शानदार फर्ममा शकिब, कीर्तिमानको ओइरो

एजेन्सी । बंगलादेशका अलराउन्डर शकिब अल–हसनले गएराती भएको अफगानिस्तान विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अनेक कीर्तिमान कायम गर्न सफल भएका छन् ।

विश्वकप २०१९ अन्तर्गतको उक्त खेलमा शकिबको प्रदर्शनको बलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले हराएको थियो । उक्त खेलमा शकिबले ब्याटिङ गर्दै ५१ रन बनाएका थिए भने १० ओभर बलिङ गर्दै २९ रन दिइ ५ विकेट लिए ।

यसअघि सन् २०११ को विश्वकपमा भारतीय क्रिकेटर युवराज सिंहले आयरल्याण्ड विरुद्धको अर्धशतक प्रहार गर्दै ५ विकेट लिएका थिए । विश्वकप इतिहासमा यस्तो कीर्तिमान कायम गर्ने शकिब दोश्रो खेलाडी बनेका छन् ।

त्यस्तै एउटै विश्वकपमा शतक पनि प्रहार गर्ने र एउटै खेलमा ५ विकेट पनि लिने कीर्तिमान कायम गर्ने उनी तेश्रो खेलाडी बने । यसअघि सन् १९८३ को विश्वकपमा भारतीय लेजेण्ड क्रिकेटर कपिल देवले यस्तो कीर्तिमान कायम गर्न सकेका थिए भने सन् २०११ मा अर्का भारतीय क्रिकेटर युवराज सिंहले पनि यस्तै कीर्तिमान कायम गरेका थिए । यि खेलाडीहरुले यस्तो कीर्तिमान कायम गरेको विश्वकप संस्करणको उपाधी भारतले नै जितेको थियो ।

यि बाहेक यस विश्वकपमा शकिबले हालसम्म ४ सय ७६ रन बनाइसकेका र १० विकेट लिइसकेका छन् । यसअघि कुनै पनि क्रिकेटरले एउटै विश्वकपमा १० विकेट लिने र ४ सय रन पुरा गर्ने आँकडा पार गर्न सकेका थिएनन् । लिग चरणको अझै दुई खेल बाँकि रहँदै शकिब यस्तो कीर्तिमान बनाउने पहिलो क्रिकेटर बनिसकेका छन् ।

हिजोको खेलमा शकिबले ५ विकेट लिएको पनि आफैंमा कीर्तिमान बनेको छ । सन् १९९९ देखि विश्वकप खेल्न थालेको बंगलादेशको लागि आजसम्म पनि विश्वकपको खेलमा कुनै खेलाडी एउटै इनिङमा ५ विकेट लिन सकेका थिएनन् । यसअघि शाफिउल इस्लामले आयरल्याण्ड विरुद्ध २१ रन खर्चिदैं ४ विकेट लिएको कीर्तिमान नै बंगलादेशको लागि अहिलेसम्मको उत्कृष्ट प्रदर्शन रहेको थियो ।

त्यस्तै विश्वकप क्रिकेटमा अहिलेसम्म एउटै खेलाडीले १ हजार रन र ३० विकेट लिने कीर्तिमान पनि बनाउन सकेका थिएनन् । हिजोको प्रदर्शनले शकिबले उक्त सूचीको पहिलो नम्बरमा आफ्नो नाम लेखाएका छन् । उनले अहिलेसम्म कुल १ हजार १६ रन बनाए भने कुल ३३ विकेट लिइसकेका छन् ।

एकदिवसिय क्रिकेटको अलराउन्डर वरियतामा पहिलो नम्बरमा, टी–२० र टेष्ट क्रिकेटको पनि अलराउन्डरकै वरियतामा दोश्रो नम्बरमा रहेका ३२ वर्षिय शकिबले यस विश्वकपको लागि आफुले निक्कै मेहनत गरेको बताएका छन् ।

सोही मेहनतको कारण यस्तो प्रदर्शन गर्न सफल भएको बताएका छन् । यो संस्करणको विश्वकपको लिग नै राउन्ड रोबिन आधारमा भएकोले हरेक टोलीले कम्तिमा ९ खेल खेल्न पाउनेछ । यस्तोमा बंगलादेशले अझै भारत र पाकिस्तानको सामना गर्न बाँकि रहेको छ ।

शकिबले यि दुई खेलमा गर्ने प्रदर्शनले उनको व्यक्तिगत प्रदर्शन अझै कीर्तिमानी हुने विश्लेषण गरिएको छ । अहिलेसम्मकै प्रदर्शनले नै उनलाई यस विश्वकपको उत्कृष्ट खेलाडीको उपाधी दिलाउने बताइएको छ ।
 

 

इंग्लिस खेलाडी बेन स्टोक्स न्यूजिल्याण्डको अवार्डमा मनोनित ?

एजेन्सी । इंग्ल्याण्डको तर्फबाट विश्वकप खेल्दै न्यूजिल्याण्डलाई हराउँदा नायक बनेका बेन स्टोक्सलाई न्यूजिल्याण्डको अवार्डको लागि मनोनित गरिएको छ

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्

काठमाडौँ, ३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ ।     इङ्गल्याण्डको लण्डनमा

पोग्बालाई युभेन्टस फर्काउन तीन खेलाडी दिने प्रस्ताव

एजेन्सी । फुटबल क्षेत्रको ठुला नाम भित्र्याउँदै क्लबमा सटिक सन्तुलन मिलाउन प्रयासरत इटालीयन क्लब युभेन्टसले पल पोग्बालाई क्लबमै फर्काउन बलियो

आईसीसीको निर्णयले जिम्बाब्वे निलम्बलनमा, नेपालबारे चर्चा हुन सकेन

काठमाडौं, ३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकले जिम्बाब्वे क्रिकेट टोलीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार लण्डनमा