रुकुमको बजेट पनि झापा लैजान प्रधानमन्त्रीलाई सुझाव

 काठमाडौं । सत्तारुढ दलका एकजना सांसदले रुकुम जिल्लाको बजेट पनि  झापा लैजान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । दुर्गम जिल्ला रुकुमलाई हेपिएको गुनासो गर्दै ती सांसदले प्रधानमन्त्री ओलीलाई व्यंग कस्दै आफ्नै गृहजिल्ला झापामा बजेट रकमान्तर गरेर लैजान सुझाव दिएका हुन् ।


बुधबार प्रतिनिधि सभामा बोल्दै नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’बजेटप्रति असन्तुष्टि जनाउँदै कड्किएर व्यंग गरेका थिए ।


पूर्वमन्त्री शर्माले भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथि कटाक्ष समेत गरे । ‘२४० लेखेको छ । करोड हो कि लाख हो रु’ उनले भने, ‘२ करोड ४० लाख भएपनि २ लाख ४० हजार भएपनि यो शीर्षक रुकुमबाट हटाइयोस् । रकमान्तर गरेर झापामै हालियोस् । म सम्माननीय प्रधानमन्त्रीलाई सहयोग गर्न चाहन्छु ।’ उनले फेरी थपे, “यसले झापा मात्र भन्यो भनेर मन्त्रीलाई दुःख लागे थोरै बजेट जनकपुरमा पनि लैजानुहोस् ।”  


बजेटप्रति असन्तुष्टि जनाउँदै उनले भने, श्रम सहकारी गठन होला, हजारौं युवाहरुलाई काम दिइएला भन्ने सोचेको, हरेक गाउँ आत्मनिर्भर बनाउँ भन्ने नारा आउला भन्ने सोचेको अहिले विदेशमा कहाँ के सम्झौता भयो भनेर देशको शिर निहुरिएको छ, म दुःखी छु ।’


संसदमा विनियोजन विधेयकमाथि भएको छलफलमा भाग लिँदै शर्माले युवाहरुलाई विदेश पठाएर नहुने भन्दै श्रम, उर्जा र भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा असन्तुष्टि जनाएका हुन् ।
 

सञ्चारमाध्यमले खोजेका सूचना सहज उपलब्ध हुनेछः सेना प्रवक्ता पाण्डे

काठमाडौँ, ३ साउन । राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारीले मुलुकको राष्ट्रिय सुरक्षा र राजनीतिक संवेदनशीलतालाई  विचार पु¥याएर  समाचार

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव ः मुख्यमन्त्री पोखरेल

रुपन्देही, ३ साउन । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताएका छन् । उद्योग, पर्यटन, वन

कांग्रेस नेता शेखरले किन भेटे पूर्व पञ्च नेता ?   

 काठमाडौं । नेपाली कांग्रेसका नेता र पूर्व पञ्च नेतावीच आज अनौपचारिक भेटघाट भएको छ । सरकारको कार्यशैलीको समीक्षा गर्दै लोकतान्त्रिक शक्तिहरुवीच

विप्लवसँग वार्ता गर्न यी हुन् नेकपाले बनाएकाे \'कमाण्डर\'

काठमाडौं, ३ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहसँग सत्तारुढ नेकपाले वार्ता सुरु गरेको छ । जसअनुसार विप्लव समूहका नेताहरुसँग छलफल शुरु