मानिसहरु किन राजनीतिज्ञसँग टाढा रहन चाहन्छन् 

‘अहिंसा परमो धर्मः’– अहिंसालाई सबैभन्दा ठूलो धर्म मानिएको छ । तर हिंसा भइहाल्छ । यो हिंसाबाट कसरी बच्ने होला ? प्रश्न आएको छ । हिंसाबाट बच्नुभन्दा पहिला हिंसा के हो ? अहिंसा के हो ? बुझ्न जरुरी छ । हिंसा के हो भन्ने हामीले थाहा पायौं भने हिंसाबाट बच्न सजिलो हुन्छ । सामान्यतया हामीले बुझेको हिंसा अरुलाई मार्न हुन्न भन्ने हो । अरु कसैलाई मार्नुलाई हामी हिंसा भन्छौं । मार्नु मात्रै हैन, कसैलाई पनि दुःख दिनु हिंसा हो । मन, वचन र कर्म सबैतिरबाट हिंसा हुन्छ ।

महात्मा गान्धी भन्नुहुन्छ, ‘मनमा हिंसाको विचार आयो, यो हिंसा हो ।’ मनमा नकारात्मक विचार आयो कि यो हिंसा भयो भनेर बुझ्नु जरुरी छ । नकारात्मक विचार गर्दा मात्रै पनि हिंसा भयो । हिंसा भयो कि भएन, महत्वपूर्ण कुरा हैन, नियत महत्वपूर्ण कुरा हो । मेरो नियत कस्तो छ ? अरुलाई सताउने प्रकारले, दुःख दिने प्रकारले कुनै पनि कर्म गर्छाैं भने यो हिंसा हो । अनावश्यक रुपमा जसलाई सताउनुको अर्थ थिएन, अरु विकल्प थियो, अरु कसैलाई दुःख नदिईकन पनि हामी सुखी हुन सक्थ्यौं, सन्तुष्ट हुन सक्थ्यौं भने यो सुखलाई प्रयोग गरेनौं र अरुलाई दुःख दिएर चाहिँ सुखी हुन खोज्यौं भने यो चाहिँ हिंसा हो । हामी कुन उद्देश्यबाट कर्म गरिरहेका छौं, त्यसमा भरपर्छ । मेरो भाव कस्तो छ, त्यसमा भरपर्छ । यो हिंसा बडो सूक्ष्म छ । त्यसैले यति धेरै लामो विषयमा गहिरिन जरुरी छैन । एउटा कुरा याद गरे पुग्छ । हामीभित्र ईश्वरले विवेक दिएको छ । विवेकलाई प्रयोग गरेर गरिएका कुनै पनि कार्यहरु हिंसा हुँदैनन् । विवेक प्रयोग गरेको हिंसा पनि अहिंसा हुन्छ, अविवेकी रुपले अहिंसा ग¥यो भने त्यो पनि हिंसा हुन्छ । सबैभन्दा महत्वपूर्ण विवेक हो ।

आफूभित्रको विवेकलाई जागृत गर्नु महत्वपूर्ण हो । के ठीक, के बेठीक भन्ने छुट्याउने शक्ति ईश्वरले हामीलाई दिएको छ । बुद्धि, विवेक दिएर पठाएको छ, यसलाई प्रयोग गरौं । कुनै पनि कर्ममा सबैको हित लुकेको छ या अहित लुकेको छ, त्यो कुरा छुट्याउनुपर्छ र त्यो छुट्याउने शक्ति परमात्माले हामीलाई दिएको छ । त्यही शक्तिलाई हामी विवेक भन्छौं । विवेकको प्रयोग गरिएको कुनै पनि कार्य अहिंस्रक हुन्छ । विवेक गुमाएर गरिएका कुनै पनि कार्य हिंस्रक हुन्छ । अरुलाई मार्नु, सताउनु या दुःख दिनु हिंसा हो । तर कुनै व्यक्तिले धेरै मानिसलाई पीडित बनाएको छ, त्यो पीडित बनाउने व्यक्तिलाई सजाय नदिनु पनि हिंसा हो । कसैलाई दुःख नदिँदाखेरि हिंसा हुन्छ, कसैलाई दुःख दिँदाखेरि हिंसा हुन्छ । कसैलाई मार्दा चाहिँ अहिंसा हुन्छ, कसैलाई बचाउँदाखेरि अहिंसा हुन्छ । भन्न कठिन छ । त्यही भएर भगवान् श्रीकृष्णले गीतामा अर्जनलाई विवेक प्रयोग गर्न प्रेरित गर्नुभएको छ । हेर, हिंसा पनि अहिंसा हुन्छ । आततायीहरु, परपीडकहरु, लुटेराहरुलाई सजाय दिनु हिंसा हैन । सजाय दिनु भएन भनेचाहिँ हिंसा हो । अन्याय गर्नु हिंसा हो तर कसैले अन्याय गरेको छ भने यो अन्यायलाई चुपचाप सहनु हिंसा हो । प्रतिकार गर्नुपर्छ । गर भनेर ईश्वरले हामीलाई क्षमता दिएको छ नि । बुद्धि दिएको छ, विचार दिएको छ, भाव–विचार दिएको छ । प्रयोग गर्नु प¥यो कि परेन ? दिएको चीजलाई प्रयोग गरेर आफ्नो सुरक्षा गर्नुप¥यो नि । 

कसैले आफूलाई सताइराखेको छ भने त्यहाँबाट बच्न खोज्नु धर्म हो । तर अहिंसाको नाममा सबै अन्यायहरु सहेर बस्नु, प्रतिकार नगर्नु, आफ्नो रक्षा नगर्नु, यो अधर्म हो । सोझासीधा व्यक्तिहरु जो असहाय छन्, कमजोर छन्, कमजोर मानिसहरुलाई कसैले सताइराखेको छ, दुःख दिएको छ, आफूसँग सामथ्र्य हुँदाहुँदै पनि सामथ्र्य प्रयोग गरेर बद्मासहरुलाई दण्ड नदिनु यो हिंसा हो । कसैलाई मार्नु मात्रै हामी हिंसा ठान्छौँ, त्यो हैन । अहिंसा भनेको  विवेकलाई प्रयोग गर्नु हो । आफ्नो विवेकलाई प्रयोग गरौं र ध्यानले विवेक जागृत गर्छ र विवेकले ध्यान गर्न सजिलो बनाउँछ । 

आज हामी जति समस्याहरु देख्छौं, अन्याय, अत्याचार भएको छ, धर्मको नाउँमा कति मानिसहरु मरेका छन्, राजनीतिको नाममा कति मानिसहरु मरेका छन् । हेर्नुस्, उद्देश्य त दुवैको ठीक हो । धर्मले पनि मानिसको कल्याण गर्न खोजेको हो, राम्रो गर्न खोजेको हो, राजनीतिले पनि मानिसलाई राम्रो गर्न खोजेको हो । मानिसको भलाइका लागि, समाजको उन्नतिका लागि काम गर्न खोजेको हो । दुवैले बद्मासहरुलाई दण्डित गर्न खोजेको हो । धर्मले पनि त्यही भन्छ, गलत काम गर्न खोज्नेहरुलाई दण्ड देऊ, राम्रो काम गर्ने व्यक्तिहरुलाई प्रोत्साहित गर । राजनीतिले पनि यही भन्छ । गलत काम गर्ने व्यक्तिलाई सजाय देऊ र राम्रो गर्नेहरुलाई प्रोत्साहित गर । उद्देश्य ठीक हो । तर गल्ती के भयो भने नि विवेकको प्रयोग गरेनन् । जुन मानिसले कसैलाई प्रोत्साहित गर्ने या सजाय दिने जिम्मेवारी लिएको छ, त्यो व्यक्तिमा विवेक हुनुपर्छ । त्यो व्यक्ति विवेकशील हुनुपर्छ । विवेक गुमाउँदाखेरि आज धर्मको नाममा कैयौं व्यक्तिहरुको हत्या भएको छ । धर्मका नाममा कैयौं निरीह प्राणीहरुको हत्या भएको छ । जनावरहरु जो बोल्न सक्दैनन्, आफ्नो रक्षा गर्न सक्दैनन्, धर्मको नाममा उनीहरुको घाँटी रेटिएको छ । यो अविवेकी निर्णय भयो । यहाँ अधर्म भयो । यो हिंसा   हो । यो महाहिंसा हो । यसले जन्म–जन्म नर्कको बास हुन्छ । त्यसैले विवेक पु¥याउनुपर्छ । 

विवेकी व्यक्तिले मात्रै अरुलाई नियममा, आचरणमा लिएर आउन सक्छ । आज धर्म र राजनीतिको नाममा जति सोझासीधा व्यक्तिहरुको हत्या भएको छ, धर्म र राजनीतिले जति मानिसलाई दुःख दिएका छन्, त्यति त अरु कसैले दिएका छैनन् । धर्म र राजनीतिले जति मानिस मा¥यो, त्यति मानिस त प्राकृतिक प्रकोपले पनि मरेका छैनन् । यति मानिसको हत्या भएको छ । आखिरी, धर्म र राजनीति दुवै शुभ हो नि ।

दुईटै लोककल्याणको लागि हो नि । तर अविवेकी व्यक्तिहरुले प्रयोग गर्दाखेरि यो विषतुल्य भयो । आज धार्मिक मानिस भनेपछि मानिसहरु डराउँछन् । यो मानिस धार्मिक भनेपछि यसको हृदय प्रेमल होला, कोमल होला, यो सहयोगी होला, यसले त सबैको रक्षा गर्ला, सर्वप्राणीको कल्याण गर्ला, सबैको भलो मात्रै गर्ला भन्ने भाव आउनुपर्छ नि र हामी धार्मिक व्यक्ति हुँदाखेरि यस्तै होला भन्ने अनुमान पनि गर्छाैं । तर आज स्थिति त्यस्तो रहेन । आज त अरुको हत्या गर्ने, अरुलाई मार्ने, सताउने, विष्फोट गराउने यस्ता मानिसचाहिँ धार्मिक मानिस भनेर हामीले चिन्नुपर्ने, जान्नुपर्ने अवस्था सिर्जना भएको छ । अविवेकी व्यक्तिहरुको हातमा धर्म गएको कारणले यस्ता भएको हो । 

त्यस्तै, राजनीतिज्ञ भनेको त संरक्षक हो । उसको नजिक जानेबित्तिकै आफू सुरक्षित भएको महसुस गर्नुपर्छ । शासक त रक्षक हुनुपर्ने हो । तर आज उल्टो भएको छ । राजनीति रक्षक हैन, भक्षक भएको छ । चोरी, डकैती, गुण्डागर्दी, लुटपाट, घूसखोरी सबै भएभरका अवगुणहरु जति राजनीतिमा गएर बसेको छ र राजनीति र राजनेताप्रति मानिसमा वितृष्णा आएको छ । आज राजनेताको छत्रछाया पायो भने सुरक्षित हैन, असुरक्षाको अनुभव गर्नुपर्ने स्थिति आएको छ । मानिस राजनीतिज्ञसँग भाग्न थालेको छ । यसरी आफ्नो संरक्षक, आफ्नो अभिभावकसँग भाग्नुपर्ने अवस्था सिर्जना भएको छ । शासकहरु भनेको त सबैको संरक्षण गर्ने अभिभावक हुन् नि । आफ्नो अभिभावकसँग कोही डराएर भाग्छ र ? तर आज डराएर भाग्नुपर्ने स्थिति सिर्जना भएको छ । किन भएको छ ? एउटै कुराले भएको छ । त्यो हो अविवेक ।

राजनीतिज्ञहरुसँग विवेक भएन, धर्मका सञ्चालकहरुसँग विवेक भएन । विवेक गुमाएर गरिएका सबै प्रकारका कर्महरु हिंस्रक हुन् । जोसुकैले प्रयोग गरोस्, जस्तोसुकै कुरा प्रयोग गरोस् । जतिसुकै राम्रो कुरा प्रयोग गरे पनि यदि अविवेकी तरिकाले प्रयोग गरेको छ भने त्यो राम्रो कुरा पनि नराम्रो हुन्छ । अमृत पनि विषसमान हुन्छ र आज हामीले पूरा अमृतलाई विष बनाएका छौं । हामीले धर्मलाई पनि आज विष बनायौं, धर्म भनेपछि डराउनुपर्ने अवस्था छ । राजनीतिलाई पनि विष बनायौं, राजनीति भनेपछि डराउनुपर्ने अवस्था छ । जब यी दुवै जीवनमा नभई नहुने महत्वपूर्ण तत्व हुन् जसले हामीलाई अनुशासित बनाउँछ । कानुनले हामीलाई अनुशासित बनाउँछ । धर्मले हामीलाई अनुशासित बनाउँछ र अनुशासन नै सुखको स्रोत हो । जो व्यक्ति अनुशासित भयो, उसले त सुख प्राप्त ग¥यो । हाम्रो जीवन अनुशासनहीन भएको कारणले आज शारीरिक समस्या छ, मानसिक समस्या छ । सबै रोगहरु अनुशासन तोडेका कारणले लागेका छन् ।

बिहान के गर्ने, दिउँसो के गर्ने, बेलुका के गर्ने ? अनुशासित भएर आफ्नो समयलाई प्रयोग गरेको भए हामी रोगी हुनुपर्दैन थियो । अनुशासन  गुमायौं । खाने कुरा पनि खायौं, नखाने कुरा पनि खायौैं, गर्न हुने काम पनि ग¥यौं, गर्न नहुने काम पनि   ग¥यौं । जुन समयमा जे काम गर्नुपथ्र्यो, त्यो काम गरेनौं, उल्टोपाल्टो ग¥यौं, त्यसकारण हाम्रो स्वास्थ्य खराब भएको छ । हाम्रो समृद्धिमा बाधा पुगेको छ । अनुशासित व्यक्ति मात्रै समृद्ध हुन सक्छ । आफू उन्नतिमा जानु छ, आफ्नू समाजलाई उन्नति गराउनु छ, प्रगतितिर राष्ट्रलाई लैजानु छ भने अनुशासित हुनुपर्छ । अनुशासनहीन समाज सम्पन्न हुँदैन । अनुशासनहीन राष्ट्र समृद्धितिर जाँदैन र अनुशासनहीन व्यक्ति पनि समृद्ध हुँदैन । 

अनुशासित गराउने काम राजनीतिले गर्छ र अनुशासित गराउने काम धर्मले गर्छ । त्यसैले राजनीति र धर्म अति नै महत्वपूर्ण छन् । विवेक प्रयोग गर्नु अहिंसा हो, अविवेकी भएर कर्म गर्नु हिंसा हो । विवेकी व्यक्तिले काहीँ गएर हिंसा ग¥यो भने त्यो अहिंसा हुन्छ । एउटा न्यायाधीशले मृत्युदण्डको सजाय दियो भने त्यो अहिंसा हुन्छ । एकजना व्यक्तिले धेरैजनाको हत्या गर्न सक्थ्यो, त्यो हत्यारालाई मृत्युदण्ड दिएर धेरै मानिसको हत्या हुनबाट बचाइयो, यो अहिंसा हो । त्यसैले अहिंसा के हो ? हिंसा के हो ? आफूतिर फर्किऊँ । आफ्नो मनलाई सोधौं । आफ्नो विवेकलाई  सोधौं । मसँग थाहा छ नि, छुट्याउने क्षमता छ । ठीक र बेठीक छुट्याउने क्षमता छ । आफ्नो विवेकलाई प्रयोग गरेर कर्म ग¥यौं भने सबै कर्महरु अहिंस्रक हुन्छन् । आफ्नो विवेक गुमाएर कर्म ग¥यौं भने सबै कर्महरु हिंस्रक हुन्छन् । हामी सबैलाई पनि आफूभित्रको विवेक तत्वलाई जागृत गर्ने अवसर मिलोस् । हामी सबैलाई पनि ध्यान गर्ने अवसर मिलोस् । (जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन बिकास विशेषज्ञ रमेश नेपालको अभिव्यक्ति)


 

साउनकाे पहिलाे साेमबारः देवघाटमा भक्तजनको भीड

चितवन, ६ साउन । पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार देखिनै देवघाट आएर रात बिताइ

ज्योतिषीको भरपर्दा राजाको वंशनाश

ज्योतिष शास्त्र के हो ? ज्योतिष फलादेश मिल्छ कि मिल्दैन ? मिल्छ भने कति प्रतिशत मिल्छ ? प्रश्न छ । ज्योतिषको फलादेश त शत प्रतिशत मिल्छ । ज्योतिष विज्ञान

आज चन्द्र ग्रहण, कुन राशीलाई के लाभ–हानी ?

काठमाडौं । आज असार ३१ गते मंगलबार । गुरु पूर्णिमाको दिन र आजै चन्द्र ग्रहण लाग्ने समय पनि । डेढ सय वर्षपछि गुरु पूर्णिमाकैै दिन चन्द्र ग्रहण लागेको यो

गृहिणीले दैनिक यी ५ काम गरेमा दरिद्री नाश हुने पक्का

एजेन्सी । सफल पुरुषको पछाडि महिलाको हात हुन्छ भन्ने भनाइ घाम झैं छर्लङ्ग छ । असल महिला अर्थात् गृहिणीले पुरुषलाई दिने साथले जीवन सफल हुने कुरालाई