दुर्घटना–मृत्यु

साँखु, ५ असार ।  गोकर्णेश्वर नगरपालिका–४ इटी चोकमा आज दिउँसो १ बजे सार्वजनिक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुन्दरीजलबट रत्नपार्क जाँदै गरेको बा१ख ८७४४ नंको बस दुर्घटना हुँदा बसकै सहचालक सागर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बसमा सवार अन्य २० जना घाइते भएको र उनीहरुको उपचार जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए । बस सडकबाट पाँच फिट तल खेतमा पल्टिएको थियो । चन्दका अनुसार सवारी चालकलाई नियन्त्रणमा लिइएको छ । रासस

अनियमितताको आरोप लागेका वृद्ध पूर्वकर्मचारीद्वारा आत्महत्या

काठमाडौं, ३ साउन । अनियमितताको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका पूर्वकर्मचारीले आत्महत्या गरेका छन्। कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको

मनसुनको सक्रियता सामान्य हुँदै

काठमाडौँ, ३ साउन । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको

बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुर, ३ साउन । एक साता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई महालक्ष्मी नगरपालिकाले खाद्यान्न वितरण गरेको छ । महालक्ष्मी–१०

छतबाट खसेर मृत्यु

भक्तपुर, ३ साउन । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ ।  तीनतले घरको छतमा चिप्लिएर लडेपछि