यो हो- क्यान्सरसँग हारेका धनाढ्य डाक्टरको कथा

सिंगापुर । मानिसहरु धेरै भन्दा धेरै धन कमाउने धुनमा अन्धाधुन्ध दौडिरहेका हुन्छन् । धन कमाउने एकसूत्रीय सपना बोकेका मानिसहरुको मान्यता हुन्छ, सकेसम्म धेरै धन कमाउ, धन भएपछि बजारबाट सबैथोक खरिद गर्न सकिन्छ । एकजना मेडिकल डाक्टर पनि यस्तै धनी बन्ने सपनाको पछि दौडिएर एकदिन छाँगाबाट खसेका व्यक्ति हुन् । प्लास्टिक सर्जन रिचर्ड टिओ केंग सिएंग नाम गरेका ती डाक्टरको तीतो अनुभव अब धन कमाउने दौडमा रहेका धेरै मानिसका लागि गतिलो पाठ हुनसक्छ । यी करोड़पति डाक्टरको जीवनको सन्देशले संसारका मानिसलाई अचम्मित तुल्याउन सक्छ । ती डाक्टरलाई जीवनका अन्तिम दिनहरुमा यस्तो शिक्षा प्राप्त भयो जसलाई उनले सार्वजनिक गरेका छन् ।

के थियो  त्यो शिक्षा

वास्तवमा उनलाई फोक्सोको क्यान्सर भएको थियो । कुनैबेला उनलाई पैसा नै सबैथोक हो भन्ने विश्वास थियो । पैसा भएपछि जे चाहियो त्यही बजारबाट खरिद गर्न सकिन्छ भन्ने अहंकार पनि थियो । तर जीवनको अन्तिम दिनको अन्तिम समयमा उनले कमाएको करोडौं धनराशीको कुनै अर्थ रहेन । जीवनमा धनभन्दा असल वस्तु त खुशी पो हो त,उनलाई समय बित्नै लाग्दा मात्र यो कुराको मर्म थाहा भयो । डाक्टर रिचर्डलाई सन् २०१२ को अक्टुबरमा क्यान्सर भएको पत्ता लाग्यो । उनी ४० वर्षकै अल्पायुमा संसारबाट विदा भए । उनको मृत्युको घटना सार्वजनिक भएपछि संसारभरी नै चर्चा भएको थियो । उनले आफ्ना अनुभवहरु यसरी लेखेका थिएः 

खुशी हुनु छ भने धन कमाउ 

एकपटक उनले आफ्नो भाषणमा बताएका थिए– ‘म आजको समाजको एक विशिष्ट उत्पादन हुँ । युवा अवस्थादेखि म सधैं यही विश्वासको प्रभाव र धारणामा बाँचेको थिएँ । धन कमाएपछि सबै खुशी हासिल गर्र्न सकिन्छ । यसैले मैले धन कमाउनु पर्छ भन्ने भनाईलाई आदर्श वाक्य मानेर आफ्नो जीवनको बाटो हिँडिरहें । मैले आफ्नो पेशागत अभ्यासको पहिलो वर्ष नै लाखौं रुपैयाँ कमाएँ पनि ।

म स्पोर्टस् कारको सौखिन थिएँ । कार क्लवमा हुने कार दौडमा विदाका दिनहरु मनाएँ । यही कारण मैले मिस सिंगापुर यूनिभर्स राचेल कुम र फेसबुकका सह(संस्थापक एडुआर्डो सेवरिन जस्ता हाई(प्रोफाइल व्यक्तिहरुसँग बसेर महँगा रेस्टुरेन्टमा खाना खाएँ । मसँग चारवटा स्पोर्टस् कार छन् । जसमा एउटा होण्डा एस २०००, निसान जिटीआर, सुबारू डब्लुआरएक्स र फरारी ४३० छन् । ’

अवसादको बादलमा म

रिचर्डले अगाडि भनेका छन्– ‘जब म आफ्नो पेशाको करियरमा शिखर उक्लिएको थिएँ, मलाई यस्तो लाग्यो कि सबै कुरा मेरो नियन्त्रणमा छन् । एकदिन ११ मार्च २०११ मा मेरो परिवारलाई एउटा दुर्भाग्यपूर्ण समाचार आयो,मलाई क्यान्सर भएको छ ।  त्यसैदिन आएको सुनामीले जापानको जनजीवन कोलाहलमय थियो ।’  रिचर्डलाई टर्मिनल लंग क्यान्सर भएको थाहा भयो । साथै उनी तीन महिना देखि बढीमा ६ महिना मात्र बाँँच्न सक्ने भविष्यवाणी समेत गरिएको थियो ।

 रिचर्डले भनेका छन्–‘म आफूलाई क्यान्सर भएको कुरा स्वीकार गर्नै सकिरहेको थिईन । मेरी आमा,मेरा बुवा र उनीहरुका कैयौं नातेदार कसैलाई पनि क्यान्सरजस्तो भयानक रोग लागेको इतिहास छैन । तर मलाई भयो । मेरो मष्तिष्कदेखि ढाडको हाडहरुसम्म यो फैलिईसकेको छ । अचानक थाहा पाएको यही विशादपूर्ण तीतो समाचारले म अवसादको कालो वादलले घेरिएको छु । यतिबेला न त मलाई भोक लाग्छ न त रातमा निन्द्रा नै पर्छ । म आत्तिएको छु, केवल चिच्याएको छु ।’  

असली खुशीका अन्तिम दिनहरु


रिचर्डलाई यस्तो लाग्थ्यो उनीसँग खुशी हुने सबै बस्तु साथमा छन् । एउटा सफल हुन चाहने व्यक्तिसँग हुनुपर्ने सबै कुरा थिए उनीसँग । कठोर सत्यसँग साक्षात्कार भएपछि रिचर्डले भनेका छन्–‘सबै चिज मसँग छन् । मसँग के छैन, प्रतिष्पर्धामा जितेको ट्रफी छैन कि कार पो छैन कि । सबै सुविधाले सुसज्जित घर पनि त छ मसँग । मलाई लाग्थ्यो कि यसले नै मलाई खुशी दिने छ । तर अहिले यी सबै चिज वस्तु मेरा वरीपरी भएर पनि मलाई खुशी दिन सकिरहेका छैनन् । जब जब कठिन दिनहरु बित्दै गए मलाई महसुस भयो फरारी कार र रेस्टुरेन्टका स्वादिष्ठ भोजनले खुशी मिलिरहेको छैन । 

मलाई पछिल्ला १० महिनामा वास्तविक खुशी मिल्यो । मलाई जीवनका अन्तिम दिनहरुमा मात्रै थाहा भयो वास्तविक खुशी के हो । यी मानिसहरु, आफ्ना प्रियजन,साथीभाई र अन्य चिनजानका मानिसहरु जोसँग भेटघाट कुराकानी हुन्थ्यो । हाँसिन्थ्यो ठट्टा रमाईलो गरिन्थ्यो । जसबाट मलाई धेरै नै खुशी मिल्थ्यो । उनीहरु वास्तवमै मलाई माया गर्थे स्नेह बाँड्थे । ’

जीवन फेरि दोहोरिने भए असल डाक्टर बन्थें
 
बिरामी अवस्थामा डाक्टर रिचर्डले क्यान्सरका अरु बिरामीसँग घुलमिल हुन पनि सिके । स्वयं एकजना डाक्टर भएर पनि उनले यसअघि यसो गर्न जानेका थिएनन्, उनको एकमात्र ध्याउन्न हुन्थ्यो धेरैभन्दा धेरै पैसा कमाउनु । उनले पीडाले भरिएको भावमा भनेका छन्– ‘यदि म आजबाट जिन्दगीको सुरुआत गर्न पाउँथे भनें एक असल डाक्टर भएर सेवा गर्ने थिएँ । किनभने अहिलेमात्र मैले अनुभव गर्न सकेको छु,अस्पतालको शैयामा लडिरहेको बिरामीले कस्तो महसुस गरिरहेको हुन्छ ।’  

डाक्टर रिचर्डले अनुभव सुनाउने क्रममा अन्त्यतिर भनेका छन्–‘धनी हुनु नै कुनै गल्ती त होईन । तर बहुसंख्यक मानिस जस्तै मैले पनि धनलाई उपयोग गर्न जानिनँ । धन कमाएर म यति अन्धो जस्तै भएछु,मेरा सामु अरु कुनै पनि कुराको कुनै महत्व नै रहँदैन थियो । कतिसम्म भने एकजना बिरामी मेरो आम्दानीको स्रोत थियो । पैसा कमाउने नशामा मैले हरेक बिरामीबाट एक÷एक पैसा निचोरेर असुलेको छु । अहिले आएर सम्झन्छु आखिर मैले धेरै धन कमाएर पो के पाएँ, आफैं क्यान्सरको बिरामी भएको छु !’ (एजेन्सीको सहयोगमा)

 झापामा भेटिए कालाजारको नयाँ रोगी 

झापा । झापाको मेचीनगर–१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् ।  वैभव टि–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको

 दाँच चम्काउन के लाउने, के हो दम रोगको सजिलो उपचार ?

काठमाडौं । मानिसको शरीरमा कुनै न कुनै शारीरिक समस्या त हुन्छ नै । कुनै साधारण समस्या हुन्छन् भने कुनै निकै जटिल । अवस्था अनुसार यिनिहरुको विभिन्न

यसरी जोगाउन सकिन्छ शरीरका महत्वपूर्ण अंग

शरीरका आन्तरिक अंगहरु सहि रुपमा संचालनको लागि ती अंगहरु स्वस्थ्य रहनु जरुरी छ । तैपनि हामीले कतिपय स–साना बिषयमा ध्यान नपु¥याउनाले यस्ता

 केले टोकेमा के लगाउने, यस्तो छ उपचार

 विषालु कीरा, बिच्छी र माहुरी आदिले टोकेर सुन्निएका ठाउँमा उखुको रस लगाउँदा फाइदा हुन्छ     विषालु कीरा, लामखुट्टे तथा झिँगा आदिले टोकेका