अमेरिकी 'टिभी शो' मा श्रुति हसन

एजेन्सी । बलिउडकी चर्चित नायिका श्रुति हसल हलिउडको पर्दामा देखिने भएकी छिन् ।

दक्षिण भारतीय चलचित्रमा लामो समय काम गरेकी श्रुतिले बलिउडका केहि फिल्ममा आफुलाई प्रमाणित गरिसकेकी छिन् । फिल्म ‘लकी’ र ‘रमैयावस्तावैया’ मा राम्रो काम गरेबापत स्याबासी पाएकी श्रुतिले आफ्नो पिता कमल हसनको पदचिन्ह पछ्याइरहेको बताइने गरिएको थियो ।

सुन्दर तथा अब्बल एक्टिङ गर्ने यि नायिका अब अमेरिकी टिभी शो ‘ट्रेडस्टोन’ मा देखिने भएकी छिन् । इन्स्टाग्राम मार्फत् जानकारी दिँदै उनले आफु त्यस शो मा ‘किलर’ को भुमिकामा देखिन लागेको जानकारी दिएकी छिन् ।

उक्त शो मा उनी दिल्ली स्थित एक होटलमा काम गर्ने नीरा पटेलको भुमिकामा देखिने भएकी छिन् । ‘किलर’ रहेकी नीरा, उक्त होटलमा वेट्रेसको आवरणमा लुकेर बसेको देखाइने पनि उनले जानकारी दिएकी छिन् ।

 

बलिउड सेलिब्रेटीहरुको महँगो छोडपत्र

एजेन्सी । बलिउडमा नयाँ जोडी बन्ने र पुरानो जोडी तोडिने क्रम नियमित भइरहन्छ । चर्चित भएसँगै जीवन बिताउने व्यक्तिको छनौटमा परिवर्तन आउजे गरेकोले कतिपय

क्याम्पसमा सौर्य उपकरण जडान

दमौली, ३ साउन । समुदायबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा सौर्य उपकरण (सोलार) जडान गरिएको छ । व्यास

शिल्पा फर्किए गान्धीवादी बन्ने छविको उद्घोष

काठमाडौं, ३१ असार । घर झगडा परेपछि छुट्टै बस्दै आएका निर्माता छविराज ओझाले श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेललाई गल्ती सच्याएर घर फर्किन आग्रह गरेका

फिल्मको ८ मिनेटको दृश्यको लागि ७० करोड ?

एजेन्सी । बाहुबली फिल्मका स्टार प्रभास र बलिउड नायिका श्रद्धा कपूर एउटै फिल्ममा देखिंदैछन् । भारतीय फिल्म ‘साहू’ मा यो जोडीको काम हेर्न दर्शकहरु