लामो अन्तरालपछि करीना र सैफ एउटै फिल्ममा

एजेन्सी । बलिउड फिल्ममा जोडीको रुपमा काम गर्दै वास्तविक जीवनकै जोडी बनेका नायिका करीना कपूर र नायक सैफ अली खान फेरी एक पटक एउटै फिल्ममा देखिने भएका छन् ।  

यसअघि फिल्महरु ‘टशन’, ‘ओमकारा’ र ‘कुर्बान’ मा यि दुईले सँगै काम गरेका थिए । पछिल्लो समय भने फिल्म ‘ह्याप्पी इन्डिंग्स’ मा यि दुईलाई एउटै पर्दामा देखिएको थियो । उक्त फिल्ममा करीनाको छोटोमात्र भुमिका रहेको थियो ।

सैफ अली खानको आगामी फिल्म ‘जवानी जानेमन’ मा पनि करीनाले यस्तै सानो भुमिकामा देखिने बताइएको छ । फिल्ममा करीनाले सैफको पूर्व प्रेमिकाको भुमिकामा काम गर्ने बताइएको छ ।

करीना पनि आफ्नो फिल्म ‘अंग्रेजी मिडियम’ को शुटिङको लागि लण्डन नै रहेको र सैफ पनि ‘जवानी जानेमन’ को शुटिङको लागि त्यहि रहेका छन् । छोरो तैमूरलाई पनि सँगै लगेको यस जोडीले फिल्ममा सँगै काम गर्ने खबर अहिले चर्चित भइरहेको छ ।

विवाह पश्चात पनि सैफ र करीना उत्तिकै व्यस्त रहेको बताइन्छ । यि चर्चित जोडी लामो समयपछि एउटै फिल्ममा देखिने खबरलाई सकारात्मक मानेपनी करीनाको छोटो भुमिका रहेकोले यसले व्यापारमा खासै फरक नपार्ने विश्लेषण गरिएको छ ।

यि दुई जोडीलाई लिएर बनाएको पुरा फिल्म हेर्नको लागि दर्शक लालायित रहेको बताइन्छ ।  

 

नयाँ प्रोजेक्टमा प्रियंका

  मुम्बई, ७ भदौ । ‘क्वान्टिको’ र ‘बेवाच’ पछि प्रियंका चोपडाले अर्को नयाँ ईण्टरनेशनल प्रोजेक्ट हात पारेकी छिन् । अब उनी बालबालिकाको लागि बन्न

‘जोली एलएलबी–२’ को व्यापारलाई ‘मिसन मंगल’ले सात दिनमै उछिन्यो

  काठमाडौँ, ६ भदौ । अक्षय कुमारको मुख्य अभिनय रहेको बलिउड चलिचित्र ‘मिसन मंगल’ले आठ दिनमा १२८.१६ करोडको व्यापार गर्न सफल भएको छ । चलचित्र भारतको

स्याक्रेड गेम्स २का निर्देशक कश्यप बिरुद्ध उजुरी

  काठमाडौँ, ५ भदौ । नेटफ्लिक्समा प्रसारण भैरहेको हिन्दी सिरिज ‘स्याक्रेड गेम्स’ सिजन दुईमा सिख धर्मको अपमान गरेको आरोपमा निर्देशक अनुराग कश्यप

किन अस्वीकार गरिन् शिल्पाले १० करोडको अफर ?

  काठमाडौँ, ४ भदौ । बलिउड अभिनेत्री सबैभन्दा बढी फिट रहेकी शिल्पा शेट्टी ४४ वर्षको उमेरमा पनि जवान देखिन्छिन् । उनी सफल फिल्ममा उनले गरेका उत्कृष्ट