भिडियो गेम खेल्न नपाउँदा आमा बाबुको ज्यान लिने प्रयाश

काठमाडौं । भिडियो गेम खेल्ने लत लागेको व्यक्ति कतिसम्म क्रुर हुनसक्छ भन्ने उदाहरण थाईल्याण्डमा देखिएको छ । यो खेलको लत कुनै पनि दुव्र्यशनको लतभन्दा कम खतरनाक होईन भन्ने कुरा पनि यसबाट जान्न सकिन्छ ।  

थाईल्याण्डमा एक युवाले भिडियो गेम खेल्न अवरोध पुर्याएको आक्रोश स्वरुप आफ्नै अभिभावकलाई वीष खुवाएर सिध्याउने प्रयाश गरेका थिए । सधैं भिडियो गेममा झुत्तिरहने ती युवालाई सुधार्ने उदेश्यले वाइफाई बन्द गरिदिएका अभिभावकले ती क्रुध्द युवाको आक्रोश वापत झण्डै अकस्मिक मृत्युवरण गर्नुपरेको थियो । 

२९ वर्षीय सक दुआन्जन नाम गरेका युवा नशाले लठ्ठ परेर घर फर्किएपछि चर्को आवाजमा भिडियो गेम खेल्न थाले । सुत्न लागेका परिवारको निन्द्रा विथोलिएपछि पिताले वाईफाई बन्द  गरिदिए ।  

  ५२ वर्षीय पिता चकरी खमरुआंगले वाईफाई बन्द गरेको बदला स्वरुप छोरा सकले पुरै परिवारको ज्यान लिने असफल प्रयाश गरेका थिए । उनले पानीमा विषालु पेष्टीसाईड मिसाएर सबैलाई सिध्याउने प्रयाश गरेका थिए । तर आमा सुवानले छोराको खतरनाक चाल सुँइको पाईन् । भोलिपल्ट विहान जब उनी चामल पखाल्न कुवामा पुगिन्,त्यहाँ अनौठो चीज तैरिइरहेको देखिन् । अनि राती छोरो उठेर आँगनतिर गएको र केही बस्तु लुकाएको जस्तो लागेको थियो यही कामको लागि उठेको रहेछ भन्ने कुरा उनलाई सम्झना भयो ।  


छोराले आफू दम्पत्तिकै ज्यान लिने प्रयाश गरेको स्पष्ट भएपछि उनीहरु स्तव्ध त भए नै । अति नै रिसाहा बानी भएको छोरो यो हदसम्म झर्ला भन्ने कुरा पत्याउन पनि कठिन भएको उनीहरुको भनाई छ । 

वाईफाई बन्द गरिदिएकै मात्र कारण आमाबाबुको ज्यान लिन तयार छोरालाई सुधार्न ती दम्पत्तिले प्रहरीको सहयोग लिएको बताएका छन् । (एजेन्सीबाट/तस्बिरः अभिभावकको ज्यान लिन तयार युवा ।) 
 
 
 

आफूलाई ‘स्वयं सेवक’ बताउने को हुन् यी कोरियाली

काठमाडौं । आफूलाई स्वयं सेवक दावी गरिरहेका एकजना कोरियाली नागरिकको गतिविधि शंकाष्पद रहेको बुझिएको छ । ती कोरियाली नेपाल सरकारको अनुमति उल्लंघन गरेर

छाउपडी अन्त्यका लागि कानून बनाउन माग

वीरेन्द्रनगर, ३ साउन ९ । सुर्खेतको बराहताल गाउँपालिकाका स्थानीय नागरिकले सभामुख राजबहादुर शाहीसँग छाउपडी अन्त्यका लागि कानून बनाउन आग्रह गरेका छन्

भद्रगोल फुटपाथको कथा

काठमाडौं । राजधानी शहर काठमाडौं आफूमा विचित्रको दृश्यहरु समेटेर बसेको छ । देशभरी प्रदेशहरु बनेर स्थानीय सरकार कृयाशील भएपनि मानिसहरु संघीय राजधानी

 चोरिएका नवजात शिशुका बाबुलाई रोजगारी

पाल्पा । लुम्बिनी मेडिकल कलेज नवजात शिशु हराएपछि शोकाकुल बनेका पितालाई रोजागारी दिने भएको छ । पाल्पाको यो कलेजबाट हराएका नवजात शिशुको बुवालाई रोजगार