स्पोर्टस अवार्डमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिए

काठमाडौँ, ५ असार । नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्डसँग सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिएका छन् ।  खेलकूद क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने उक्त अवार्डका लागि घोराही इन्डष्ट्री प्रालिको उत्पादन सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिएका हुन् । 
      मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले घोराही सिमेन्टका निर्देशक आदित्य साङ्घाई र टर्किसका नेपाल जनरल म्यानेजर अब्दुल्लाहसंँग छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतानुसार सगरमाथा सिमेन्टले अवार्डका लागि रु पाँच लाख उपलब्ध गराउने छ । त्यस्तै अर्को सम्झौतामा टर्किस एयरलाइन्सले वर्षको पुरुष र महिला विजेता खेलाडीलाई टर्किस एयरलाइन्सको सेवा भएको कुनै पनि गन्तव्यको रु पाँच लाख बराबरको दुई थान दुईतर्फी हवाई टिकट उपलब्ध गराउनेछ । 
    त्यस्तै एयरलाइन्सले खेलकूद पत्रकार मञ्चका सदस्यलाई हवाई टिकटमा १० प्रतिशत छुटको व्यवस्था गर्नेछ ।  मञ्चले सिफारिश गरेको राष्ट्रिय खेलाडीलाई समेत हवाई टिकटमा १० प्रतिशत छुट दिनेछ । सम्झौता एक वर्षको छ । 
    यही असार १७ गते हुने उक्त अवार्डबाट  १० विधामा खेलाडी, प्रशिक्षक, खेलकर्मी र पत्रकारलाई सम्मान गरिनेछ  जसमा पिपुल्स च्वाइस विधाको मनोनयन भने यसअघि नै सार्वजनिक भइसकेको छ । 
    त्यस्तै वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोनयन छिट्टै सार्वजनिक गरिने आयोजक मञ्चले जनाएको छ । स्पेसल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड, टिम अफ द इयर र पारा एथ्लिट अवार्ड भने अवार्ड कार्यक्रमकै दिन घोषणा हुनेछ । रासस

विप्लवका जुम्ला सेक्रेटरी समातिए

 जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले

 सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते,चालक फरार

बर्दिबास । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते

बाङ्देलका शिष्यको ‘कलापुञ्ज’ भदौमा

काठमाडौँ, ६ साउन । सोसाइटी अफ मोडर्न आर्टिष्ट(सोमा)को आयोजनामा आगामी भदौमा चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्मा भदौ ५–९ सम्म हुने

खलंगामा बत्ती नआउने औपचारिक घोषणा, २२ हजार उपभोक्ता अन्धकारमा

जुम्ला । कुरा सुन्दा पनि अच्चम लाग्न सक्छ । हामीले अहिलेसम्म विद्युत उद्घाटन भएको, गाउँबस्ती अँध्यारो मुक्त भएको खबर सुनेका छौं । तर जुम्लामा भने,