बाढीका कारण ७ हजार ४ सय विस्थापित

मोन्टेभिडिओ, ५ असार  ।  दक्षिण अमेरिकी राष्ट्र उरुग्वेमा अविरल वर्षापछि आएको बाढीका कारण सात हजार ४०० व्यक्ति विस्थापित भएका छन् । 
राष्ट्रिय आकस्मिक सेवाले दिएको पछिल्लो जानकारीअनुसार मध्य शहर डुराज्नो सबैभन्दा बढी प्रभावित भएको छन् । यहाँबाट पाँच हजार २९९ जना विस्थापित भएका छन् ।
रक्षामन्त्री जोसे वेआडीले एक शिविरको भ्रमण गरी विस्थापितहरुका लागि सैनिक सहयोगको बन्दोबस्त मिलाएको समाचारमा जनाइएको छ । 
कैयांै व्यक्तिहरु अझै पनि बाढी प्रभावित क्षेत्रमा फसेका हुनाले सेनाले निरन्तर निरीक्षण गरिरहेको बेआडीले जानकारी दिए । उक्त बाढीका कारण प्रहरीले १२ ओटा राष्ट्रिय राजमार्गलाई बन्द गरेको छ । (रासस/सिन्ह्वा)

अस्ट्रियामा बिमान दुर्घटना

भियना, ३ साउन । अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो बिमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जर्मनीको सीमा नजिक हिमाली क्षेत्रमा

मेक्सिकोमा भयानक बस दुर्घटना

मेक्सिको सिटी, ३ साउन ।  मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका

अमेरिकामा बेरोजगारी दर सामान्य बढ्यो

वासिङ्टन, ३ साउन ।  संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । जुलाई १३ मा बेरोजगार

मानवरहित विमान सुरक्षित फर्केको इरानको दाबी

तेहरान, ३ साउन । अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा