अफिमसहित पाँच जना पक्राउ

राँझा, ४ असार । नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो ५०० ग्राम अफिमसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आज  बिहान ९ बजे पुरैनीस्थित बाबाकुटीमा लागुऔषधको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको सुरक्षाकर्मीले लागऔषधसहित कारोवारमा संलग्नलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले लागुऔषध अफिम पक्राउ गरेको पुष्टि गरे । आज साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत अभियुक्तहरुलाई सार्वजनिक गरिने उनले जानकारी दिए । 

पक्राउ पर्नेमा भेरी नगरपालिका–९, खलङ्गा, जाजरकोटका २५ वर्षीय राजेन्द्र विश्वकर्मा, पुथा गाउँपालिका–२ पूर्वी रुकुमका ५९ वर्षीया शर्मिला मगर, नलगाढ गाउँपालिका–९ जाजरकोटका २५ वर्षीय वीरबहादुर नेपाली, सोही ठाउँका ५० वर्षीय पृथ्वीबहादुर विश्वकर्मा र पञ्चपुरी नगरपालिका–९, खुर्सानीबारी, सुर्खेतका ५९ वर्षीय अम्मरबहादुर दराई रहेका छन् । रासस

विप्लवका जुम्ला सेक्रेटरी समातिए

 जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले

 सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते,चालक फरार

बर्दिबास । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते

बाङ्देलका शिष्यको ‘कलापुञ्ज’ भदौमा

काठमाडौँ, ६ साउन । सोसाइटी अफ मोडर्न आर्टिष्ट(सोमा)को आयोजनामा आगामी भदौमा चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्मा भदौ ५–९ सम्म हुने

खलंगामा बत्ती नआउने औपचारिक घोषणा, २२ हजार उपभोक्ता अन्धकारमा

जुम्ला । कुरा सुन्दा पनि अच्चम लाग्न सक्छ । हामीले अहिलेसम्म विद्युत उद्घाटन भएको, गाउँबस्ती अँध्यारो मुक्त भएको खबर सुनेका छौं । तर जुम्लामा भने,