छालालाई आकर्षक पार्ने घरेलु तरिका

एजेन्सी । सुन्दर शरिरको लागि आकर्षक छालाको ठुलो भुमिका हुन्छ । शरिरको आकार मात्र होइन, चम्किलो छालाले महिला तथा पुरुष दुबैलाई आकर्षक देखाउन सहयोगी हुन्छ ।

यसरी शरिरको छालालाई सुन्दर बनाउनको लागि भने छालाको हेरचाह गर्ने काममा विशेष ध्यान दिन जरुरी रहेको छ ।

छालालाई नरम र मुलायम बनाउनको लागि नुहाउनु अघिनै तेलको मालिस गर्न सुझाइन्छ । नुहाउनु भन्दा कम्तिा आधा घण्टा अगाडि, नरिवलको तेलमा कागती मिसाइ शरिरमा मजाले मालिस गरेमा छालालाई आवश्यक पोषण प्राप्त हुने चिकित्सकहरु बताउँछन् ।

सम्पूर्ण शरीरमा तेलको मालिस सम्भव छैन भने कम्तिमा पनि हात, खुट्टा, घाँटी र अनुहारमा तेल मालिस गर्नु उपयुक्त हुन्छ । मजाले मालिस गरेर उक्त तेललाई कोषहरुमा पुग्नको लागि १५–२० मिनेट छोड्नु राम्रो हुन्छ ।

उक्त तेलमा कागती भने करिब २० प्रतिशत भन्दा कम मात्र मिसाउन सुझाइन्छ । तीन चम्चा तेलमा आधा चम्चा कागती मिसाउँदा उपयुक्त सम्मीश्रण तयार हुन्छ ।

यसरी बनाएको सम्मीश्रण कपालको लागि पनि उपयुक्त हुने बताइन्छ । तेल लगाएको कपाल तथा शरिरलाई राम्रो सँग पखाल्दा कपाल र छाला दुबै सुन्दर देखिन्छ ।  

कोषहरुमा पुगेको तेलले छालालाई सुख्खा हुन नदिइ नरम बनाउँदा शरिरको छाला नरम र आकर्षक देखिने बताइन्छ । नुहाइसकेपछि बडि लोसन लगायतका क्रिमहरुको प्रयोग गर्दा छालालाई आवश्यक उष्णता पनि प्राप्त हुन्छ ।

सुन्दर तथा आकर्षक व्यक्तित्वको लागि छालाको विशेष भुमिका भएकोले पनि यसको हेरचाह गर्नु उपयुक्त हुने बताइएको छ ।

 

 झापामा भेटिए कालाजारको नयाँ रोगी 

झापा । झापाको मेचीनगर–१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् ।  वैभव टि–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको

 दाँच चम्काउन के लाउने, के हो दम रोगको सजिलो उपचार ?

काठमाडौं । मानिसको शरीरमा कुनै न कुनै शारीरिक समस्या त हुन्छ नै । कुनै साधारण समस्या हुन्छन् भने कुनै निकै जटिल । अवस्था अनुसार यिनिहरुको विभिन्न

यसरी जोगाउन सकिन्छ शरीरका महत्वपूर्ण अंग

शरीरका आन्तरिक अंगहरु सहि रुपमा संचालनको लागि ती अंगहरु स्वस्थ्य रहनु जरुरी छ । तैपनि हामीले कतिपय स–साना बिषयमा ध्यान नपु¥याउनाले यस्ता

 केले टोकेमा के लगाउने, यस्तो छ उपचार

 विषालु कीरा, बिच्छी र माहुरी आदिले टोकेर सुन्निएका ठाउँमा उखुको रस लगाउँदा फाइदा हुन्छ     विषालु कीरा, लामखुट्टे तथा झिँगा आदिले टोकेका