सडक विस्तार योजना प्रभावित

वीरगञ्ज, ७ असार  । बजेटको अभाव तथा ठेक्का लाग्न नसकेपछि वीरगञ्ज महानगरपालिकाको मुख्य सडक विस्तार गर्ने योजना अहिलेलाई नरहेको डिभिजन सडक कार्यालय हेटौँडाले जनाएको छ । 

लामो समयदेखि वीरगञ्ज बजारलाई फराकिलो पार्न सडकको मध्य भागबाट २५—२५ मिटर दायाँबायाँ सडक विस्तार गर्ने योजना लामो समयदेखि अन्योलमा रहेको थियो । तर, केही दिनयता अन्योलले निकास पाएपनि बजेटको अभाव तथा ठेक्का प्रक्रियाको कारण सो काम हाललाई अघि बढन नसकेको हो । गण्डक क्षेत्रमा सडक विस्तार गर्ने क्रममा सो क्षेत्रको घरहरु भत्काइएको छ । बजार क्षेत्रको घर भत्काएर सडक विस्तार गर्ने पहल शुरु भएकोले यसले चाँडैनै निकास पाउने सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख सुमन योगेशले बताए । 
 
गण्डकदेखि वीरगञ्ज भन्सारसम्म करीब तीन किलोमिटर सो सडक घण्टाघरदेखि वीरगञ्जको मुख्य बजार हँुदै आदर्शनगर, छपकैया, विर्ता हँुदै भन्सार कार्यालय पुग्छ । साघुुरो रहेको सो सडकमा जाम हुने, सवारी साधनको आवागमनमा समेत समस्या रहेकोले सङ्घीय सरकारले सो क्षेत्रको सडक २५—२५ मिटर विस्तार गर्ने निर्णय गरेको छ । 
 
विगत ५ वर्षअघि पनि सडक विस्तारको चर्चा चलेसँगै घरधनीले विभिन्न किसिमका विरोधका कार्यक्रम गरेको तथा मुद्दा दायर गर्ने जस्ता काम गरेकाले सो सडक विस्तारको काम अगाडि बढ्न सकेको थिएन । 
 
भारतीय पर्यटक प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको वीरगञ्जको सडक विस्तार हुनु अतिआवश्यक रहेको भन्दै होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तको भनाइ छ । उनि भन्छन्, “ सडक विस्तारले जाम हुने समस्या समाधान हुन्छ, सरकारले यसतर्फ अविलम्ब काम गर्नुपछ ।”

मुख्य बजारभित्र औद्योगिक तथा व्यापारीक घरानाका घर रहेकाले २५—२५ मिटर सडक विस्तार गर्दा ती घर भत्काउँदा निकै क्षति हुने भएकोले सरकारले क्षतिपूर्तिको व्यवस्था गरेर भत्काउनुपर्ने उद्योग वाणिज्य सङ्घ वीरगञ्जका पूर्वअध्यक्ष तथा प्रदेश सभासदस्य ओमप्रकाश शर्माले बताए । अघिल्लो वर्ष वीरगञ्ज महानगरपालिकाको नगरसभाले नगरभित्रको मुख्य सडक १५—१५ मिटर विस्तार गर्न सङ्घीय सरकारलाई अनुरोध गरेको थियो । तर, सङ्घीय सरकारले सडक विस्तार २५—२५ मिटर नै हुने अडान राखेको थियो । रासस

पुल बनेपछि छोटियो यात्रा

बलेवा, ५ साउन  । चिप्लेटी खोलाले बनाएको गल्छीमा उकालीओराली गर्दै वषौंँदेखि यात्रा गर्दै आएका बागलुङको गल्कोट नगरपालिका र बडीगाड गाउँपालिकाका दुई

दश वर्षसम्म अलपत्र माडीपुल एघार महिनामै सम्पन्न

रोल्पा, ३ साउन ।  शिलान्यास गरेको १० वर्षपछि रोल्पाको माडी खोला पुलले बल्ल पूर्णता पाएको छ । रोल्पाको पश्चिम भेगलाई जिल्ला सदरमुकामसँग जोड्ने उक्त

आर्च ब्रिज सञ्चालनमा आउने

चितवन, १३ जेठ । पृथ्वी राजमार्गको मुग्लिनस्थित इच्छाकामना र तनहुँको आँबुखैरहनी गाउँपालिका जोड्ने पुल (आर्च ब्रिज) यही असार पहिलो साताबाट सञ्चालनमा

 भूकम्प असर: दशौँ वर्षसम्म परकम्पन आउन सक्ने 

चितवन । महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गर्नुभएका