नेदरल्याण्ड्सका हान अबिङ नेपालमा

काठमाडौँ, ४ असार । नेपाली राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन विदेशी प्रशिक्षक नेदरल्याण्ड्सका हान अबिङ आज नेपाल आइपुगेका छन् । नेपालमा पहिलोपटक हुन लागेको आसन्न एसियन सेन्ट्रल जोन पुरुष सिनियर भलिबल च्याम्पियनसिपका लागि प्रशिक्षण दिन हान नेपाल आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्द लगायतले स्वागत गरे । 

    पाचौँ संस्करणको उक्त प्रतियोगिता आगामी साउन ३२ देखि भदौ ८ गतेसम्म सञ्चालन हुनेछ । हान पहिलोपटक नेपाली प्रशिक्षकका रूपमा नेपाल आएका हुन् । उनि तीन महीनाका लागि नेपाली टिमसँग रहनेछन् । प्रशिक्षक हानले नेपाली भलिबलको बारेमा थोरै ज्ञान भएको बताए । उनले छोटो समय भएपनि नेपाली टोलीलाई लागि शतप्रतिशत योगदान दिएर आफनो कार्यकाल स्मरणयोग्य बनाउने विचार व्यक्त गरे । 

    भलिबल प्रशिक्षणमा २५ वर्ष लामो अनुभव रहेको हानको प्रशिक्षणचले सेन्ट्रल जोनमा नेपालले राम्रो नतिजा ल्याउने नेपाल भलिबल सङ्घको विश्वास छ । हानले सन् १९९७ देखि २००४ सम्म डच भलिबल टोलीको प्रशिक्षकका रूपमा काम गरेका थिए । सन् २००४ देखि २००८ सम्म जर्मन बुण्डेसलिगा महिला भलिबल टोलीको मुख्य प्रशिक्षक थिए । उनले सन् २००८ मा जर्मन कपको उपाधिसमेत दिलाएका थिए ।

    त्यसैगरी २००९ देखि २०१३ सम्म जर्मन वुमन यु–२० राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बनेका थिए । जसमा उनले विश्व यु–२० महिला च्याम्पियनसिपको उपाधि जिताएका थिए । सन् २०१४ देखि २०१५ सम्म नेदरल्याण्ड्सको राष्ट्रिय टिम यु–२१ को पनि मुख्य प्रशिक्षक भएर काम गरेका थिए । हानले भोलि विहिबारदेखि नेपाली टोलीको प्रशिक्षण गराउने छन् । रासस

विप्लवका जुम्ला सेक्रेटरी समातिए

 जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले

 सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते,चालक फरार

बर्दिबास । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते

बाङ्देलका शिष्यको ‘कलापुञ्ज’ भदौमा

काठमाडौँ, ६ साउन । सोसाइटी अफ मोडर्न आर्टिष्ट(सोमा)को आयोजनामा आगामी भदौमा चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्मा भदौ ५–९ सम्म हुने

खलंगामा बत्ती नआउने औपचारिक घोषणा, २२ हजार उपभोक्ता अन्धकारमा

जुम्ला । कुरा सुन्दा पनि अच्चम लाग्न सक्छ । हामीले अहिलेसम्म विद्युत उद्घाटन भएको, गाउँबस्ती अँध्यारो मुक्त भएको खबर सुनेका छौं । तर जुम्लामा भने,