसम्म जरिवाना

काठमाडौं, ६ साउन । सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन

छोरीमाथिको बलात्कारमा आमाकै सहयोग (घटनाकाे नालीबेलीसहित)

धनुषा, ६ साउन । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ । भंगहा नागरपालिकी एक आमाले