प्रहरीसँगको भिडन्तमा विप्लव कार्यकर्ताको मृत्यु

सर्लाही , ५ असार । नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच सर्लाहीको लालबन्दीमा गोली हानाहान भएको छ । 

विप्लवका कार्यकर्ता हातहतियार सहित रहेको खबर आएसँगै प्रहरीको टोली लालबन्दी गएको बताइएको छ । 

प्रहरी र विप्लव कार्यकर्ताबिच सो क्रममा गोली हानाहान हुँदा प्रहरीको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विप्लवका जिल्ला इज्चार्ज कुमार पौडेल रहेका छन् । 

लालबन्दीमा गोली हानाहान भएको र एकको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले पुष्टी गरेका छन् ।

तस्विरः मृतक कुमार पौडेल

अनियमितताको आरोप लागेका वृद्ध पूर्वकर्मचारीद्वारा आत्महत्या

काठमाडौं, ३ साउन । अनियमितताको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका पूर्वकर्मचारीले आत्महत्या गरेका छन्। कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको

मनसुनको सक्रियता सामान्य हुँदै

काठमाडौँ, ३ साउन । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको

बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुर, ३ साउन । एक साता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई महालक्ष्मी नगरपालिकाले खाद्यान्न वितरण गरेको छ । महालक्ष्मी–१०

छतबाट खसेर मृत्यु

भक्तपुर, ३ साउन । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ ।  तीनतले घरको छतमा चिप्लिएर लडेपछि