जबज नमाने प्रचण्डविरुध्द ‘गम्भीर मुद्दा’ उठाईने

काठमाडौं । मार्गदर्शक सिध्दान्त एकातिर पन्छाएर निर्वाचन लक्षित एकता गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई खेमा अहिले आएर रनभुल्लमा परेका छन् । ‘जनताको बहुदलीय जनवाद’ र ‘जनताको जनवाद’ राजनीतिक दर्शन अँगालेका पूर्व एमाले र पूर्व माओवादी केन्द्रका शीर्ष नेता यतिबेला आफ्नै सहयोगीलाई स्पष्ट जवाफ दिन असमर्थ देखिएका छन् । 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालवीच कुन राजनीतिक मार्गबाट अघि बढ्ने भन्ने छलफलमा मत नमिलेपछि सत्तारुढ दल नै संकटमा परेको छ । यही बिषयमा दुई जनामात्र बसेर गरेको छलफलले आपसमा शंका बढाएपछि दाहाल झस्किएका उनका निकटस्थ एक नेताले बताएका छन् । ‘अध्यक्ष ओलीको भनाईमा एकता गर्ने भन्दा पनि सके पेलेर जाने नभए ताजा जनादेशको बहस चलाएर धम्क्याउने जस्तो बुझिएपछि हाम्रा अध्यक्ष प्रधानमन्त्री ओलीसँग सतर्क हुनुभएको छ’ दाहाल निकट सूत्रले सोमबार अपरान्ह सरल पत्रिकासँग बतायो । 

प्रधानमन्त्री ओली नयाँदिल्ली प्रवाशमा रहेका बेला अध्यक्ष दाहालले सत्तामा आलोपालोको चर्चा चलाएपछि पार्टी एकताको मूल बिषयमा बहस चलाउन ओली अग्रसर भएको दाहाल पक्षको बुझाई छ । यसमा सहमत हुन आनाकानी गरे भने दाहाललाई कज्याउन अरु गम्भीर मुद्दा पनि उठाउन विकल्प सोचिएको एमाले निकट उच्च सूत्रले बताएको छ । 

 ओली विरुध्द ‘अरिङ्गाल’

यता सत्तामा आलोपालोको बहसले मूल राजनीतिक सिध्दान्तमा बहस चलिरहेका बेला प्रधानमन्त्री ओली तनावमा परेका छन् । उनलाई तनावमा पार्ने अरु कोही विरोधी नभएर आफ्नै सहयात्री देखिएका छन् । पूर्व एमालेका वरिष्ठ नेता र सल्लाहकार मानिएका कतिपय नेता प्रधानमन्त्री एक्लै हिँड्न चाहेको भनेर उनको विरुध्द एकजुट भएको देखिएको छ । ओली यतिखेर उनले भने झैं आफ्नै ‘अरिङ्गाल’ ले चिलेर छटपटाएका देखिन्छन् । 

दुईतिहाई भन्दा बढी सांसदको समर्थनमा निर्वाचित शक्तिशाली प्रधानमन्त्री ओलीको बोलीको ओज पछिल्ला दिनहरुमा नजानिँदो तरिकाले कमजोर हुँदै गएको देखिएको छ । उनको बोलीमा किन निरीहपन देखिन थालेको हो भन्ने कुरा चर्चाको बिषय बनेको छ । विपक्षीमात्र होईन आफ्नै मान्छेका बारेमा पनि मौलिक शैलीमा खरो र कडा कुरा गर्ने प्रधानमन्त्रीले दाहालसँगको गोप्य वार्तापछि चर्का कुरा गर्न पनि छोडेको बताईन्छ । 

कुनैबेला नेकपाका कार्यकर्ताहरुलाई आफ्नो सरकारका आलोचकहरु माथि अरिंगाल जस्तो जाईलाग्न आव्हान गर्ने प्रधानमन्त्री ओलीले युरोप भ्रमणबाट फर्किएपछि घरभित्रै खटपट देखेपछि आफ्नो अभिव्यक्तिमा स्वयं लगाम लगाएको हुनसक्ने एक पूर्व एमाले नेताको तर्क छ ।

 खै सरकार ?

सरकारको एकवर्ष भन्दा बढी समयमा जनताले शक्तिशाली सरकारको उपस्थिति महसुस गर्न पाएकै छैनन् । उल्टै सरकार कतिपय मामलामा अति नै कमजोर देखिएको छ । गुठी विधेयक र मिडिया काउन्सील विधेयकमा सरोकारवालालाई पन्छाएर अघि बढ्न खोज्दा जुन प्रतिक्रिया आएको छ,यसैबाट सरकारको क्षमता र दूरदर्शिता प्रकट भएको छ । सिंगो प्रेस जगत र उपत्यका लगायतका गुठी परम्पराका पक्षधर लाखौं जनतालाई आफ्नै विरुध्द सडकमा उतार्ने काम स्वयं सरकारले नै गरेको हो भन्ने कुरा घाम झैं छर्लंग छ । यसरी आफ्नै दलभित्रको गहिरिँदो असहमति र जनतामा घट्दो अविश्वासको कारण थाहा पाएर हुनसक्छ प्रधानमन्त्री ओली तातो तावामा उभिएको अवस्थामा देखिन्छन् ।


खै निर्मलाका हत्यारा, खै सुन ?

अझ विगतका घटनातिर फर्कने हो भने त ओली नेतृत्वको सरकारसँग आश्वासन बाहेक देखाउन सकिने कुनै ठोस परिणाम हातमा छैन । बजेटमा अंकित गरिएका आश्वासनमा भाषण गर्न थुप्रै मसला भएपनि शान्ति सुरक्षा र अपराध न्यूनिकरणमा सरकार निरीह झैं देखिएको छ ।

निर्मलाको बलात्कार र हत्याका अभियुक्तहरुलाई घटनाको यतिका समयपछि पनि गिरफ्तार गर्न वा पत्ता लाउन नै सकेको छैन । तेत्तिस किलो सुन तश्करीको कथा रहस्यको गर्भ मै छोपियो । सुनको अवैध ढुवानी गर्न खप्पिस कतिपय कालाव्यापारी प्रधानमन्त्रीको भान्साघर वरीपरी चहार्न थालेको चर्चा पनि भैरहेको छ । 

सार्बजनिक यातायातको सिण्डिकेट प्रणालीसँग सरकार नराम्ररी पराजित भएकै हो । त्यसैगरी सरकारले ठेकेदारहरुको दादागिरीलाई केही गर्न सकेन भन्ने कुरा कालो सूचिमा परेको पप्पु कन्स्ट्रक्सनले हात पारेका नयाँ ठेक्काहरुले नै बताईसकेको छ । 

अरिंगाल र मौरीको प्रसंगले नेकपाका केही चरीत्रहरु उदांगो चैं पारेको छ । वास्तवमा नेकपाभित्रको पुरानो एमालेले अरिंगाल चरीत्र ०४८ सालकै आमनिर्वाचनपछि त्यागिसकेको हो,यद्यपि काठमाडौंमा उसको विद्रुप अरिंगाल चरीत्र ०५० सालको रेलिंग र टेलिफोन बूथ भत्काउने क्रममा फेरी देखिएको थियो । मौरीमा पनि कामदार मौरी,रानी मौरी र अल्छे भाले मौरी हुन्छन् । कामदार मौरीले मह बनाउँछ । रानी मौरीले नेतृत्व गर्ने र सन्तानको पालन पोषण गर्ने गर्छ । अल्छे भाले मौरीले उस्तै परेमा मृत्यु वरण गर्न पुग्छन् । उनीहरु काम गर्दैनन् र सहवासपछि मृत्यु वरण गर्न पुग्छन् भन्ने जीव शास्त्रीहरु चर्चा गर्छन् । नेकपा गठन भन्दा अघिको एमालेमा भाले मौरीको चरीत्र देखिएको धेरै समय भएकै थियो । नीला सिनेमा हेर्ने,खानपानमा रमाउने र धन सम्पत्ती संग्रह गर्ने काममा एमालेजनहरु ०५१ बाटै लागीसकेका थिए ।

त्यसो त त्यहाँ कामदार मौरी पनि थिए र छन् । जसले एमाले संगठनलाई सुदृढ बनाईरहे भने ओली आफैं रानी मौरी भएर रहे ०६३ सालपछि । उनले कमसेकम खास अरिंगाल जस्ता माओवादीहरुबाट आफ्नो पार्टी र कार्यकर्ताहरु जोगाई राख्न सके । तसर्थ नेकपा भित्रको एमालेको चरीत्र खासमा मौरी चरीत्र नै हो ।

माओवादी के कम

बरु नेकपाको अर्को घटक माओवादीले अरिंगाल शैली अझै त्यागी सकेको छैन । एक दशकसम्म धेरै संरचनाहरु ध्वस्त पारेको र हजारौं नागरिकको जीवन अन्त्य गरेगराएको माओवादी पनि विस्तारै मौरीको पनि भाले मौरी प्रवृत्तिमा अग्रसर भएको देखिन्छ । उनीहरुमा देखिने द्रव्यमोह,मोजमस्तीको जीवन शैलीले नै यसलाई पुष्टी गरिरहेको छ । हिजो बन्दुक बोकेर मार्न मर्न तयार हुने माओवादी भन्दा चैते माओवादी हावी भएको त्यो संगठनमा लागेका धेरैको चाहना सम्पत्ती जोड्नेमा नै केन्द्रित भएको देखिएको छ । तर पनि एमाले भन्दा माओवादी अलिक बढी अरिंगाल जस्तो देखिन्छ ।

पार्टी एक चरीत्र अनेक

यसरी एक भएपनि दुइ चरीत्र र प्रवृत्ति भएका दलहरु कार्यदिशामा कसरी एउटै हुने वा देखिने भन्ने विरोधाभाषमा देखिएको छ,जसले उसको एकतामा प्रश्न खडा गरिदिएको छ । यस्तो असहमतिमा एकजना अध्यक्ष ओलीले अरिंगाल वा मौरी हुन आदेश दिने अनि अर्का अध्यक्ष पुष्पकमल दाहालले अर्कै कुनै हुन आदेश दिन बेर छैन । त्यतिबेला मन र भावनाले एक भैनसकेका कार्यकर्ताले हुने चैं के भन्ने प्रश्न नेताका सामु खडा भएर रहेको देखिन्छ । अहिले नेकपाको राजनीतिक कार्यदिशा वा राजनीतिक मार्गदर्शनमा दुइ अध्यक्षवीच उत्पन्न असहमति र तनावले कतै ऐतिहासिक उपलव्धिका रुपमा प्राप्त दुइतिहाई नै छिन्नभिन्न हुने अवस्था त आउने होईन भन्ने चर्चा पनि भैरहेको देखिन्छ । 

सञ्चारमाध्यमले खोजेका सूचना सहज उपलब्ध हुनेछः सेना प्रवक्ता पाण्डे

काठमाडौँ, ३ साउन । राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारीले मुलुकको राष्ट्रिय सुरक्षा र राजनीतिक संवेदनशीलतालाई  विचार पु¥याएर  समाचार

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव ः मुख्यमन्त्री पोखरेल

रुपन्देही, ३ साउन । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताएका छन् । उद्योग, पर्यटन, वन

कांग्रेस नेता शेखरले किन भेटे पूर्व पञ्च नेता ?   

 काठमाडौं । नेपाली कांग्रेसका नेता र पूर्व पञ्च नेतावीच आज अनौपचारिक भेटघाट भएको छ । सरकारको कार्यशैलीको समीक्षा गर्दै लोकतान्त्रिक शक्तिहरुवीच

विप्लवसँग वार्ता गर्न यी हुन् नेकपाले बनाएकाे \'कमाण्डर\'

काठमाडौं, ३ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहसँग सत्तारुढ नेकपाले वार्ता सुरु गरेको छ । जसअनुसार विप्लव समूहका नेताहरुसँग छलफल शुरु