चिनियाँ कम्पनीले गर्यो फाइभ–जीका २५ सम्झौता

शेनजेन । चिनियाँ दूरसञ्चार कम्पनी जेडटीई कर्पोरेसनले विश्वभर उच्चगतिको इन्टरनेट सेवासम्बन्धी २५ वटा व्यावसायिक फाइभ–जी सम्झौता गरेको मंगलबार जनाएको छ ।

कम्पनीले फाइभ–जी सेवा प्रदान गर्न विश्वका ६० वटा मोबाइल सञ्चालन कम्पनीलाई सहयोग गरिरहेको पनि जनाएको छ । कम्पनीले हाल चाइना टेलिकम, चाइना मोबाइल, चाइना युनिकम, ओरेन्ज, टेलिफोनिका, इटालीको विन्ड ट्रे र इन्डोनेसियाको टेल्कमसेलसँग सहकार्य गरिरहेको छ । 


कम्पनीले जारी गरेको विज्ञप्तिमा तिब्र गतिको इन्टरनेट प्रदान गर्नेगरी पाँचौं पुस्ताको फाइभ–जी प्रविधिको अनुसन्धानलाई थप सुदृढ गरेको उल्लेख  छ । स्मार्टफोन, राउटर, मोबाइल हटस्पट र डाटा टर्मिनल समेतका क्षेत्रमा पनि कम्पनीले धेरैवटा कम्पनीसँग साझेदारी गरिरहेको छ । रासस/सिन्ह्वा

बुढो बन्ने फेसएप प्रयोग गर्दै हुनुहुन्छ ? सावधान, तपाइँ फस्दै हुनुहुन्छ

अनुहारको तस्बिर सम्पादन गरेर साबिकको भन्दा वयस्क वा वृद्ध अवस्था देखाइदिने एप फेसएपबारे चर्चा चुलिएको छ । उक्त एप प्रयोग गरेर प्राप्त नतिजा हजारौँ

फेसबुकलाई साढे ५ खर्ब रूपैयाँ जरिवाना

वासिङटन, २९ असार । प्रयोगकर्ताका तथ्यांकको गोपनीयता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई ५ अर्ब अमेरिकी डलर (साढे ५ खर्ब नेपाली रुपैयाँ) जरिवाना

आठ सयभन्दा बढी घर विद्युत्को पहुँचभन्दा बाहिर

बेझाड, ६ असार । रामपुर नगरपालिकाभित्रका आठ सयभन्दा बढी घरधुरीमा विद्युत् सुविधा पुग्न सकेको छैन ।  नगरका वडा नं १, २, ३, ४, ९ र १० का गरी ८३३ घरधुरी

के हो फेसबुकले ल्याउन लागेको डिजिटल मुद्रा लिब्रा ?

फेसबुकले अर्को वर्ष लिब्रा नाम दिइएको एउटा नयाँ डिजिटल मुद्रा सुरु गर्ने योजना सार्वजनिक गरेको छ । उक्त सोसल मिडिया कम्पनीका अनुसार त्यस्तो