एसओएस बालग्रामले सम्मान गर्ने

काठमाडौँ, ५ असार  । सामाजिक क्षेत्रमा अतुलनीय योगदान पु¥याउने  नौ व्यक्तित्व र दुई संस्थालाई एसओएस बालग्राम नेपालले सम्मान गर्ने भएको छ । एसओएस अन्तर्राष्ट्रिय बालग्राम स्थापनाको ७० औँ दिवसका अवसरमा सम्मानित हुनेहरूमा बालअधिकारकर्मी गौरी प्रधान, सम्पदा संरक्षक रवीन्द्र पुरी, पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डन, अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा कार्यरत छुल्टुम शेर्पा, बालबालिकाको वैकल्पिक स्याहारको क्षेत्रमा कार्यरत प्रा डा ओमकारलाल श्रेष्ठ र श्रीमती शान्ति श्रेष्ठ तथा  समाजसेवी रेणु शर्मा रहेका छन् ।

    यसैगरी वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा अशोककुमार बास्कोटा, सिएनएन हिरो पुष्पा बस्नेत, नेपाली फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंह, बालबालिकालाई दिवा खाजा उपलब्ध गराउँदै आएको संस्था फुड फर लाइफ नेपाल र माइती नेपाल पनि सम्मानित हुने भएका छन् । बालग्रामका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले ती संस्था र व्यक्तित्वले बालबालिकाका क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गर्न लागिएको जानकारी दिए । यही असार ८ गते आयोजना हुने कार्यक्रममा ती व्यक्तित्व तथा संस्थालाई सम्मान गरिने कार्यक्रम छ ।

    अभिभावक गुमाएका र गुमाउन सक्ने जोखिममा रहेका बालबालिकाका लागि ‘मायालु घर’ को रुपमा परिचित बालग्राम सन् १९४९ देखि अष्ट्रियाको इम्स्ट शहरबाट शुरुआत भएको थियो । अष्ट्रियाका समाजसेवी प्रा डा हर्मन माइनरद्वारा स्थापित सो बालग्राम नेपालसहित १३५ मुलुकमा विस्तारित छ । स्थापनाको ७० आँै वर्षको अवधिमा विश्वभरका ४० लाख बालबालिकालाई प्रत्यक्ष संरक्षण गरिसकेको निर्देशक शर्माले जानकारी दिए । नेपालमा सन् १९७२ मा स्थापना भएको थियो । हाल  एसओएस बालग्रामअन्तर्गत भक्तपुरसहित पोखरा, भरतपुर, कैलाली काभ्रेमा दश शाखा छन् । सोही कार्यक्रममा बालग्राममा २५ वर्षभन्दा बढी सेवा गरेका आमा, काकी, कर्मचारी तथा पदाधिकारीलाई पनि पुरस्कृत गरिने छ । रासस

अनियमितताको आरोप लागेका वृद्ध पूर्वकर्मचारीद्वारा आत्महत्या

काठमाडौं, ३ साउन । अनियमितताको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका पूर्वकर्मचारीले आत्महत्या गरेका छन्। कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको

मनसुनको सक्रियता सामान्य हुँदै

काठमाडौँ, ३ साउन । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको

बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुर, ३ साउन । एक साता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई महालक्ष्मी नगरपालिकाले खाद्यान्न वितरण गरेको छ । महालक्ष्मी–१०

छतबाट खसेर मृत्यु

भक्तपुर, ३ साउन । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ ।  तीनतले घरको छतमा चिप्लिएर लडेपछि