नेटवर्किङ्ग व्यवसायी छुटाउन वरिष्ठ अधिवक्ताको दौडधुप

काठमाडौं । अवैध नेटवर्किङ्ग व्यवसायमा संलग्न भारतीय नागरिकलाई छुटाउन ठूलै कसरत भैरहेको बुझिएको छ । गत वैशाख २८ मा काठमाडौंबाट पक्राउ परेका एकदर्जन भारतीय नागरिकलाई थुनामा नराखी मुद्दा चलाउने कानुनी वातारण बनाउन केही कानुन व्यवसायीले जिम्मेवारी नै लिएको बुझिएको छ । 

भारतमा समेत ठगि गरेको अभियोग लागेको साईन सिटी रियल स्टेट कम्पनीसँग सम्बध्द ती व्यक्तिहरुलाई काठमाडौंको याक एण्ड यति होटेलबाट नेपाल प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको प्रारभिक वयान सकिएको छ भने सम्भवत बिहीबार थुनछेकको आदेश हुनसक्ने बताईएको छ ।

काठमाडौं जिल्ला अदालतबाट थुनछेकको आदेश गर्दा हिरासत बाहिर बसेर मुद्दा लड्न पाउने मौका ती बन्दी भारतीय नागरिकलाई मिलाईदिने शर्तमा करिब १ करोड रुपैंयाँ पेश्की समेत दिईएको जानकार सूत्रले दावी गरेको छ । एकजना वरिष्ठ अधिवक्ताले अर्का अधिवक्तालाई परिचालन गरी थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने अवसर दिलाईदिन आवश्यक चाँजोपाँजो मिलाउन लगाएको सूत्रको भनाई छ । थुनछेकको बहस सकिएपछि यदी उनीहरु हिरासतमा बस्नु पर्ने आदेश भएन भने खुला सीमानको उपयोग हुनसक्ने समाचार सूत्रले बताएको छ । 

यो मद्दासँग सम्बन्धित कतिपय रेकर्ड नेपाल प्रहरीले अदालतमा उपलव्ध नगराएको पनि थाहा भएको छ । ती भारतीय व्यापारीको फोन रेकर्ड र अन्य सूचना समेत अदालतले पाउन नसकेको बुझिएको छ । 

उता भारतमा साईन रियल स्टेट कम्पनीका मालिकले आफूलाई ठगेको भन्दै रामसागर मिश्र अस्पतालका डाक्टर रियाज्जुदिनले प्रहरीमा रिपोर्ट गरेका छन् । उनले आफ्नी आमा जमीरुल निशाको नाममा बिकेटी रामपुर बेहडामा खरिद गरेको जग्गामा सम्झौता भन्दा कम क्षेत्रफल दिएर ठगि गरेको आरोप लगाएका थिए । यो कुरा बिक्रेतालाई सुनाउँदा त्यतिमै चित्त बुझाउन दवाव दिएको र नमानेमा ज्यान नै लिनेसम्मको धम्की दिईएको प्रहरीमा उजुरी गरेका थिए । 


यही कम्पनीका सदस्यहरु नै काठमाडौंमा समातिएका थिए ।    
 

अनियमितताको आरोप लागेका वृद्ध पूर्वकर्मचारीद्वारा आत्महत्या

काठमाडौं, ३ साउन । अनियमितताको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका पूर्वकर्मचारीले आत्महत्या गरेका छन्। कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको

मनसुनको सक्रियता सामान्य हुँदै

काठमाडौँ, ३ साउन । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको

बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुर, ३ साउन । एक साता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई महालक्ष्मी नगरपालिकाले खाद्यान्न वितरण गरेको छ । महालक्ष्मी–१०

छतबाट खसेर मृत्यु

भक्तपुर, ३ साउन । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ ।  तीनतले घरको छतमा चिप्लिएर लडेपछि