बागलुङमा व्यावसायिक खरायोपालन

गलकोट, ४ असार । बागलुङ नगरपालिका–३ गौडाकोटका नारायण शर्माले व्यावसायिकरुपमा खरायोपालन शुरु गरेका छन्। 

शर्माले चार महीनाअगाडि घरमा पाल्न दुई वटा खरायो जैमिनी नगरपालिकाको राङ्खानीबाट ल्याएका हुन् । “दुई वटाबाट शुरु गरेको खरायोपालन अहिले २५ वटा पु¥याएको छु”,  शर्माले भने । 

व्यावसायिक रुपमा खरायो पाल्नका लागि आठ लाखको लागतमा खोर निर्माण गरेको बताउँदै शर्माले खरायोको सङ्ख्यामा वृद्धि गर्ने योजना रहेको सुनाए । “हालसम्म तीन जोर खरायो बेचे”, शर्माले भने, “एक सय पु¥याएर मात्र अब बेच्ने योजना छ ।” खरायो शाकाहारी भएकाले घाँस मात्र खुवाउँदा धेरै खर्च लाग्दैन । 

हाल खरायोलाई मासुका रुपमा प्रयोग गर्ने प्रचलन बढेको छ । सेतो मासु भएका कारण रातो मासु नखानेका लागि उपयुक्त हुन्छ । एक जोर खरायोलाई रु एक हजार पर्छ ।  “एक सय पु¥याएपछि मासुका लागि बिक्री–वितरण गर्ने योजनामा छु”, शर्माले भने ।  अहिले ठूला होटल तथा रिसोर्टमा खरायोको मासुको माग रहेको थाहा पाएकोले खरायोपालनलाई व्यावसायिक रुप दिएको शर्माले बताए ।  

करीब पाँच–६ महीनाको उमेर पुगेपछि पोथी खरायो वयस्क हुन्छ । गर्भ रहेको २८ देखि ३२ दिनमा नै खरायोले चारदेखि १२ वटासम्म बच्चा जन्माउने गर्छ । फेरी त्यसको १२–१५ दिनमा नै पुनः गर्भधारण गर्दछ । त्यसैले पनि भालेको भन्दा पोथीको मूल्य बढी पर्छ । खरायो जन्मेको तीन महीनामा नै मासुका लागि योग्य हुन्छ । खरायो पाल्नका लागि त्यति धेरै जग्गा नचाहिने घरको कुनै एक छेउ, कौसीमा पनि गर्न सक्ने भएकाले यो व्यवसायमा हात हालेको उनको भनाइ थियो । रासस

मेची भन्सारको राजश्व लक्ष्यभन्दा कम

भद्रपुर, ३ साउन । मेची भन्सार कार्यालय झापाले गत आव २०७५÷७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ । भारतको कोलकाताबाट

पाँचसय म्यानपावर कम्पनी खारेज हुने

काठमाडौं । सरकारले म्यानपावर कम्पनीमाथि कडाई गर्ने तयारी गरिरहेको बुझिएको छ । उनीहरुको धरौटी बढाउने गरी नीति ल्याउन लागेसँगै निर्धारित संख्याभन्दा

तनहुँ समाचारः कफी खेती शुरु

तनहुँ, २ साउन । तनहुँको छिम्केश्वरीपछिको दोस्रो कर्णालीका रुपमा परिचित देवघाट गाउँपालिकाको बैदी ऋषिङथानमा कफी खेती थालिएको छ ।   समुन्द्री सतहबाट

व्यावसायिक जडीबुटी खेतीको भारत निकासी घट्यो

नेपालगञ्ज, २ साउन ।  जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जटीबुडीको खेती हुँदै आएको छ । सरकारले