गोकर्णेश्वरमा ५० प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न

काठमाडौँ, ४ असार । भूकम्प गएको चार वर्षको अवधिमा गोकर्णेश्वर नगरपालिकामा हाल ५० प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । सो क्षेत्रफलमा बनेको घर, बहुस्वामित्वका घर, जग्गाधनी लालपुर्जा नभएका घर, गुठीको जग्गामा बनेको घर र क्षतिग्रस्त घर भत्काउँदा सँगै रहेको घरलाई समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएकाले पनि निजी आवास पुनःनिर्माणले गति लिन नसकेको नगरपालिकाका इञ्जिनीयर कुसुम देवले बताए । 

नगरपालिकामा पुनःनिर्माणको जम्मा लाभग्राही दुई हजार ९३२ रहेकामा एक हजारले मात्रै निजी आवास पुनःनिर्माण सम्पन्न गरेको कार्यालयले जनाएको छ । प्रबलीकरणबाट सजिलै पुनःनिर्माणमा जान सकिए पनि पुनःनिर्माणबाट प्रबलीकरणमा जान सजिलो छैन । पुनःनिर्माणका लागि थप रकम सरकारले दिने अनुदानभन्दा धेरै रकम जुटाउनुपर्ने र प्रबलीकरणका बारेमा स्थानीयवासी नै स्पष्ट हुन नसकेका कारणले निजी आवास पुनःनिर्माण अघि बढ्न नसकेको इञ्जिनीयर देवले भने । 

उनका अनुसार हाल नगरपालिकामा पहिलो किस्ता लिने लाभग्राही सङ्ख्या दुई हजार ५४५ र दोस्रो किस्ता लिने एक हजार ५७८ लाभग्राही रहेको छ । त्यस्तै तेस्रो किस्ता लिने लाभग्राही एक हजार २४६ रहेको छ । कतिपय लाभग्राहीले आफूखुशी घर निर्माण गरेकाले नगरपालिकाको मापदण्ड विपरीत परेको कार्यालयले जनाएको छ । रासस

नेटवर्किङ व्यवसायकोे नाममा ठगी गर्ने तीन पक्राउ

चितवन, ७ साउन । प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एल.टी. एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रा.लि

विप्लवका जुम्ला सेक्रेटरी समातिए

 जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले

 सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते,चालक फरार

बर्दिबास । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते

बाङ्देलका शिष्यको ‘कलापुञ्ज’ भदौमा

काठमाडौँ, ६ साउन । सोसाइटी अफ मोडर्न आर्टिष्ट(सोमा)को आयोजनामा आगामी भदौमा चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्मा भदौ ५–९ सम्म हुने