भीएआरले बचायो अर्जेन्टिनालाई, पराग्वेसँग बराबरी खेल्न सफल

एजेन्सी । उपाधिको दाबेदार मानिएको अर्जेन्टिना कोपा अमेरिका २०१९ प्रतियोगिताबाट बाहिरिनबाट जोगिएको छ ।

भाग्यशाली ठहरिएको अर्जेन्टिनाले पराग्वे विरुद्धको खेलमा भिडियो असिष्टेन्ट रेफ्री (भीएआर) को सहायतामा पेनाल्टीमा गोल गरेपछि निश्चीत पराजय टरेको छ । गएराती भएको समूह बी अन्तर्गतको खेलमा उक्त पेनाल्टीको मद्दतले १–१ को बराबरी खेल्दै अर्को चरणमा पुग्ने सम्भावनालाई अर्जेन्टिनाले जीवितै राखेको छ ।

बलियो प्रदर्शन गरेको पराग्वेले बल पोशेसनमा अघि नभएपनि आक्रामक खेल खेलेको थियो । पराग्वेले खेलको २८ औं मिनेटमा गोल गर्ने अवसर गुमाएको थियो । उक्त गल्तिलाई सुधार गर्दै खेलको ३७ औं मिनेटमा रिचार्ड सान्चेजले गोल गर्दै पराग्वेलाई अग्रता दिलाएका थिए । मिगुएल अल्मिरोको पासमा सान्चेजले गोल गरे ।
पहिलो हाफमा १–० ले अगाडि रहेको पराग्वेले उपाधि दाबेदारलाई घर फर्काउने सम्भावना देखिइ सकेको थियो ।

भाग्यले साथ दिएको अर्जेन्टिनार्ले खेलको ५७ औं मिनेटमा पेनाल्टीको अवसर पायोे । कप्तान लियोनल मेस्सीले हानेको बल क्रशबारमा लागेर फर्केको थियो । भीएआर मार्फत् हेर्दा उक्त बल पराग्वेका डिफेन्डरको हातमा लागि फर्केपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए ।

उक्त अवसरलाई लियोनल मेस्सीले गोलमा परिणत गर्दै स्कोर बराबरी गर्न सफल भए ।

खेलको ६० औं मिनेटमा पराग्वेले पनि पेनाल्टीको अवसर पाएको थियो । पराग्वेका डेर्लिस गान्जालेजलाई अर्जेन्टिनाका खेलाडीले डिबक्स एरियामा लडाएपछि रेफ्रीले पराग्वेलाई पनि पेनाल्टीको अवसर दिएका थिए ।

उक्त अवसरमा गोन्जालेजले गरेको प्रहार अर्जेन्टिनाका गोल रक्षक फ्रान्को अर्मानीले बचाएपछि पराग्वेले खेल जित्ने अवसर गुमायो । खेलको बाँकि समयमा गोल नभएपछि दुबै टोली १–१ अंक बाड्न बाध्य भए ।

बुधबार राति भएको अर्को खेलमा कोलम्बियाले कतारलाई १–० ले हराउँदै अर्को चरणमा पुगेको छ ।

यो सँगै समूह बी रोचक मोडमा पुगेको छ । कोलम्बिया अर्को चरणमा पुगेसँगै अन्य तीन टोलीको पनि अर्को चरण पुग्ने सम्भावना खुला रहेको छ । हालसम्म दुबै खेल बराबरी खेलेको पराग्वेको २ अंक छ भने कतार र अर्जेन्टिनाको समान १ अंक रहेको छ । अब अन्तिम खेलमा कोलम्बियाले पराग्वेको सामना गर्नेछ भने अर्जेन्टिनाले कतारसँग भिड्नुपर्नेछ ।

पराग्वेले कोलम्बियालाई हराएमा यि दुबै टोली अर्को चरणमा पुग्नेछन् । त्यस्तै कतार र अर्जेन्टिना बिचको खेलमा बिजयी हुने टोलीको अर्को चरण पुग्ने सम्भावना रहेको छ । यसको लागि पराग्वेले कम्तिमा बराबरी खेल्नुपर्ने अथवा पराजित हुनुपर्नेछ ।

बाँकि दुबै खेल बराबरी भएमा पनि पराग्वे नै अर्को चरणमा पुग्नेछ ।

 

इंग्लिस खेलाडी बेन स्टोक्स न्यूजिल्याण्डको अवार्डमा मनोनित ?

एजेन्सी । इंग्ल्याण्डको तर्फबाट विश्वकप खेल्दै न्यूजिल्याण्डलाई हराउँदा नायक बनेका बेन स्टोक्सलाई न्यूजिल्याण्डको अवार्डको लागि मनोनित गरिएको छ

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्

काठमाडौँ, ३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ ।     इङ्गल्याण्डको लण्डनमा

पोग्बालाई युभेन्टस फर्काउन तीन खेलाडी दिने प्रस्ताव

एजेन्सी । फुटबल क्षेत्रको ठुला नाम भित्र्याउँदै क्लबमा सटिक सन्तुलन मिलाउन प्रयासरत इटालीयन क्लब युभेन्टसले पल पोग्बालाई क्लबमै फर्काउन बलियो

आईसीसीको निर्णयले जिम्बाब्वे निलम्बलनमा, नेपालबारे चर्चा हुन सकेन

काठमाडौं, ३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकले जिम्बाब्वे क्रिकेट टोलीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार लण्डनमा