जनार्दनले पारे बादललाई र्‍याखर्‍याख्ति

काठमाडौं, ९ असार । गृहमन्त्री रामबहादुर थापा बादलले सर्लाहीमा विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको मुठभेडमै मारिएको बताएका छन् । सोमबार संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै बादलले यस्तो बताएका हुन् ।

‘प्रहरीको जवाफि कारवाहिमा मारिएका हुन’ बादलले बैठकमा भने ‘अनटेस्ट मोटरसाइकल सहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी आफूहरुसँग रहेको हतियारबाट फायर गरेको हो ।’ उनले भने ‘प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै बैठकमा सत्तारुढ दल नेकपाका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले विगतमा जस्तै मुठभेडका नाममा हत्या भएको बताएका छन् । ‘कुमार पौडेलको घटनामा सरकारको एउटा रिर्पोट होला । तर हामीसँग जनताको रिर्पोट पनि छ, तस्बिर पनि छ’ शर्माले भने ।

शर्माले भने ‘५÷६ ठाँउमा त हात नै भाँचिएको छ । पहिले हात भाँचियो कि गोली हानेर हात भाँचिएको हो ? यसले त विद्रोह ल्याउँछ ।’

उनले भने ‘प्रहरीको संविधान कार्यान्वन गर्नुपर्ने जिम्मेवारी छैन रु यस्ता घटनाका बारेका फेरि प्रश्न सोधिराख्ने ठाउँ नआओस् । पाँच सय जना कार्यकर्ता त पक्राउ गर्नुभएको छ नि, त्यसमा हामीले प्रश्न उठाएका छौँ र ? त्यसलाई वार्तामार्फत अघि बढाउनुपर्छ ।’   

सञ्चारमाध्यमले खोजेका सूचना सहज उपलब्ध हुनेछः सेना प्रवक्ता पाण्डे

काठमाडौँ, ३ साउन । राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारीले मुलुकको राष्ट्रिय सुरक्षा र राजनीतिक संवेदनशीलतालाई  विचार पु¥याएर  समाचार

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव ः मुख्यमन्त्री पोखरेल

रुपन्देही, ३ साउन । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताएका छन् । उद्योग, पर्यटन, वन

कांग्रेस नेता शेखरले किन भेटे पूर्व पञ्च नेता ?   

 काठमाडौं । नेपाली कांग्रेसका नेता र पूर्व पञ्च नेतावीच आज अनौपचारिक भेटघाट भएको छ । सरकारको कार्यशैलीको समीक्षा गर्दै लोकतान्त्रिक शक्तिहरुवीच

विप्लवसँग वार्ता गर्न यी हुन् नेकपाले बनाएकाे \'कमाण्डर\'

काठमाडौं, ३ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहसँग सत्तारुढ नेकपाले वार्ता सुरु गरेको छ । जसअनुसार विप्लव समूहका नेताहरुसँग छलफल शुरु