सवारी साधन नहरमा खस्दा सात बालबालिका बेपत्ता

नयाँ दिल्ली, ५ असार । भारतको उत्तर प्रदेशमा बिहीबार २९ व्यक्ति बोेकेको एक सवारी साधन एक नहरमा खस्दा सात बालबालिका बेपत्ता भएका छन् । 
स्थानीय प्रहरीका अनुसार यस घटनामा बेपत्ता भएका २२ जनालाई नहरबाट उद्धार गरिएको र अन्य बेपत्ताको खोजी कार्य जारी रहेको छ । 
उत्तर प्रदेशको राजधानी लखनउको बाहिरी इलाकामा रहेको नाग्राम क्षेत्रमा बिहीबार बिहान सो दुर्घटना भएको हो ।
बिहीबार बिहान सबेरै २९ यात्रु बोकेको एक सवारी साधन इन्दिरा नहरमा खसेको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिनु भएको छ । 
सो सवारी साधनमा यात्रा गरिरेहका ती यात्रुहरु एक विवाह समारोहमा सहभागी भई फर्किरहेका थिए । दुर्घटना भएको लगत्तै स्थानीय बासिन्दा उद्धार कार्यमा जुटेका थिए । 
दुर्घटनापछि प्रायः वयस्क उमेरका २२ जनालाई उद्धार गरिएको तर सात बालिबालिका भने बेपत्ता भएका छन् ।  ती बालबालिका चारदेखि नौ वर्ष उमेरमा रहेका अधिकारीहरुले जनाएका छन् ।
भारतमा क्षमता भन्दा बढी यात्रु चढ्ने, खराब सडक र लापर्वाही रुपमा सवारी साधन हाँक्ने गर्दा बर्सेनि ठूलो संख्यामा दुर्घटना हुने गरेका अध्ययनहरुले देखाएका छन् । भारतका औसत रुपमा प्रत्येक दिन चारसय व्यक्तिको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको छ । (रासस /सिन्ह्वा)

अस्ट्रियामा बिमान दुर्घटना

भियना, ३ साउन । अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो बिमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जर्मनीको सीमा नजिक हिमाली क्षेत्रमा

मेक्सिकोमा भयानक बस दुर्घटना

मेक्सिको सिटी, ३ साउन ।  मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका

अमेरिकामा बेरोजगारी दर सामान्य बढ्यो

वासिङ्टन, ३ साउन ।  संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । जुलाई १३ मा बेरोजगार

मानवरहित विमान सुरक्षित फर्केको इरानको दाबी

तेहरान, ३ साउन । अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा