संसदमा जंगिए देउवा


काठमाडौं, ४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा संसदमा जंगिएका छन् । मंगलबार संसदमा आफूलाई बोल्न नदिएको विषयमा आक्रोश पोख्दै सत्तापक्षले ‘बलमिच्याइँ’ गरेको आरोप उनले लगाए । बुधबार प्रतिनिधिसभामा बोल्दै देउवाले विश्वव्यापी संसदीय अभ्यासविपरीत सरकार अघि बढेको आरोप लगाएका छन् ।

मंगलबार आफुले समय लिइसकेको भएपनि बोल्न नदिएकोमा आपत्ती जनाउँदै उनले भने, ‘संसारभरको मान्यता नै संसद विपक्षीको र सरकार सत्ता पक्षको हो, उनले अगाडि भने, ‘विपक्षीको काम नै बोल्ने हो । हामीले बोल्दैमा पूरा गर्नै पर्छ भन्ने थियो ? हामी बोल्दैमा डराउनुपर्छ ?’

विपक्षी दलका नेताले संसदमा बोल्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने भएपनि आफुलाई हेपेर प्रधानमन्त्री नआउने गरेको भन्दै उनले आक्रोश पोखेका छन् । प्रधानमन्त्री ओली विरुद्ध खनिएका देउवाले २०४८ सालदेखि सांसद भएपनि संसदीय मान्यता ओलीले बिर्सिएको भनेका छन् ।

त्यस्तै कांग्रेस सांसदहरुको अवरोधको कारण संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले मंगलबार नै सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै देउवा विरुद्ध खनिएका थिए । संसदीय अभ्यास जानेका देउवा आफैँ वेल घेर्न आएर असंसदीय क्रियाकलाप गरेको आरोप उनले लगाएका थिए ।

आक्रामक रुपमा संसदमा बोलेका देउवाले आफूलाई ओलीले हेपेको जिकिर गरेका छन्। सरकारले ल्याएको मिडिया काउन्सिल, सूचना प्रविधि, राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी र राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी विधेयकलाई कांग्रेसले कुनै पनि मूल्य चुकाएर पास हुन नदिने देउवाले घोषणा गरेका छन् ।

उनले गुठी विधेयक फिर्ता लिएको प्रक्रिया गलत भएको बताएका छन् । विधेयक संसदबाटै फिर्ता लिनुपर्ने भए पनि बाहिरबाट फिर्ता लिनु आपत्तिजनक भएको उनले ठोकुवा गरे।

सोही क्रममा देउवाले प्रधानमन्त्री ओलीको विदेश भ्रमण असफल भएको दाबी गरेका छन् ।

सञ्चारमाध्यमले खोजेका सूचना सहज उपलब्ध हुनेछः सेना प्रवक्ता पाण्डे

काठमाडौँ, ३ साउन । राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारीले मुलुकको राष्ट्रिय सुरक्षा र राजनीतिक संवेदनशीलतालाई  विचार पु¥याएर  समाचार

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव ः मुख्यमन्त्री पोखरेल

रुपन्देही, ३ साउन । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताएका छन् । उद्योग, पर्यटन, वन

कांग्रेस नेता शेखरले किन भेटे पूर्व पञ्च नेता ?   

 काठमाडौं । नेपाली कांग्रेसका नेता र पूर्व पञ्च नेतावीच आज अनौपचारिक भेटघाट भएको छ । सरकारको कार्यशैलीको समीक्षा गर्दै लोकतान्त्रिक शक्तिहरुवीच

विप्लवसँग वार्ता गर्न यी हुन् नेकपाले बनाएकाे \'कमाण्डर\'

काठमाडौं, ३ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहसँग सत्तारुढ नेकपाले वार्ता सुरु गरेको छ । जसअनुसार विप्लव समूहका नेताहरुसँग छलफल शुरु