विश्वकपमा ब्राजिलकी मार्टाको नयाँ रेकर्ड, ३३ वर्षमै १७ गोल 

एजेन्सी– विश्वकप फुटबलमा ब्राजिलकी ३३ बर्षीया मार्टाले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएकी छिन्। विश्वकपमा उनको गोलको संख्या १७ पुगेको छ । बुधबार भएको समूह ‘सी’ को खेलमा ब्राजिलले बलियो प्रतिद्वन्द्वी इटालीलाई १–० गोलले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो ।

ब्राजिल उनकै निर्णायक गोलमा महिला विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । उनले समग्रमा महिला र पुरुष दुवै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेकी हुन् । 

बुधबारको खेलमा उनले ७४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेकी थिइन् । यसअघि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान जर्मनमा पुरुष खेलाडी मिरोस्लाभ क्लोसको नाममा थियो ।

क्लोसले पुरुष विश्वकपमा कुल १६ गोल गरेका थिए । किर्तिमानी मार्टाले ६ पटक विश्व वर्ष खेलाडीको अवार्ड समेत जितेकी छन् ।

 

इंग्लिस खेलाडी बेन स्टोक्स न्यूजिल्याण्डको अवार्डमा मनोनित ?

एजेन्सी । इंग्ल्याण्डको तर्फबाट विश्वकप खेल्दै न्यूजिल्याण्डलाई हराउँदा नायक बनेका बेन स्टोक्सलाई न्यूजिल्याण्डको अवार्डको लागि मनोनित गरिएको छ

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्

काठमाडौँ, ३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ ।     इङ्गल्याण्डको लण्डनमा

पोग्बालाई युभेन्टस फर्काउन तीन खेलाडी दिने प्रस्ताव

एजेन्सी । फुटबल क्षेत्रको ठुला नाम भित्र्याउँदै क्लबमा सटिक सन्तुलन मिलाउन प्रयासरत इटालीयन क्लब युभेन्टसले पल पोग्बालाई क्लबमै फर्काउन बलियो

आईसीसीको निर्णयले जिम्बाब्वे निलम्बलनमा, नेपालबारे चर्चा हुन सकेन

काठमाडौं, ३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकले जिम्बाब्वे क्रिकेट टोलीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार लण्डनमा