प्रचण्ड सत्तामा आलोपालोकै पक्षमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल सत्तामा आलोपालोको सहमतिबाट टसमस नहुने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनीवीच पार्टी एकता हुँदा सरकारको नेतृत्वमा दुइभाईले आलोपालो गर्ने सहमति भएको थियो । दाहालले नै सार्वजनिक रुपमा यसको पटक पटक पुष्टी गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले पनि यसलाई ठाडै नकार्न सकेका छैनन् । दाहालले भन्दै आएको समझदारीबाट पछि हट्न पाईंदैन भन्ने भनाईको सोझो अर्थ हो सत्तामा आलोपालो । 

आलोपालो गर्न हिच्किचाएमा प्रधानमन्त्री केपी शर्मा ओली विरुध्द दवाव सिर्जना गर्न दाहालले पूर्व एमालेका नेता बामदेव गौतम सहित केही महत्वपूर्ण नेतालाई आफ्नो पक्षमा उभ्याएको बुझिन्छ । हालैका दिनहरुमा प्रधानमन्त्री ओलीसँग असन्तुष्ट देखिएका कतिपय नेताले पनि दाहालसँग भएको सहमति इमान्दारीका साथ पालना गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

नेकपाको मूल राजनीतिक कार्यदिशा वा सिध्दान्त के हुने भन्ने बिषयमा मत बझाएका ओली र दाहालले अब अगाडि के निर्णय लिनेछन् भन्नेमा उनकै संगठनभित्र अन्योल देखिन्छ । 

दाहालले गृह जिल्ला पुगेर आफ्नो अडान फेरि दोहोर्याउँदै पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने चेतावनी दिएका छन् । नेकपा चितवनका नेता कार्यकर्तासँगको अन्तरक्रियामा उनले ‘सहमतिबाट लड्खडाउन थाल्दा र स्वार्थतिर केन्द्रित भएमा पार्टी एकतालाई नकारात्मक प्रभाव पर्ने’ चर्चा गरेका थिए ।

दाहालको भनाई थियो– ‘पार्टी एकता गर्दा जेजे कुरालाई आधार बनाएर समझदारी गरेका छौं, हस्ताक्षर गरेका छौं, दस्तावेजीकरण गरेका छौं, तिनबाट पछि पछि हट्न थाल्यौं, कुनै न कुनै बहाना खोज्न थाल्यौं भने त्योभन्दा दुर्भाग्यपूर्ण केही हुनै सक्दैन ।’ 
 
पछिल्लो समय नेकपाभित्र पार्टीको कार्यदिशालाई लिएर विवाद बढेको छ । पार्टीको कार्यदिशा जनताको बहुदलीय जनवाद हुने कि जनताको जनवाद हुने भन्ने विषयमा विवाद बढेको हो । दाहाललगायत पूर्वमाओवादी नेताहरुले जनताको जनवादलाई कार्यदिशा बनाउनुपर्ने बताउँदै आएका छन् । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायतका पूर्वएमाले नेताहरु जनताको बहुदलीय जनवादका पक्षमा छन् ।

अध्यक्ष दाहालले एकताका सहमतिलाई गम्भीरताका साथ कार्यान्वयन गरिनेमा जोड दिए । पार्टीले छिटै राजनीतिक प्रतिवेदन छाप्ने र बाँकी रहेको एकता प्रक्रिया टुंग्याउने प्रयासमा रहेको उनको दाबी  छ । ‘पार्टी एकता भनेको बढो सहज, बढो सरल, आनन्दसँग बसेर हुने प्रक्रिया होइन’, उनले भने, ‘यो जटिल र चुनौतीपूर्ण प्रक्रिया हो । यसलाई सफल पार्न त्याग, मेहनत, पारदर्शिता, इमानदारी र झन् ठूलो सक्रियता आवश्यक पर्छ ।’ 

 
 

सञ्चारमाध्यमले खोजेका सूचना सहज उपलब्ध हुनेछः सेना प्रवक्ता पाण्डे

काठमाडौँ, ३ साउन । राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारीले मुलुकको राष्ट्रिय सुरक्षा र राजनीतिक संवेदनशीलतालाई  विचार पु¥याएर  समाचार

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव ः मुख्यमन्त्री पोखरेल

रुपन्देही, ३ साउन । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताएका छन् । उद्योग, पर्यटन, वन

कांग्रेस नेता शेखरले किन भेटे पूर्व पञ्च नेता ?   

 काठमाडौं । नेपाली कांग्रेसका नेता र पूर्व पञ्च नेतावीच आज अनौपचारिक भेटघाट भएको छ । सरकारको कार्यशैलीको समीक्षा गर्दै लोकतान्त्रिक शक्तिहरुवीच

विप्लवसँग वार्ता गर्न यी हुन् नेकपाले बनाएकाे \'कमाण्डर\'

काठमाडौं, ३ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहसँग सत्तारुढ नेकपाले वार्ता सुरु गरेको छ । जसअनुसार विप्लव समूहका नेताहरुसँग छलफल शुरु